20 Nov 2018   |   
logo
विचार/अन्तरवार्ता

विश्वकप फुटबलमा नेपाली र म



विचार/अन्तरवार्ता   337 पटक पढिएको   -नरेन्द्र गुरुङ (अरेन्द्र)   २०७५ आषाढ १४ बिहीवार  

१४ आषाढ हेटौंडा । छानामा चढेर एन्टिना हल्लाउदै :- आयो ? भन्दै कराउदै टि. भी क्लियर पारेर श्याम श्वेत स्क्रिन बिश्वकप हेर्नुको मज्जा अहिले चोकमा अर्काले लाइदिएको पर्दामा गएर हेर्ने केटाकेटिहरुले कहाँ चाख्न पाए होला र ? सानो बेलामा श्याम श्वेत टि. भि. मा फुटबल हेर्दा कालोले जित्छ कि सेतो टिमले जित्छ भनेर बाजि थापिन्थ्यो ।

रंगिन टि. भि मा फुटबल हेरेको१९९० इटालिया वर्डकप बाट मात्र हो । आफु पनि फुटबल खेल्ने हुदा फुटबल खुब मन पराइयो । त्यो बेला म्यारोडोनाको अन्तिम खेल हेर्न पाएको थिए । गाउँ  बाट भर्खरै आएर कलेज पढिन्थ्यो । त्यो ताका जिदाने, रोनाल्डो, सुकर, बाटिस्टुटा, ओर्टेगा,हर्नान्डेज , बेकम , रोजार मिल्लार , मार्को भान बास्टन अनि हल्याण्ड को होला कपाल लामो पालेको खेलाडी हामी कान्छी भन्थ्येउ (रुट गुलिट) आदि निक्कै मन परे । १९९० को इटालीमा भएको वर्ड्कपमा अफ्रिकी देश क्यामरुनले पहिलो सहभागिता मै क्वाटर  फाइनल खेलेर सनसनी मचाएको थ्यो । त्यो बेला पनि धेरैले बलियो र नाम चलेको देशको सपोर्ट गर्ने गरिन्थ्यो अहिलेको जस्तो किन हो थाहा छैन ? 

तर म प्राय कमजोर टिम को सपोर्ट गरिरहेको हुन्थे सायद त्यही मनोबैज्ञान हुन पर्छ । हेर्न पाएजती म्याच आफ्नो टिभी किन्ने क्षमता नहुदा छिमेकी दाइको टिभी मै लाज पचाएर भएनि हेर्ने गर्थे । साच्चै त्यो बिश्वकप ले फुटबल प्रती मेरो क्रेज बढाएको थ्यो । मैले सपोर्ट गरेको  टिमले उदघाटन खेलमा अर्जेन्टिना लाई हराएर त्यो दिन हेर्ने सयौं दर्शकमा म मात्र क्यामरुनको सपोर्टर थिए अरु सबै अर्जेन्टिनाको मैले सो दिन बाजि मारे एक को बदला बारह त्यो बेला देखि बानेश्वरमा मेरो नाम नै क्यामरुन रहन गयो । म साच्चै भन्ने हो भने म क्यारुनको सपोर्टर पनि होइन १९८६ को बिश्व कप जितेर अर्जेन्टिनाको अनि त्यसको सपोर्टरहरुको घमण्ड तोडन मात्र भएको थिए । समयले काचुली फेर्दै आधुनिकता संगै फुटबलमा पनि नियमहरु प्रबिधिहरुको बिकास संगै विश्व कप फुटबल खेल्ने ३२ राष्ट्रहरु बिश्वकप खेल्न आएका हुन गुच्चा खेल्न होईन,आईसल्याण्डले हल्याण्डलाई पाखा लगाएर आएको हो सबै टिम एक से एक छन । चिली,स्वीडेन,इटालि,अमेरिका त छनोटमा परेनन् सबै टिम आफैमा उत्कृष्ट छ, खेल हेरेर मज्जा लिने हो कसैलाई गिराएर होईन अझ मज्जा त नकआउट चरण बाट सुरु हुन्छ। 

