15 Dec 2018   |   
logo
विचार/अन्तरवार्ता

फूलहरुको अप्सरा : पुतली



विचार/अन्तरवार्ता   रक्सन्दा सेढाई    २०७५ असोज ०१ सोमबार  

हेटौंडा । हाम्रो घरआँगन र फूलबारी वरिपरि पुतलीहरु फुरफुर गरेर उड्दा नजिकै गएर समातिहालौ जस्तो लाग्छ ।

 पुतली निकै राम्रो र यसको पखेटा हेर्दा कुनै कलाकारिता जस्तो लाग्छ । तर सुन्दर पुतलीको विकास भने निकै डरलाग्दो झुसिलकिराबाट हुन्छ ।


नेपालमा पाँच परिवारका पुतली पाइएका छन्ः प्यापिलियोनिडी, पाइरिडी, लाइसिनिडी, निम्फालिडी, हैस्पेरिडी । प्यापिलियोनिडीमा प्रायः कालो रङका, ठूलो र लामो पुच्छर हुने खालका पुतली हुन्छन् । सेतो र पहेंलो रङका मझौला आकारका पुतली पाइरिडी परिवारभित्र पर्छन् । साह्रै सानादेखि मझौला आकारका , छिटो उड्ने, छोटो पुच्छर भएका नीला तथा हरिया रङका पुतली लाइसिनिडी परिवारमा पर्छन् । त्यसैगरी पुच्छर नभएका, हिँड्न तथा बस्नका लागि ६ वटामा चार खुट्टा मात्र प्रयोग हुने , मझौलादेखि ठूला र आकर्षक रङ भएका , पेट ठूलो , फुर्तिलो र छिटो उड्ने साना आकारका पुतली हेस्पेरिडी परिवारमा पर्छन् ।


 पुतली दिउँसो उड्ने र राति उड्ने गरी दुई किसिमका हुन्छन् । दिउँसो उड्नेलाइ पुतली र राति उड्नेलाइ मोथ भनिन्छ । नेपालमा हालसम्मको अध्ययन अनुसार ६६० प्रजातिका पुतली भएको पुष्टि गरिएको छ । जसमध्ये १० प्रजातिका पुतली लोप हुने अवस्थामा पुगेको पुतलीविज्ञ कोलिन स्मिथ बताउँछन् । 


नेपालमा पछिल्लो समय शहरीकरण, सडक निर्माण, विविध रासायनिक औषधिका कारण पुतलीहरु लोप हुँदै गइरहेका छन् । विज्ञहरुका अनुसार नेपालबाट लोप हुने अवस्थामा रहेका पुतलीहरु काइजर आइ हिन, कृष्ण पिकक, भार्निसेड अपोलो रहेका छन् । प्रकृति सन्तुलनमा पुतलीको मुख्य भुमिका रहेको हुन्छ । सानो भए पनि पुतलीलाइ जैविक विविधताको महत्वपूर्ण अंश मानिन्छ । तर बदलिँदो मौसम र संरक्षणको अभावमा पुतली लोप हुन थालेका छन्। ठूला जीव संरक्षणमा मात्र सबैको ध्यान गए पनि साना तथा आकर्षक देखिने पुतलीको संरक्षणमा कसैको ध्यान जान सकेको छैन। पुतली संरक्षण आवश्यक छ । पुतलीको प्राकृतिक सन्तुलनमा मुख्य भुमिका रहेको हुनाले यसको प्रजातिलाई जोगाउनु हाम्रो दायित्व हो ।

(वन विज्ञान अध्ययन संस्थान हेटौडामा अध्ययनरत)







  • के के मागियो बेलायती राजदुतसँग

    हेटौंडाः नेपालका लागि बेलायती राजदुत रिचर्ड मोरिसको स्वागत तथा छलफल कार्यक्रमको आयोजना गर्दै मकवानपुर उद्योग वाणिज्य संघले सहयोगको लागि अनुरोध गरेको छ ।
    स्थानीय समाचार
    44     २०७५ मंसिर २८ शुक्रवार
  • सुदूरपश्चिमका पहाडमा हिमपात, जनजीवन प्रभावित

    बैतडी : मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ।
    राष्ट्रिय समाचार
    50     २०७५ मंसिर २८ शुक्रवार
  • इञ्जिनीयर्स एशोसिएशनको निर्वाचन शुरु

    काठमाडौँ : नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन शुरु भएको छ ।केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६÷१६ पदका लागि चुनाव हुनलागेको हो । एशोसिएशनको कार्यकारिणी समितिको पदावधि दुई वर्षको हुने प्रावधान छ ।
    राष्ट्रिय समाचार
    38     २०७५ मंसिर २८ शुक्रवार
  • युवा पुस्ता विकृतिबिरुद्ध लाग्नुपर्छः पुलामी

    हेटौंडाः ३ नम्बर प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले समाजमा भईरहेको विकृति र विसंगतिको अन्त्यको लागी युवाहरु लागीपर्नु पर्ने बताएका छन् ।
    स्थानीय समाचार
    318     २०७५ मंसिर २७ बिहीवार
5727542 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top