18 Feb 2019   |   
logo
विचार/अन्तरवार्ता

औचित्यहीन NRNA U.S.A



विचार/अन्तरवार्ता   चिरन शर्मा   २०७५ असोज १६ मंगलवार  

कुवेत : एकजना भुपू नेपालीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको बिरोधमा कालो पट्टी,कालो टिसर्ट र झण्डा सहित संयुक्त राष्ट्रसंघको सभास्थल भन्दा बाहिर सडकमा आन्दोलन गरिरहेको भिडियो मलाई इनबक्समा पठाए।

त्यहा कांग्रेस झण्डा सहित दुई चार थान नेताका आफन्त पुर्व नेपाली स्वघोशीत बुद्धिजीवी जो आफ्नो संगठन चलाउन नसकी अर्कै संगठन खोलेर वरिष्ठ बनेका छन् । केही थान जातीय विध्वंस चाहने जनजातिका स्वघोसीत नेता कहलिएका,केही लिट्टिको बखान गर्ने मधेसी जमिनदारका पाठाहरु उफ्रीरहेको देखे । अचम्मित भए । 

मैले सोचेको अमेरिका र त्यहाँका भुपु नेपाली भन्दा निक्कै नमिठो आभास हुने गरि जिउ तातियो । मैले सम्झने अमेरिका कृस्टोफर कोलम्बसले पत्ता लगाएको दुनियाँका हर शक्तिशाली देशहरुलाई च्यालेन्ज गर्दै खुट्टामा ढोगाउन सफल पुजीवादी देश जसको आधारमा दुनियाँका हर पुजीवादी देशहरू उसैको इसारामा चल्ने गर्छन् जसले दुनियाँमा आकाश देखि जमिन र पातालसम्म आफ्नो अधिनमा राख्न सफल छ । जसलाई जिउँदो स्वर्ग पनि भनिन्छ । शिक्षा र स्वास्थको पहुचता र संसारको गन्तव्य मुलुक अमेरिका हो र त्यहाँका हरेक मानव उन्नत बिचार उन्नत सोच उन्नत आकाक्षा भएका हुन्छन् भन्ने लाग्थ्यो तर त्यो भिडियो हेरेपछि सबै समाप्त भयो । 

त्यहाँ अझै पनि राउटे प्रजाती जत्तिकै अबुझ र आफुलाई परिवर्तन गर्न नचाहने भुपु नेपालीहरुको हुल नै रहेछ । चुनावताका नेतालाई लगानी गरिदिएर आफ्नो पक्षमा पार्न खोज्ने पुर्व नेपालीहरु नेपालमा भ्रष्टाचारका नाइकेहरु उत्पादन गर्ने मेसिन हुन । देशलाइ अस्थिरता उन्मुख बनाउन नेपालीका भबिस्यप्रति खेलवाड गर्न लालायित छन् । हाम्रा प्रधानमन्त्री हुन ओली तिमीहरुका प्रधानमन्त्री र राष्ट्रपति उतैका हुन ट्रम्पले यत्तिकै भनेका होईनन । 

आप्रवासीहरुका कारण देश आक्रान्त बन्दै छ भनेर यस्तै हर्कतले भनेका रहेछन् । आफुलाई नेपाली हु भनेर चिनाउन नसक्ने,परिवार सहित उतै बस्ने, नेपाल आउँदा भिसा लगाउनेहरु देश र जनजिबिका अनि स्वाधीनताका कुरा गर्छौ ? ओलीले देश र जनताप्रति के घात गरे ? के माओवादीसग पार्टी एकता र चुनावमा पराजित गराउने भनेर द्वेष र पुर्वाग्रह देखाउन अन्तर्रा्ष्ट्रिय बेइज्जत गर्न खोजिएको हो ? 

केपी ओली भारत र चीन लगायत बिश्वभर नेपालको शीर उचो पारे अनि  तिमीले लगानी लगाएकाले हारे भनेर कालो झण्डा देखाइएको हो ? कि राजनैतिक हैसियत गुमाएको तिम्रो भुपु दलले हार्नु हुँदैन थियो भनेर कालो झण्डा देखाइएको हो ? कि अब बिश्वले बिश्वास गर्ने बाताबरण निर्माण हुन लाग्यो भनेर कालो झण्डा देखाइएको हो? जसका भान्सामा गुन्द्रुक र ढिडो पाक्दैन,जसका घरमा नेपाली बोलिदैन,जसका छोराछोरी नेपाली बुझ्दैनन,जसलाई ढिडो पच्दैन,भैसीको शुद्ध दूध पच्दैन,देखाउनलाई मात्रै नेपाली हु भन्ने पुर्व नेपालीले कुन लगानीका आधारमा नेपाली प्रमलाई कालो झण्डा देखायौ ? हिम्मत भए रवी लामिछाने बनेर देखाउ न यदि देशप्रति निष्ठा छ र नेपाली बन्न मन छ भने, सक्छौ ? कदापि सक्दैनौ । सक्दैनौ भने हाम्रो बेइज्जत नगरिदेउ ।

हामी नेपाली हौ । हाम्रा प्रधानमन्त्री ओली हुन हाम्रा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनै परे हामी छौ । छोडेर गएकी श्रीमतीलाई पहिलाको श्रीमान गाड जावस कि भीर जावस के मतलब ? एन आर एन ए बिश्वब्यापी संस्था भनेर चिनाउने तर प्रधानमन्त्री जादा स्वागत प्रेस बिज्ञप्तीसम्म ननिकाल्ने घर भएका तर गैर आवासी बनेका एन.आर.एन.ए.हरुको कुनै औचित्य रहेन । अब अमेरिकामा खारेज गरे हुन्छ । पार्टीबादी एन.आर.एन.ए कुनै मानेमा मान्न सकिन्न । 

एकजना कांग्रेस काकाले फोन गरेर भन्नुभयो जे भयो गलत भयो भनेर उहाँ भुपू नेपाली नै भएपनि जन्मस्थान भुल्नु भएको रहेनछ । खुसी लाग्यो । 

हाल कुवेत 






  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1645     हेटौंडा अनलाइन
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    1570     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1536     हेटौंडा अनलाईन संवाददाता
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1306     हेटौंडा अनलाइन
6104640 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top