24 Mar 2019   |   
logo
विचार/अन्तरवार्ता

लुकेर रहेका विचारकहरुको खोजी र सम्मान गर्नेछौंः राधा तिमल्सिना



विचार/अन्तरवार्ता   ईहेटौंडा अनलाइन   २०७५ असोज २८ आइतवार  

हेटौंडा : मकवानपुर जिल्लामा जन्मिएर आफ्नो जीवनकालभर आधारभूत जनताको पक्षमा लेख, रचना सृजना गरेका श्यामप्रसाद शर्माको विचार र सृजना फैलाउने प्रयासहरु भइरहेका छन् ।

सोही प्रयासस्वरुप मकवानपुरमा 'श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान' गठन भएको छ भने हालै काठमाडौंमा “श्यामप्रसाद विचार प्रतिष्ठान” पनि गठन भएको छ । यस प्रतिष्ठानले गर्ने काम र श्यामप्रसादका विचारको सान्दर्भिकताबारे 'श्यामप्रसाद विचार प्रतिष्ठान'का सदस्य तथा पूर्व सांसद् राधा तिमल्सिनासँग गरिएको कुराकानीको सम्पादित अंश ।  

१) तपाईं श्यामप्रसाद विचार प्रतिष्ठानमा आबद्ध हुनुहुँदो रहेछ । उहाँको विचारप्रति तपाईंको लगाव हुनुको कारण के हो ? 

मुख्यतः केही कुरा आफूलाई मन परेपछि नै त्यसमा लगाव हुने हो । त्यसरी नै उहाँको विचार सही लागेर नै यसप्रति मेरो लगाव भएको हो । उहाँको विचार सही लागेको भएर नै हामीले श्यामप्रसाद विचार प्रतिष्ठान गठन गरेका छौं । उहाँ शोषित पीडित जनताको पक्षमा आफू बाँचुन्जेल सम्म निष्ठापूर्वक लाग्नुभयो । साम्यवादी विचारप्रति प्रतिबद्ध भएर उहाँले आफ्नो जिवनभरी समर्पणको भावसहित लाग्नुभयो । उहाँ नाम र दामको पछाडी लाग्नुभएन । अहिले पनि शोषित जनताको अवस्था उही छ । त्यही भावना मन परेकोले उहाँको विचारप्रति लगाव रहन पुग्यो । 

२) वर्तमान नेपालको अवस्थामा श्याप्रसादको विचारको सान्दर्भिकताबारे केही प्रकाश पार्नुहुन्छ कि ?

वर्तमान अवस्थामा उहाँको विचार झनै सान्दर्भिक छ । हामीले मान्ने– नमान्ने, वर्तमान सरकारले उहाँको विचार ग्रहण गर्ने– नगर्ने आफ्नो ठाउँमा छ । बिथितीहरुले भरिएको वर्तमान अवस्थामा उहाँको विचार अझ बढी सान्दर्भिक छ भन्ने लाग्छ । उहाँको लेख्ने, बोल्ने शैली पनि नेपाली सामान्य जनताको अवस्था सुहाँउदो छ ।

३) प्रतिष्ठानमार्फत गर्नुपर्ने वा गर्न सकिने कामहरु के– के हुन सक्छन् ? यसमा तपाईंको प्रतिबद्धता कस्तो रहने छ ?

प्रतिष्ठानमार्फत गर्नुपर्ने कामहरु त धेरै छन् । तिमध्ये हामीले गर्न सकिने कामहरु म यहाँ राख्न चाहन्छु । उहाँसँग संगत भएका, उहाँको भूमिगत कालमा सहयोग गरेका र लामो समय बिताई बृद्ध भइसकेर पनि आफूलाई बाहिर ल्याउन नसकेका व्यक्तिहरु हुनुहुन्छ । जो अझैसम्म पनि छायाँमा हुनुहुन्छ । उहाँहरुलाई सम्मान गर्ने एउटा काम प्रतिष्ठानको हुनेछ । बोलेर, लेखेर व्यक्त भएका विचार र उहाँका कृतिहरु खोज्ने प्रतिष्ठानको अर्को काम हुनेछ भने त्यसलाई प्रकाशन गर्ने काम पनि प्रतिष्ठान मार्फत हुनेछ । उहाँका उपयोगी लेख रचनाहरुलाई विद्यालय तहका नैतिक शिक्षाको पाठ्यक्रममा पार्नुपर्छ भनेर शिक्षा मन्त्रालयमार्फत पहल गर्ने योजनामा हामी छौं । हामी यसैमा निरन्तर लागिपर्ने छौं ।






  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    2176     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    2117     हेटौंडा अनलाईन संवाददाता
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1890     हेटौंडा अनलाइन
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1882     हेटौंडा अनलाइन
6252581 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top