21 Jan 2019   |   
logo
विचार/अन्तरवार्ता

हिंसाका कारणहरु : दुई निष्कर्ष



विचार/अन्तरवार्ता      २०७५ मंसिर २५ मंगलवार  

- नानीमैया विष्ट

नेपालमा महिला हिंसा विरुद्ध अन्तर्राष्ट्रिय दिवस सन् १९८१ देखि नोभेम्बर २५ का दिन मनाइदै आएको छ । सन १९९१ मा क्यानडाका युवाहरुले सेतो रिवन बाँधेर महिला हिंसा दिवस मनाउने प्रतिबद्धता जनाएका थिए ।  

सोही अनुसार यो वर्षको महिला हिंसा विरुद्धको १६ दिने अभियान हाम्रो देशमा पनि हिजो समापन गरियो । देशको सबैजसो स्थानहरुमा सानो वा ठूलो कार्यक्रमहरु भए । हिंसाबाट सयौं कलिला नानीहरुदेखि उमेर पाको भएका आमाहरु पनि पीडित छन् । अझ पछिल्लो समयमा त कलिला नानीहरुले ज्यान नै गुमाउन परेको छ । त्यसको ज्वलन्त उदाहरण हो देशभर चर्चाको विषय बनिरहेको घट्ना कञ्चनपुरकी निर्मला पन्तको । देशको छोरीहरुलाई बलात्कारपछि निर्मम ढंगले हत्या गर्दा अभिभावक भनिने राज्य दोषी खोजी गरी सजाय दिन सक्दैन। सरकारको अन्धभक्त संघसंस्था र संगठनहरुले सरकार असफल बनाउने विरोधीहरुको खेल भन्दै हिंसा विरुद्धको १६ दिने अभियानमा समेत दबाबमुलक र शसक्त कार्यक्रम गर्न सक्दैन । सडक र कोठाहरुमा गीत गाएर नाचेर र भाषण गरेर कार्यक्रम समापन गर्छन् । प्रश्न पनि उठ्छ, यो किसिमको अभियानको प्रभावकारिता र सान्दर्भिकताको बारे । यो अर्को पाटो रह्यो । 

अब, हिंसाका कारणहरुबारे छलफल तिर लागौं । समाजमा गहिरिएर समस्याहरु केलाउने हो भने महिला हिंसा भित्र अटाउने विषयहरु के के हुन सक्छन् भन्ने चर्चापरिचर्चाहरु पनि हुनेगर्छन् ।

महिला हिंसा विरुद्धका अभियान्ताहरु तथा कानुनका व्याख्याताहरुले भनेअनुसार महिला भएकै आधारमा लैंगिक विभेदका कारणले महिलामाथि हुने हिंसालाई महिला हिंसा भनिन्छ । महिलामाथि शारीरिक, मानसिक र संवेगात्मक रुपमा क्षति पु¥याउने कुनै पनि कार्य हिंसा मानिन्छ । सामान्य अर्थमा हिंसा भनेको कुट्नु, पिट्नु वा ज्यान मार्नु मात्रै होइन, बोली–व्यवहारबाट पनि कसैको भावनामाथि चोट पु¥याउने कार्य पनि हिंसा हो । बलात्कार, यौन शोषण, बालविवाह, बहुविवाह र दाईजो जस्ता कुराबाट हुने हिंसा शारीरिक हिंसा हुन भने, कार्यालय र अन्य ठाउँमा हुने खालका बोली, सङ्केत अन्य आदिबाट गरिने दुर्वव्यहार, अपमान, भेदभाव आदि मानसिक हिंसाका रुपमा रहेका छन् ।

यसरी यो परिभाषालाई नजिकबाट हेर्दै महिला हिंसाका मुलभूत कारणहरुको खोजी गर्ने हो भने मैले मुख्य दुई ओटा आधारभूत कारणहरु सहित निष्कर्ष निकालेको छु :

