22 Oct 2018   |   
logo
अन्तरवार्ता

माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं



अन्तरवार्ता   511 पटक पढिएको   हेटौंडा अनलाइन   २०७४ जेष्ठ २७ शनिवार  

जेष्ठ २७ शनिवार, चितवन । माडी नगरपालिकास्थित बाँदरमुढेमा ३९ जनाको ज्यान जानेगरी माओवादीले सार्वजनिक बसमा बम विस्फोटन गराएको १२ वर्ष बितेको छ । १२ वर्षमा खोलो पनि र्फकन्छ भनेजस्तै यसपालिको चुनाबमा माओवादीले यही ठाउँबाट मेयर पदमा जित हात पारेको छ।

माडीमा माओवादीको जितले धेरैलाई आश्चार्यमा पारेको छ । बाँदरमुढे घटनालाई देशैभरि प्रचार गरेर माओवादीको भोट घटाउन चाहनेहरुका लागि त माडीमा माओवादीले पाएको जितले झनै बढी आश्चार्यमा पारिदिएको छ ।

यही सिलसिलामा हामीले माडीका मेयर ठाकुर ढकाललाई बाँदरमुढेका पीडित जनतासँग कसरी भोट माग्नुभयो भनेर सोध्यौं । साथै अब मेयर बनेपछि बाँदरमुढेका लागि के(के गर्नुहुन्छ भनेर पनि सोध्यौं । समग्र माडीको विकासका लागि तपाईका योजनाहरु के कस्ता छन् भनेर हामीले ढकाललाई सोध्यौं ।बाहिरबाट हेर्नेले चितवनको माडीमा माओवादीले कसरी जित्यो भन्दै आश्चर्य मानिरहेका छन्, यसको कारण के हो ?

यसको कारण छ, द्वन्द्वकालीन अवस्थामा भएका विभिन्न घटनामध्ये माडीको बाँदरमुढे घटना, जो एउटा निकै अनपेक्षित घटना थियो । जो हाम्रो पार्टीले नचाहँदा(नचाहाँदै त्यहाँ त्यो घटना घट्यो । त्यसले सिंगो पार्टी आजभन्दा करिब १२ वर्ष पहिलेदेखि नै त्यो घटनाप्रति निकै दुखित थियो । हामी दुखित थियौं । त्यो घटनाका पीडितलाई कसरी मल्हम लगाउने भन्ने चिन्तामा थियौं ।

तर, अन्य राजनीतिक पार्टीले त्यसलाई एउटा इस्यु बनाएर हाम्रो विरुद्धमा, बाँदरबुढे घटना घटाउने पार्टी त्यो ठाउँमा कसरी जित्छ भन्ने प्रचार गरिएको थियो । यो माडीमा मात्रै हैन, यस्तो आतातायी घटना घटाउने बाँदरमुढेलाई देखाएर अन्य सर्वत्र रुपबाट यस्तो प्रचार गरिएको थियो । त्यसकै कारण बाहिरबाबाट हेर्दा सरप्राइज जस्तो देखियो ।

तर, हामी बाँदरमुढे घटनाका पीडितलाई केही सहयोग गर्नुपर्छ भनेर जिल्ला पार्टीले नै योजना बनायो । अध्यक्ष कमरेड प्रधानमन्त्री ुहँदा नै केही गर्नुपर्छ भनेर योजना बनेको थियो । अध्यक्ष ज्युले पनि पीडितलाई भेट्नुभयो । उहाँले सहयोगका लागि योजना बनाएर पठाउनुस् भन्नुभयो ।

जिल्लाबाट एक करोडको एउटा सहयोगको स्टिमेट बनाएर पठाइयो । तर, त्यसलाई रोक्ने काम भयो । किनकि त्यही बाँदरमुडे घटनालाई अन्तरराष्ट्रिकरण गरेर जो डलरको खेती गर्ने मान्छेहरुले नचाहिने प्रचार गरेर रोक्ने काम गरे । किनभने त्यो सहयोग जानेभएपछि त जनता उनीहरुको पछि लाग्ने थिएनन् । त्यसैले यस्तो प्रचारबाजी भइरहेका थिए ।