अहिलेको आधुनिक यूगमा हरेक तरिकाले हरेक देश निपुण छन कसैलाई काम आक्न भूल हुनेछ यो कुरा हालै भएको खेलले देखाई सकेको छ यस्तै तरिकाले खेलमा प्रगति गर्दै जाने हो भने आउने विश्व कप कतार २०२२ मा नयाँ  देशहरूले जित्न सक्ने आशा पलाएको छ । जे होस जित्ने हरु जीती नै रहन्छ त्यसको पछि लाग्नु भन्दा हाम्रै महादेशका देशहरुको हौसला बढाउन म उपयुक्त थान्छु । मैले यो लेखी रहन्दा रसियामा भइरहेको बिश्वकप फुटबलको पहिलो चरणको खेल भइरहेको थियो । १२ वटा रंगशालामा संसार भर बाट छनिएर गएको ३२ राष्ट्र अनि तिनिहरु बिच हुने ६४ खेल र ७३६जना  खेलाडीहरुले प्रदर्शन गरेको ४ बर्षमा आउने महा कुम्भ फुटबल मेलामा मान्छेहरु बिश्वकप फुटबल को बिषयलाई लिएर यति तछाड मछाड गरिरहेका छन कि लाग्दैछ यिनिहरुले आफ्नै जिन्दगीको मृत्यु सँग जितिसकेका छन् यस्तो अवस्थामा म मात्र किन अछुतो रहन सक्छु र फुटबल फ्यान त म पनि हु जर्सि बिनाको तर ज्योतिष बनेर यो देशले जित्छ र यो देशले हार्छ भन्दै हल्ला गर्दै समाजिक संजालमा पोस्ट गर्दै हिडने चाही म परिन सपोर्ट आफ्नो ठाउमा छ । 

यो पटक भएको पहिलो चरणको गेममा न पत्याउनै देशहरुले फुटबलका महारथिहरुलाई हराउदाको क्षण पनि हेर्न लायकको थियो यो बिश्वकपमा नेदरल्यान्ड जस्तो देशलाई पछारेर आएका सानो देश आइसल्याण्ड जुन आइसल्याण्डको  जनसंख्या (३ लाख ३० हजार) छ त्यति त अर्जेन्टिनामा रजिष्टर्ड फुटबल खेलाडी (३ लाख ३१ हजार ८११ जना) छन् । यसैले जनसंख्या देश हेरेर खेललाई दाज्न मिल्दैन ।  कुनै देशले जित्छ भन्ने आशमा समर्थन गर्न सक्छौ भने त्यस देशले हार्दापनि स्विकार गर्न सक्ने सामर्थ्य राख्न जान्नु पर्छ खेल हारजितकै लागि हुन्छ । शारीरिक बलले जर्मनिले मेक्सिकोलाई जति नै दबाब दिए पनि मानसिक बलको अगाडि घुडा टेक्नुनै थियो, मेक्सिको त्यो देश हो, जुन देशको चोरबाटो भएर हाम्रा हजारौं दाजुभाई अमेरिका पुगेका छन् । बाटो र बास दिने मेक्सिकोलाई मेरो समर्थन यो मानेमाकी नया देशले जित्नु परपर्छ । फ़ाइनल यति स्तरिय तीव्र र उत्कृष्ट होला या नहोला । पहिलो चरणमा भएको मेक्सिको - जर्मन , पोर्चुगल-स्पेन अनि धेरैले आशा राखेको अर्जेन्टिना दोस्रो चरण जाने नजाने कौतुहलता भएको अर्जेन्टिना र नाइजेरिया बिचको खेल वाह वाह नै भयो ।  डिफेन्डींग च्याम्पियन जर्मनीको पराजय सँगै २०१८ विश्वकप का धेरै अनुमान गलत हुन सक्ने संकेत देखायो ।

यही लय कायम रहेमा उपाधि नयाँ देशको हातमा जान्छ भनेर यसै भन्न सकिदैन ।बिडम्बना नेपाल विश्वकप फुटबल प्रतिस्पर्धामा कहिले/कसरी  सहभागी हुने चासाे कसैकाे छैन । अकारण दाेबाटा र चाेकहरुमा झल्पुणे रङमा बुर्कुसि मार्दै हजाराै लाखाैकाे बाजि, भाेजभतेर र कुटाकुट । याे देश र उ देश । मानाे खाएर मुरि उब्जाउने असारे समयकाे सत्यनाश गर्दै ३ करोड जनसंख्या भएको हाम्रो देशमा एक करोड त फुटबल बिश्लेसक नै रहेछ्न त्यतिकै संख्या मा टिप्पणीकर्ता छन तर बिडम्बना बिश्वकप खेल्न सक्ने  ११ जना कतै भेटिएन।