पहिलो :  महिलाहरुमाथी परापुर्वकाल देखि पुरुषवादी सोंच र व्यवहारहरुले सामाजिक, धार्मिक, सांस्कृतिक, आर्थिक कानुनहरु, नियम र सिमाहरु बनाएर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा शासन गरेको पाइन्छ । त्यो किसिमको चिन्तन व्यक्ति, परिवार, समाज जुनसुकै स्थानमा पनि छ । जबसम्म पुरुष भनेको मालिक र महिला भनेको त्यो भन्दा तल्लो दर्जाको मान्छे हो भन्ने चिन्तन, संस्कार र व्यवहारमा परिवर्तन हुँदैन तबसम्म महिलाले माथि उल्लेख गरिएका हिंसाको कुनै न कुनै प्रकारहरुबाट प्रताडित हुनुपर्छ । बलियाले निर्धालाई शासन गर्ने परिपाटी अनुसार महिलाहरुलाई कमजोर बनाएर आफू अनुकुल व्यवहार गर्ने गरिन्छ । त्यसैले महिला हिंसामा पर्नुको मुख्य कारणहरु मध्ये यसलाई बलियो कारणको रुपमा लिन सकिन्छ । किनकि मुलभूत कुरा के हो भने बलियाले निर्धामाथि शासन गरिने प्रचलनले गर्दा कतै न कतै कोही न कोहीलाई कमजोर बनाएर शासन गर्ने सोंच प्रधानता हुँदै आएको छ । त्यसैले हाम्रो पुरानो सोंच र व्यवहारमा परिवर्तन नआएसम्म महिला हिंसा न्युनिकरण हुन सक्दैन ।   

दोस्रो :  अर्को पाटो खुसीका कुरा महिलाहरु समाज र राष्ट्रको नेतृत्व गर्ने क्षमता राख्दछन् । आफ्नो क्षमता देखाएका छन् र काम पनि गरिरहेका छन् । तर देशको जनसंख्याको आधा हिस्सा ओगट्ने महिलाहरुको थोरै भन्दा थोरै संख्याले यो प्रगति गरेको हो । ठूलो हिस्सा अझैपनि दोस्रो दर्जाको नागरिकको रुपमा कतै न कतै पिल्सिएका छन् । अझ सोझो भाषामा भन्ने हो भने बिना पारिश्रमिक अठार घण्टा महिलाहरु श्रम गर्छन् । तर उनीहरुले दुई चार पैसा खर्च गर्नको लागि घरका पुरुषहरुसँग निर्भर रहनुपर्छ । जसले गर्दा उनीहरु हेप्पिनुपर्ने र कसैको निगाहको पात्र बन्नुपर्ने अवस्था छ । उनीहरुको श्रम आर्थिक उत्पादनसँग जोडिन सकेन । त्यसैले महिलाहरु जबसम्म आर्थिक रुपमा सक्षम र आत्मनिर्भर हुँदैनन् तबसम्म उनीहरु अरु कसैले निर्धारण गरिदिएको भाग्यमा बाच्न बाध्य हुन्छन् । 

अतः सक्षम, आत्मनिर्भर भएकी स्वावलम्बी महिलालाई हत्तपत्त हिंसाको दृष्टिकोणले हेर्ने आँट कमैले गर्छन् । यदि गरिहाले भनेपनि प्रतिकार गर्न वा बौद्धिकतापूर्ण ढंगले समस्याबाट बाहिर निस्कन सक्षम हुन्छन् । हिंसाका विभिन्न स्वरुपहरु भएपनि तिनीहरुलाई केलाउदै जाने हो भने मुख्य आधारभूत कारणहरु यिनै हुन् । जसले व्यवहार गर्ने हो उसको सोंच र जसलाई व्यवहार गरिन्छ उसको आँट र क्षमतामा सन्तुलन भयो भने पक्कै पनि कसैबाट कसैले असुरक्षा महशुस गर्न पर्दैन भन्ने लाग्छ ।  - हेटौंडा







  • ‘लोकतन्त्र नै संसारमा सबैभन्दा अलोकतान्त्रिक छ’

    हेटौंडा अनलाईन संवाददाता राजनीतिक संवादमा राजेश हमाल भन्छन्ः अमेरिका अनुहारमा पाउडर दलेर हिंडिरहेछ
    अन्तरवार्ता
    1549     हेटौंडा अनलाईन संवाददाता
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1508     हेटौंडा अनलाइन
  • माओबादी केन्द्रले मकवानपुरमा किन हार व्यहोर्नु पर्यो

    इश्वर न्यौपाने स्थानीय चुनाव २०७४ मा माओवादी केन्द्र मकवानपुरले अपेक्षाकृत नतिजा ल्याउन नसकेको कारण चुनाबी परिणाममा सन्तोष व्यक्त गर्न सकेको छैन। मकवानपुर जिल्लामा माओवादी केन्द्रले नराम्रोसँग हार व्यहोरेको छ ।
    विचार/अन्तरवार्ता
    1463     हेटौडा अनलाईन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1404     हेटौंडा अनलाईन संवाददाता
5994977 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top