त्यति रोक्ने काम मात्रै भएन, पछिल्लो पटक माडीमा महोत्सव गराइयो । त्यहाँ त्यतिकै खाली हात जानु हुँदैन भनेर जिल्ला पार्टीले एउटा प्याकेज बनायो । ६० लाखको प्याकेज रोजगारमूलक कार्यक्रमसहित बनायौं । पीडितका लागि केही गर्नुपर्छ भन्ने थियो । त्यही लिएर गएर अध्यक्षले घोषणा पनि गर्नुभयो । त्यसलाई पनि रोक्ने काम भयो । तर, त्यसलाई फेरि सोझै दिनुपर्छ भन्ने काम भयो । हामीले रोजगारमूलक कार्यक्रम गर्ने भनेका थियौं । दीर्घकालीन सोच्नुपर्छ भन्नेथ्यो । तर, त्यो पनि दिन रोकिदिए । यसरी बारम्बार विकास र राहतमूलक कार्यक्रमहरु रोकिए ।

तपाईले बाँदरमुढेका जनतासँग के भनेर भोट माग्नुभयो ?

म चुनावी दौरानमा त्यहाँका पीडित जनताका घर(घरमा गएँ । मैले तपाईहरुको त्यो घटनामा पीडित हुनुभयो, राज्यका तर्फबाट १० लाख रुपैयाँ दिने निर्णय भएको छ । शहादात पाएकालाई त्यतिले नै त पुग्दैन । त्यहाँ घाइते, अपांगहरुले केही पाए, तर मृतक परिवारले त केही पनि नपाएका छन् । अहिले हामीलाई हेर्नुस्, म नगरपालिकाको मेयरमा उठ्दैछु बरु मलाई हेर्नुस्, किनकि प्रचण्ड पो उता गए होलान्, म त रातोदिन तपाईहरुकै बीचमा छु नि भनेँ ।

कम्तिमा हामीलाई मत दिनुस्, हामी तपाईंका समस्या कसरी हल गर्ने भन्ने योजनाका साथ आउँछौं भन्यौं । त्यसपछि हामीसँग घटनाका पीडितले साँच्चै तपाईंले त्यो योजनाका साथ काम गर्नुहुन्छ भनेर सोधे । मैले उहाँहरुसँग प्रतिवद्धता जनाएको थिएँँ । मैले जितेँ भने पीडितका लागि काम गर्छु भनेर प्रतिवद्धता गरेको थिएँ ।

के(के प्रतिवद्धता जनाउनुभयो ?

बाँदरमुढे घटना भएको स्थानमा एउटा बाटिका बनाउने । त्यहाँ अहिले आतंककारीबाट भएका अततायी घटना जो लेखिएको छ, त्यसमा म सहमत हुन्न । त्यो लेखिएको शब्दावली कसरी मिलाउने, हामी मिलौला । माओवादी पार्टी र जनताले नै सम्बोधन गर्ने गरी केही मिलाएर शब्दावली मिलाउँला र बाटिका निर्माण गरौंला ।

त्यसैगरी पीडित र पीडित परिवारका लागि नगरपालिकाबाटबाट एउटा रोजगारमूलक कार्यक्रम गरौंला भनेको थिएँ । त्यसले पनि बाहिर प्रचारबाजी जस्तो भएन । म यतापट्टि पीडितसँग त्यो प्रतिवद्धता गरिरहेको छु, उतापट्टि मेरा मान्छे मार्ने माओवादी भनेर त भएन नि ।

हिजोमात्रै बाँदरमुढेमा त्यो घटनाको बाह्रौं वाषिर्क कार्यक्रम भएको थियो । पीडितहरुले मलाई बोलाउनुभएको थियो । म त्यहाँ गएँ । सबैले के भन्नुभयो भने अब बाँदुरमुढे घटनाको सबै सकियो भन्नुभयो सबैले । म त्यहाँ गएँ, मैले त्यहाँ पहिले जे भनेको थिएँ, हिजो पनि त्यही भनें ।

अब विजयी बनेपछि तपाई बाँदरमुढेका पीडितहरुलाई के गर्नुहुन्छ ?

