21 Oct 2018   |   
logo
विचार/अन्तरवार्ता

तिज कस्को हो ?



विचार/अन्तरवार्ता   69 पटक पढिएको   –प्रमोद धिताल   २०७५ भाद्र २६ मंगलवार  

दाङ : शुभकामना दिंदै गर्दा या प्रसंगवस बारम्बार सुनिन्छ,“नेपाली नारीहरुको या हिन्दु नारीहरुको “महान” पर्व तीजको उपलक्ष्यमा....।” यस सनातनी रटानभित्र महिलाहरुलाई यसरी लठ्याइएको छ कि खासमा यो तीज कस्को हो भन्ने विषयमा एकछिन पनि सोच्न नभ्याउने गरी नारीहरुको मनोविज्ञानलाई कब्जा गरिएको छ ।

 अँझ धर्म निरपेक्ष राज्य भनिएको नेपाली समाजमा धार्मिक र साँस्कृतिक मूल्यहरुको नाउमा जसरी अहिले पनि हिन्दुकरणले निरन्तरता पाइरहेछ परिवर्तनको यात्रामा यो निकै चुनौतिपूर्ण छ । 


एउटा चर्चा जरुरी छ, खासमा तीज कस्को हो र? तीज त्यो धर्मको पर्व हो जसले पुरुष र व्राम्हण इतरको मानिसलाई कहिल्यै मानिसको दर्जामा राख्न चाहेन । तीज त्यो समाजको पर्व हो जसले अहिले पनि कुनै न कुनै नाउँमा महिलाहरुलाई बाँधेर राख्नुपर्छ भन्ने सोंचबाट निर्देशित छ । तीज ती पुरुषहरुको पर्व हो जसले महिलाहरुलाई उभोगको साधनभन्दा अरु केहि ठान्दैनन् । यदि उनीहरु स्वतन्त्रताका कुरा गर्छन् भने पनि पूँजिवादी चेतभन्दा माथि उठेर होइन । किनकि वर्तमानको पूँजिवादी स्वतन्त्रताको महिलाहरुलाई हेर्ने नजर भनेको नाफाको नजर हो । जे गर्दा महिलाहरुलाई विकाउ बनाउन सकिन्छ त्यही गर्नु र गराउनु हो । त्यसकारण तीज उपभोक्तावादी पूँजीवादको पर्व हो जसले ‘उपभोगबाहेक सबै कुरा मिथ्या हुन्’ भन्छ । अनि यो कसरी महिलाहरुको निम्ति महान पर्व भयो र? यदि मान्दै आएको नाउँमा धार्मिक तथा साँस्कृतिक दाशतालाई स्वीकारिराख्ने हो भने परम्परागत समाजको महिलालाई दाशी ठान्ने या उपभोगको साधानको व्यहावरा गर्ने रवैयाप्रति इङिगत गर्दै हामीमाथि अन्याय भयो भनेर पनि प्रश्न किन उठाउनु प¥यो र? आफूमाथि भएका सास्कृतिक तथा धार्मिक दमनहरु उपर प्रश्न नउठाउने महिलामुक्तिका अगुवाहरुलाई राजनीतिक अधिकारको माग गर्ने नैतिक हैसियत कसरी प्राप्त हुन्छ ? आखिर परम्परागत राज्यव्यवस्थाको निम्ति अर्थतन्त्र, राजनीति एवं संस्कृति एक अर्कालाई टिकाउनको निम्ति प्रयोग गरिएका साधनहरु नै हुन ।


तीज भनेको जुनसुकै कोणबाट हेर्दा पनि नारी दाशताको पर्व हो । यो सामन्ती भाग्यवादमा आधारित छ । जसको मर्म आफ्नो वर्तमान र भविष्यको फैसलाको जिम्मा भाग्य र भगवानलाई सुम्पिनु हो । नारी अस्तित्वलाई एउटा मानवीय अस्तित्वको रुपमा होइन पूर्वजन्मको पापको प्रयाश्चित गर्नुपर्ने एउटा ‘पापको स्रोत’ र अभागी पात्रको रुपमा व्याख्या गर्नु र स्वीकार्न वाध्य पार्नु हो । पञ्चमी व्रतको मर्म । यी वास्तविकताहरुले नारीलाई एउटा सिंगो मानवीय आकृतिको रुपमा कहिले पनि उभिन दिएनन् । सामन्तवादी स्वार्थको निम्ति ‘महान’, र ‘पवित्र’ तर नारी अस्मिता र  मानवीय साँस्कृतिक न्यायको हिसाबले भ्रष्ट परम्परालाई नाफाको निम्ति थप भ्रष्ट बनाएको छ पूँजीवादी उपभोक्तादी बजारले । 


