21 Oct 2018   |   
logo
अन्तरवार्ता

मैले खोजेजस्तै कम्युनिष्ट नेता र विचारक हुनुहुँदो रहेछ श्यामप्रसाद



अन्तरवार्ता   9 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ श्रावन २७ आइतवार  

हेटौंडा । मकवानपुरमा हालै स्थापना भएको “श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान”का सदस्य तथा प्राध्यापक ऋषिराम पोखरेलसँग गरिएको संक्षिप्त कुराकानी ।

तपाईं पनि हाल गठित श्यामप्रसाद स्मृति प्रतिष्ठानमा हुनुहुँदो रहेछ । सोधिहालौं, श्यामप्रसाद शर्मासँग तपाईंको लगाव कसरी प्रारम्भ भयो ? र, प्रतिष्ठान मार्फत के गर्न लाग्नुभएको हो ? 

म सानो विद्यार्थी छँदादेखि नै कम्युनिष्ट विचारप्रति आकर्षित व्यक्ति हुँ । किनकी, मेरो पारिवारीक पृष्ठभूमि नै त्यस्तो रह्यो । मेरो दाजु केशवप्रसाद बटुवा एक कम्युनिष्ट नेता हुनुहुन्थ्यो । उहाँबाट मैले रुस, चीन, क्युवा, भियतनाम जस्ता राष्ट्रमा भएका आन्दोलन र त्यसले ल्याएको प्रभाव र परिवर्तन बारे मैले सुन्ने, बुझ्ने मौका पाएँ । कम्युनिष्ट नेता तथा दार्शनिक र सर्वहारा वर्गका महान् पथप्रदर्शक माक्र्स, लेनिन, स्टालिन, माओका जीवनीहरु पनि मलाई थाहा भयो । 

यसै शिलशिलामा नेपालमा पनि यस्ता प्रेरक कम्युनिष्ट नेताहरु पनि कोही छन् कि भन्ने मलाई जिज्ञासा उत्पन्न भयो । यसै शिलशिलामा मेरा अग्रज कौशल पाण्डेसँग मेरो संगत भयो । उहाँबाट मैले श्यामप्रसाद शर्मा बारे धेरै कुरा थाहा पाएँ । उहाँका धेरै रचनाहरु पढ्ने अवसर प्राप्त गरेँ र मैले थाहा पाएँ श्यामप्रसाद शर्मा नै त्यस्तो कम्युनिष्ट क्रान्तिकारी नेता र विचारक हुनुहुँदो रहेछ । जसलाई मैले खोजिरहेको थिएँ । 


यसैबाट उहाँप्रति मेरो लगाव सुरुवात भयो । श्यामप्रसाद शर्मा अहिले हामीबीच हुनुहुन्न । तथापी उहाँका धेरै प्रकाशित, अप्रकाशित कृतिहरु हामीसँग छन् र उहाँका विचारहरु आधारभूत तहका वर्गसम्म पुर्याउन सके नेपाली जनताको मुक्तिको दिन धेरै पर्खनु नपर्ने अनुभूति भएकोले यसै प्रयोजनको लागि म श्यामप्रसाद स्मृति प्रतिष्ठानमा लागेको हुँ । 

खासगरी नेपालको प्रगतिशिल साहित्यको उत्थान र विकासमा श्यामप्रसादको योगदानबारे त सबैले स्वीकारेकै कुरा हो । यतिखेर राज्यले उहाँको मूल्याङ्कन गर्न सकेको छ ?

मेरो विचारमा श्यामप्रसाद शर्माको सही मूल्याङ्कन हुनको लागि सच्चा कम्युनिष्ट क्रान्तिकारीहरुकै देशमा शासन मात्र होइन सत्ता समेत आउनुपर्ने हुन्छ । तथापी नेपालमा जनपक्षीय सरकार आएको बेलामा भने उहाँको मूल्याङ्कन गर्ने प्रयत्न भएको छ । यसका लागि जो जति सक्रिय भए, ती व्यक्तिहरु धन्यवादका पात्र छन् ।


सम्बन्धित तस्बिरहरु




सम्बन्धित शिर्षक समाचारहरु
श्यामप्रसादका विचारहरु वर्तमानमा अझ बढी सान्दर्भिक
जो आएपनि गर्नैपर्ने कामहरु हामीले गरेका हौँ
मैले खोजेजस्तै कम्युनिष्ट नेता र विचारक हुनुहुँदो रहेछ श्यामप्रसाद
''न्याय,समृद्ध र सभ्य समाज निर्माणको लागि जीवनभर लाग्नुभयो''
सम्भाव्यता अध्ययन चीनले गर्छ, लगानीको विषयमा छलफल हुँदै जान्छ : परराष्ट्रमन्त्री ज्ञवाली
माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
नमूना वडा बनाउने भिजन सहित आएको छु । धर्मराज पुडासैनी
सम्वृद्ध हेटौडा मेरो सपना



5539429 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top