21 Oct 2018   |   
logo
अन्तरवार्ता

जो आएपनि गर्नैपर्ने कामहरु हामीले गरेका हौँ



अन्तरवार्ता   8 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ श्रावन २९ मंगलवार  

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले ल्याएका योजनाहरु कार्यान्वयनको सन्दर्भमा पटक– पटक व्यवसायीहरुले विरोध जनाउँदा योजना कार्यान्वयनमा समस्या देखिने गरेको छ । यिनै विषयहरुमा केन्द्रित रहेर हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामासँग गरिएको संक्षिप्त कुराकानी ।

अन्तरवार्ताको अंश :



  • हिजोआज के मा व्यस्त हुनुहुन्छ ? 

नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम पेश गरेका छौं । त्यसलाई कार्यान्वयनको लागि छलफल र योजना बनाउने कामहरु भइरहेका छन् ।

  • उपमहानगरपालिकाले ल्याएका कतिपय योजना कार्यान्वयन गर्ने सन्दर्भमा बजार बन्द हुँदा उपभोक्ता मारमा पर्ने गरेका छन् । गृहकार्य नगरी योजना बनाइन्छ कि, यस्तो किन भइरहेको होला ? 


हामीले आम नागरिकको हितका लागि नै योजना बनाउने गरेका हौं । हालै हामीले “नो पार्किङ”को योजना कार्यान्वयनको सन्दर्भमा पनि व्यवसायीहरुले ४ दिन बजार बन्द गर्नुभएको थियो । स्वभाविक रुपमा यस्ता आन्दोलनले उपभोक्ता र व्यवसायी स्वयम् पनि मारमा परेको हामीले महसुस गरेका छौं । 

हामीले बजारलाई व्यवस्थित र मर्यादित गर्न खोजेका हौं । यो जिम्मेवारीमा जो आएपनि गर्नैपर्ने काम हामीले गरेका हौं भन्ने लाग्छ । त्यो कुर्सीमा जो भएको भएपनि यो काम गर्नैपर्ने थियो । यो आम सरोकारको विषय हो । नयाँ काम सुरु गर्दा जहाँ पनि समस्या आउँछ । यसलाई सकारात्मक रुपमा लिनुपर्छ । व्यवसायीहरुले आफ्ना कुराहरु राख्न पाउनु उहाँहरुको पनि अधिकार हो । यसलाई हामीले सकारात्मक रुपमा नै लिएका छौं । मलाई लाग्छ, यसले अझ हामीलाई सहयोग नै गर्छ । 

आन्दोलन र निरन्तर छलफलले हामीबीच भएका असमझदारी मेटिएर सकारात्मक वातावरण सृजना गर्छ भन्ने हो । हामीले पटक–पटक उहाँहरुसँग सल्लाह गरेर नै अघि बढेका छौं । अहिले जतिपनि निर्णयहरु भएका छन्, सबैमा उहाँहरु सहभागी पनि हुनुहुन्छ र उहाँहरुकै सल्लाह, सुझावलाई टेकेर काम अघि बढाइरहेका छौं । आगामी दिनमा पनि सबैको सल्लाह सुझावलाई लिएर अघि बढ्नेछौं । पछिल्लोपटक भएको हाम्रो कार्यपालिका बैठकले पनि सरोकारवाला सबै पक्षको सहयोग, सल्लाह लिएर योजना कार्यान्वयनमा अघि बढ्ने निर्णय गरेको थियो ।


सम्बन्धित तस्बिरहरु




सम्बन्धित शिर्षक समाचारहरु
श्यामप्रसादका विचारहरु वर्तमानमा अझ बढी सान्दर्भिक
जो आएपनि गर्नैपर्ने कामहरु हामीले गरेका हौँ
मैले खोजेजस्तै कम्युनिष्ट नेता र विचारक हुनुहुँदो रहेछ श्यामप्रसाद
''न्याय,समृद्ध र सभ्य समाज निर्माणको लागि जीवनभर लाग्नुभयो''
सम्भाव्यता अध्ययन चीनले गर्छ, लगानीको विषयमा छलफल हुँदै जान्छ : परराष्ट्रमन्त्री ज्ञवाली
माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
नमूना वडा बनाउने भिजन सहित आएको छु । धर्मराज पुडासैनी
सम्वृद्ध हेटौडा मेरो सपना



5539490 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top