नगरपालिकाबाट हुनेजति म गर्छु । हिजोको १ करोड रुपैयाँ र ६० लाख जसरी पनि दिलाउँछु । हाम्रा अध्यक्ष त अझै ज्युँदै हुनुहन्छ । त्यसैले जानुहन्छ भने तपाईंहरुलाई लिएर गएर पनि म अध्यक्षसँग कुुरा गर्छु । नभए म एक्लै जान्छु । म बाँदरमुढे घटनाका पीडितका लागि पार्टीले केही गर्नुपर्छ भनेर अध्यक्षसँग भन्छु र गर्छु ।


माडी घटना हुँदा कहाँ हुनुहुन्थ्यो ?


म नारायणगढमा थिएँ ।

पहिलेदेखि नै पार्टीमा हुनुहुन्थ्यो ?


हो, अध्यक्ष कमरेड र मैले एउटा बैठकबाट पार्टी सदस्यता पाएका हौं । हामी एउटै मिटिङबाटै जिल्ला कमिटीको सदस्यता लिएका थियौं ।


माडी घटनाले कति पिरोल्थ्यो मेयर हुनअघि ?


पहिलो कुरा त यो घटनाले हामी पूरै स्तब्ध भयौं । त्यो सूचना गलत ढंगले नै भयो भन्ने थियो । घटनामा जुन स्तरका मान्छे मान्छेहरुको मृत्यु भयो, हामी त्यही वर्गको मुक्तिका लडेका थियौं । त्यही वर्गमा मान्छेको मृत्यु भयो । पछि हामी गयौं जनताकोमा । हामीलाई आन्दोलनमा सहयोग गर्ने मान्छेहरु, जो बाम आन्दोलनप्रतिको झुकाव राख्ने मान्छेहरु, बामपन्थीको पडक भएको क्षेत्र माडी, कम्युनिस्टलाई माया गर्ने मान्छेहरुकै दुखद निधन भएको थियो । यसले हामीलाई निकै पिरोल्यो । हामीलाई यसले निकै पीडा दियो, अझै हामी पीडामै छौं ।


त्यो घटनामा पीडित भएकाहरु माओवादी जाँदा पछाडि फर्किने अवस्था छ । भोलि माओवादीका नेता त्यहाँ जाँदा यो पार्टी साँच्चै जनताको काम गर्ने र माया गर्ने रहेछ भन्ने नभएसम्म मलाई चिन्ता रही नै रहनेछ ।

माओवादी नेताहरु माडी छिर्न सक्दैनन् भन्थे, बाँदरमुढे घटनापछि तपाईहरु माडीमा कति पछि जानुभयो ? याद छ ?


हामी अलि पछि नै गयौं । केही समयअघि वनमन्त्री हुँदा अग्नि सापकोटा जाँदा पीडितले कालो भण्डा देखाउन खोजे ।


यस्तो अवस्थामा पनि तपाईंले आँट गर्नुभयो र चुनाव जित्नु पनि भया यसको रहस्य के हो ?


मेरो आफ्नै एउटा बिरासत पनि छ । म चुनाव उठेर कहिले हारेको थिइनँ । राज्यले लगाएका राज्य विद्रोह र विभिन्न मुद्दा पनि हारेको थिइनँ । र धेरैपटक पक्राउ भइयो, मुद्दामा गएपछि म हारेको थिइँन । त्यसैले यो पटक पनि म मेरो बिरासत कायम राँख्दैै हार्दिन भन्ने विश्वास नै थियो ।

तपाईं राजनीतिबाहेक अरु के गर्नुहुन्छ ?