हिजो एउटा साँस्कृतिक दृष्टिकोणले कब्जा गरेका दिमागहरुलाई आज द्वैध साँस्कृतिक दृष्टिकोणहरुले कब्जा गरेका छन् । एउटा भाग्यवादी पराश्रित चिन्तन र अर्को सौन्दर्य प्रशाधन र खन्चुवा संस्कृतिको बढावा । यसले समाजलाई सोच्ने र प्रश्न गर्ने संस्कृतिबाट झन टाढा धकेलिदिएको छ । मनोरञ्जन र मात्र मनोरञ्नन । खानु, पिउनु र मस्ती गर्नु ।  सांस्कृतिक प्रदर्शन र प्रतियोगिताको आयोजनाको नाउँमा अश्लिल, छाडा र अपाच्य गीत–संगीत र नृत्यको होडबाजी । खानपीन र फेशन सोको प्रतिस्पर्धाले गर्दा यो झनै साँस्कृतिक महत्वको होइन कुरुप सांस्कृतिक प्रवद्र्धनको साधन बन्दै जाने दिशामा गतिशील छ । 


महानताको पगरी गुँथाउदैमा कुनै पनि चिज महान हुँदैन । बहुमतले स्वीकारेको हुँदैमा पनि त्यो परम्परा र संस्कृतिलाई समाज हीतकारी भएको ठोकुवा गर्न मिल्दैन । हिजोका शोषक, सामन्त र फटाहाहरुले मात्र होइन आजका पूँजीवादी भ्रष्ट शासकहरुले पनि आफूले अंगालेको संस्कृति, मूल्य–मान्यतालाई महान र पवित्र नै भन्छन् । राजनीतिक, आर्थिक, साँस्कृतिक र धार्मिक दमनहरुलाई अहिलेसम्म कुनै दमनकारीहरुले अमानवीय र तुच्छ भनेका छैनन् । त्यसको असर भोग्नेहरुको परिणाममा देखिने कुरा हो । तसर्थ समाजको बहुमत हिस्सा हिजैदेखि कुन बाटोमा हिडेको थियो भन्ने आधारमा होइन न्यायपूर्ण, समतामुखी र स्वस्थ बाटो कुन हो र? त्यो दिशामा सचेत दृष्टिकोणमा चल्नेहरु अग्रसर हुनु नै आजको आवश्यकता हो । 


तीज कस्तो हो ? तीज कस्को हो ? यो विषयमा व्यापक रुपान्तरणकारी हस्तक्षेपको तहमा कुनै प्रगतिशील राजनीतिक शक्ति या महिला संगठनहरुले अभियान छेडेको देखिन्न । कुनै बेला दीर्घकालीन र प्रभावकारी अभियान बिनाको इन्कार या कुनै बेला प्रगतिशील तीज मनाउने नाउँमा यसका आधारभूत मान्यताहरुबाट बेखबर रहेर मूल प्रवाहमै हराउनुभन्दा अर्को नियति देखिएन । यदि उल्लेखित शक्ति र संगठनहरुले संस्कृतिको मुद्धालाई गम्भिरतापूर्वक एजेण्डा बनाएर समाजको भित्री तहसम्म नयाँ संस्कृतिको पक्षमा जागरण आन्दोलन चलाउन सकेको भए यो कोणबाट समाज अलि फरक ठाउमा हुन सम्भव थियो । समावेशिता, सहभागिता र राजनीतिक अधिकारको कोणबाट केहि जागरुक देखिएपनि साँस्कृतिक मुद्धाहरुको उठानको कोणबाट अहिले नेपालको सिंगो महिला आन्दोलन कोमामा पुगेको अवस्थामा छ । यो भनेको महिला मुक्ति र आन्दोलनको सामु गम्भिर चुनौतिको विषय हो । यो या त्यो बहानामा सबै सत्ताधारीमा परिणत भैसकेपछि  प्रतिरोधी आन्दोलन कम्जोर हुनुु स्वाभाविक नै छ । जब कि नेपाली समाजको सन्दर्भमा हेर्दा परम्परा, संस्कृति र धर्मको नाउँमा सबैभन्दा बेसी कोही पिसिएको छ भने त्यो समुदाय भनेको महिला नै हो । यो विषयमा त्यही समुदायका प्रतिनिधि संस्था र तिनका अगुवाहरुले मौनता साध्नु प्रतिक्रान्तिको लक्षण हो । धर्म र संस्कृतिरुपी गोमनको विष चाहे त्यो सामन्तवादी होस् या पूँजीवादी ले फेरि पनि महिलाहरुलाई निर्वाध रुपमा डशिरहनु अँझ त्यो मात्रा बढ्दै जानुले समाजवादी व्यवस्था या राष्ट्रको खोलमा कस्तो राष्ट्र निर्माण हुँदैछ रु यो सवालउपर भ्रमका सबै पर्दाहरु उघारेर सोच्न र बहस छेड्न ढिलाई भैसकेको छ ।






5539431 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top