म खास केही गर्दिनँ । मेरो पुख्र्यौली जमिन पनि छ । छोराबुहारी लेक्चरर छन् । साना छोराबुहारी पनि ब्यवसाय गर्छन् । मेरो ३ बिगाहा खेत छ । म कसरी भनँु, ठीक ढंगले भन्यो भने म क्रान्तिकारी, गलत ढंगले भन्यो भने सामन्ती । मेरो खेतको सबैको भन्दा ठूला गरा छ । जमिनलाई चक्लाबन्दी गर्नुपर्छ भन्ने भएकाले म अरुलाई अधियाँ गर्न दिन्नँ । म दुई दिनमा गएर धान रोपेर सक्छु ।



म आफैं खेती लगाउँछु, मेरो खेतको मकै हेर्नुस्, धान हेर्नुस्, आलु हेर्नुस्, गहुँ हेनुर्स् म सबैको भन्दा उत्कृष्ट किसिमले उत्पादन गर्छु । म आफैं गर्छु । अहिले धान लगाउने बेला भएको छ । मंसिरतिर मेरो खेतमा आउनुहोला । म अब सबै खेतमा राज्मा लगाउने प्लानमा छु । मेरो खेतमा जति राज्मा अरुकोमा फलेको देख्नुहुन्न ।


मेरो श्रीमती पनि यसमा खटिन्छिन् । मैले काम गर्ने मान्छेलाई ल है यसरी गर्ने भन्छु । तारतम्य मिलाउँछु । मैले किसानहरुलाई पनि तपाईंहरु पनि यसरी गर्नुस् भन्छु । तपाईंहरु खेती गरेर फाइदा नै हुन्न भन्नुहुन्छ, मेरो जसरी गर्नुस् न भन्छु । सामाजिक काम सँगै उत्पादनमा पनि जोडिनुपर्छ भन्ने मेरो मान्यता हो । म आफैं यो काममा खटिन्छु ।


माडीका जनताले तपाईंलाई पत्याएर मत दिए, अब च्यालेन्ज आयो जस्तो लागेको छैन ?


हो, च्यालेन्ज छ । म माडीको मेयर भएँ । म भोट माग्न जाँदै गर्दा र त्यहाँ मतगणना गर्दै गर्दा मलाई चिन्ता लागेको थियो । अहिले मलाई यति धेरै चिन्ता छ कि माडीमा कुनै आर्थिक स्रोत छैन । यहाँ केन्द्रबाट पठाएको बजेटबाहेक अरु स्रोत छैन । यहाँ विकास गर्नुपर्ने धेरै चिज छ । हाम्रा अगाडि धेरै चुनौती छ । ती चुनौतीलाई सामना गरेर नजाने हो भने राष्ट्रिय निकुञ्जका कारण माडीका जनता पीडित छन् । रिउ खोलाबाट जनता पीडित छ, यातायातको अभावका कारण जनता पीडित छन् । अस्पतालको अभावका कारण जनाता पीडित छन् । यी मुख्य(मुख्य काम नगर्ने हो भने यहाँ माओवादी पार्टी सिद्धिन्छ ।


किनकि हामीले जितायौं, यसले पनि झुट बोलेर गयो भन्ने त हुनुभएन । त्यसैले हाम्रो पार्टीलाई कसरी जनताका माझ स्थापित गराउने कसरी मैले दायित्व पूरा गर्ने भन्ने चिन्ता छ ?


म फेरि माओवादीको मात्रै होइन, म त अब सम्पूर्ण जनताको प्रतिनिधि पनि हुँ । त्यसैले जनताको हिसाबले म प्रतिनिधि हुँ । म त सबैको भएँ अब । सबैले के सोचिरहेका छन् भने यो अलि अप्ठेरोमा छ । ठाकुर अरुभन्दा गर्न सक्ने छ, बोल्न पनि सक्ने छ भन्ने आश पनि छ । मेरो पार्टीको सदस्यता नलिएकाले पनि मलाई भोट दिएका छन् । त्यसैले कसरी काम गर्ने भन्नेमा चिन्तित छु । एउटा नयाँ काम त मैले गरि नै सक्या छु ।


१० दिनपछि त्यो जनताले नै देख्नेछन् । माडीको राष्ट्रिय निकुञ्जबीचबाट जाने बाटो साँघुरो छ । त्यहाँ राष्ट्रिय निकुञ्जको रुख अहिलेसम्म मात्रिका यादवले एउटा रुख काट्नुभयो । त्यसपछि कोही गएर पनि त्यो काम सकेनन् । मैले अस्ति निकुञ्जको वार्डेनसँग बाटो फराकिलो रुख काट्दिनुस् भनेर अनुरोध गरेको थिएँ । उहाँले मलाई बजेटको व्यवस्था गर्नुस् भन्नुभएको थियो । मैले नगरपालिकाले १र२ लाख खर्च गर्छौं भनेको थिएँ । उहाँले आज मलाई मैले मेरो प्राविधिक लगेर त्यो हेरेँ, म २० वटा बाटोको रुख काटिदिन्छु भन्नुभएको छ । निर्णय भइसक्यो भनेर फोन आयो ।


माडीको विकासका लागि भन्दै अरुलाई गाली गर्दै हिँड्ने बिक्रम पाण्डेले पनि ५ वर्षमा गर्न नकेसकेको काम ठाकुरले गर्छ । अहिलेसम्म कसैले गर्न नसकेको काम गर्न पाएकोमा मलाई त्यसमा गर्व छ ।



जगंलको बाटो अबको १५ दिनभित्रै राम्रो बनाउँछु । ग्राभेलमा मोटरसाइल उफ्रेर धद्लङ(धद्लङ गर्दै हिँड्ुनपर्नेछ । अब त्यो बाटो मर्मत गरेर स्तरीय रुपमा ग्राभेल गर्छौं । अब ग्राभेलिङ गरेर रोलिङ गरेर सरर हिँड्दा पीचमै हिँडेजस्तो महसुस हुने बनाउँछौं ।


यो त १५(२० लाखको काम भयो, गर्छौं । तर, ठूलो कामहरु पनि गर्नुछ । तर, उतापट्टि रिउ खोलो छ । त्यहाँ करोडले पनि हुँदैन, अर्ब चाहिन्छ । अब मैले कसरी र्पुयाउने ? हामीले माडीमा विकासका लागि एउटा रिंगरोड बनाउने भनेका छौं । माडीलाई सरर घुमेर हेर्न मिल्ने गरी पर्यटकीय क्षेत्रको हिसावले विकास गर्ने योजना छ । यसका लागि मैले पैसा कसरी उठाउने ? किनकि राष्ट्रिय निकुञ्जको बीचमा छौं, यहाँ थुप्रै खोला छन् । यहाँको ढुंगा गिटी बालुवा उठाएर बेच्न पाइने हो भने हामी सबैभन्दा धनी नगरपालिका हुन्थ्यौं । मैले मुख्यसचिवसँग पनि सोधेर उहाँले यसको सल्लाह पछि गरौंला, पछि के बन्छ, यसको उत्तर अहिले नै दिन नसकिने भन्नुभयो ।


त्यसैले म स्रोत नभएकाले अहिले कसरी स्रोत ल्याएर काम गर्ने भन्नेमा चिन्तित छु । मसँग माडीका जनताले जुन अपेक्षा गर्नुभएको छ, त्यो मैले गर्न सकेँ भन्न सकिनँ भने म जनप्रतिनिधिको दायित्व र जिम्मेवारी रुपमा आनन्द मिल्ने छैन । सँधै अरुसँग मागेर ल्याएर त हुँदैन । त्यसैले म स्रोत जुटाउने विषयमा चिन्तित छु ।


तपाईंले अबको ५ वर्षपछि बन्ने माडीको सपना कस्तो हो ?


त्यहाँ जुन रिउ खोला छ । खोलाको कटानले यहाँको १ हजार बिघा जमिन बगरमा छ । मैले त्यो खोलालाई तटबन्ध गरेर कोरिडोर निर्माण गरेर त्यसको माथिबाट चक्रपथ अर्थात बाइरोड बाटो बनाएर


रिउ पारिका जंगली जनावर रोक्ने योजना छ । त्यो भित्रपट्टि पर्ने हजार बिगाहभन्दा बढी जुन जग्गा छ, हामीले त्यहाँ बनकटट्टामा राम केसी भन्नेसँग करिब(करिब एग्रिमेन्ट गरिसकेका छौं । त्यहाँ ५ सय बिघामा घाँसे मैदान निर्माण गर्ने योजना छ । अब माडीको घाँस काठमाडौं लगेर बेच्छौं । माडी बेकारको ठाउँ भन्नेलाई हामी काठमाडौंमा घाँस ल्याएर बेचेर देखाउँछौं ।


काठमाडौंमा मात्रै हैन, उसलाई चाहिएजति जग्गा दियौं भने उसले अष्ट्रेलिया लगेर यसलाई बेच्नेछ । घाँस खेतिलाई नै आधार बनाएर घाँसे मैदानमार्फत माडीको आर्थिक स्रोत बढाउने योजना छ ।


सँगै, यसको माथि मत्स्य पालनका लागि पकेट क्षेत्र बनाउने र त्यसभन्दा माथिल्लो भाग फलफूल खेती गर्ने । त्यसरी त्यहाँ रिउकोटबाट तटबन्धन बनाएर दक्षिणतर्फबाट पनि रिंगरोड बनाउने । त्यसपछि माडीलाई ३ किसिमले पर्यटनको केन्द्रको बिन्दु बनाउने योजना छ ।


यहाँ पौराणिक महत्वको पाण्डव नगर छ । यहाँ पाण्डबहरु वनबास बसेको कथनसँग जोडिएका केही अवशेष पनि छन् । त्योसहितको सोमेश्वर कालिका र बैकुण्ठताललाई पनि आधार बनाउन सकिन्छ । माडीजस्तो ठाउँमा समथर भएर पनि झरनाबाट पानी झरिरहेको छ । ठूलो ताल छ । यसलाई धार्मिक हिसावले पनि पर्यटनको केन्द्र बनाउने ।

त्यसैगरी त्यो घाँसे मैदानलाई पनि हेर्न जाउँ(जाउँ भन्ने बनाउने र यहाँका थारुहरुको लोपोन्मुख कला र संस्कृतिलाई आधार बनाएर थारु संग्राहलय बनाउने योजना छ ।


यसबाहेक खानेपानीलाई ब्यवस्थित गर्ने, डिप बोरिङमार्फत खानेपानीको ब्यवस्था गर्ने काम पनि गर्नुपर्नेछ । अस्पतालको स्तरोन्नति गर्ने योजना छ । म यहाँका प्रधानाध्यापकसँग बसेर योजना बनाउन गइरहेको छु । अब माडीको शैक्षिक गुणस्तर उठाउनुपर्छ । यहाँ पढेकाहरुले बूढानीलकण्ठमा अंग्रेजीमा पढेकाहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ । अब नेपाली माध्यमबाट पढाएर ग्रेसमार्क दिएर विद्यार्थीलाई पास गरेर हुँदैन । त्यसैले यहाँका सरहरुसँग कुरा राम्रो शैक्षिक गुणस्तरको नमुना योग्य बनाउने काम गर्छु ।


अबको ५ वर्षमा ठाकुरले कति काम गर्छ भन्ने एउटा कुरा हो, तर माओवादी पार्टीले गरेर देखायो भन्ने गरी काम गर्नेछु । अर्कोपटक माओवादीले भोट माग्नै नपर्ने गरी काम गर्छु । अनलाइनखबर 






सम्बन्धित शिर्षक समाचारहरु
श्यामप्रसादका विचारहरु वर्तमानमा अझ बढी सान्दर्भिक
जो आएपनि गर्नैपर्ने कामहरु हामीले गरेका हौँ
मैले खोजेजस्तै कम्युनिष्ट नेता र विचारक हुनुहुँदो रहेछ श्यामप्रसाद
''न्याय,समृद्ध र सभ्य समाज निर्माणको लागि जीवनभर लाग्नुभयो''
सम्भाव्यता अध्ययन चीनले गर्छ, लगानीको विषयमा छलफल हुँदै जान्छ : परराष्ट्रमन्त्री ज्ञवाली
माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
नमूना वडा बनाउने भिजन सहित आएको छु । धर्मराज पुडासैनी
सम्वृद्ध हेटौडा मेरो सपना



5539776 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top