 मेस्सी र रोनाल्डोले पेनाल्टी बिगारेकोमा जति चिन्ता नेपालीहरुमा पर्‍यो , तेस्तै चिन्ता यो देश किन पछि पर्यो भनेर लिएको भए आज मेरो देश पनि यतिबेला बिश्वकप खेलिरहेको हुन्थ्यो । हरेक देशको फुटबल जर्सि त्यो देशको झन्डाको रंग र डिजाइनको आधारमा बनेको हुन्छ त्यसैले भलै कुनै राम्रो खेल्ने टिमलाइ समर्थन गरौला तर समर्थन गर्नु भन्दैमा अरू देशको झन्डा शरिरमा बेरेर जर्सि किनेर फजुल खर्च गर्न भन्दा बरू त्यो पैसाले देशको फुटबल बिकासमा सहयोग गरे केही भएनी राहत पाउने थ्यो कि? बिश्वकप फुटबल हेरिरहदा लाग्छ कति अरुकै समर्थनमा तालि बजाइरहनु किन अरुकै ईतिहास हामि हर्षित भईरहनु हाम्रो पनि छुट्टै अस्तित्व र इतिहास छ्न । 

देशका निम्ति जुन बलिदान त्याग गरेर बिर पुर्खाहरुले गाथा रचेकाछन जस्लाई बिश्वलेनै सम्मान गरिरहन्छ के यो बिश्वकप इतिहास भन्दा सानो हो र? बेमौसमी बाजा बजेको जस्तै भयो बिश्वकप फुलबल महाकुम्भमेलाले । हाम्रो देश नेपाल । नेता यति धेरै उत्पादन अनि जनता जति फुटबल, को एउटा एउटा देशको फ्यान  । जित हार त अबस्य हुन्छ नै तर पनि किन यति धेरै घम्साघम्सि खेल्ने खेलाडी भन्दा राजनीति अन्धभक्त कार्यकर्ता जस्तै नेपाली फ्यानहरु । भइरहेको बिश्वकप फुटबलले म यो देश को सपोर्ट र त्यो देशको सपोर्ट भनेर साथिहरु भिभाजित भएको अबस्था छ। आफ्नो देश सहभागी नभएको अवस्थामा कुन देशको सपोटर भनेर सोधिरहेको समयमा म कुनै पनी देशको सपोट हैन। मैले त्यसरी यो र त्यो भन्दा भन्ऩु भन्दा पनी म कुनै खेलको ज्ञाता त होइन र पनि खेल हेर्ने हो जानेको राम्रो पक्षमा बिश्लेण गर्ने हो। 

नेपाली फुटबल टोलीलाई राम्रो प्रशिक्षण र विदेशी टोलीहरूसँग खेल अभ्यास गराउन सकेको खण्डमा आउने केही दशकमा उनीहरूले विश्वकपमा सहभागिता जनाउन सक्ने क्षमता रहेको नाइजेरियालाई हेरर लिन सकिन्छ । नाइजेरिया त हारयो, तर हाम्रो नेपालको माओबादीले गरेको हत्या हिंसा उपद्रव भन्दा धेरै पीड़ा बोकेको बोको हराम बाट भोगीरहेको आंतक अनि झन्डै दुई तिहाई जनसंख्या चरम गरीबीको चपेटामा रहेको देशले फुटबल बिकासको लागि के बजेट छुट्ट्याउन सकेको थियो होला र? पीड़ा को बाबजूद पनि राम्रो खेल्यो । बिश्वकप जस्तो खेलमा मेरो टिमले नै ट्रफी उचाल्छ भनेर जिकिर गर्नु केवल मुर्खता बाहेक केही हैन । खेल हो आफ्नो पक्षको समर्थन गर्ने मजा लिने पो त मेरो टिम र तेरो टिम भनेर भाइचारा गरेर बस्ने ? भोलि हामि समाजमा फेरि बाच्न पर्दैन ? कि समर्थन गरेको देशले केही दिने भनेको छ ? यो बिश्वकप नयाँ देशले जितोस आउने २०२२ एसियामा हुने बिश्व कपमा नेपाललाई सहभागी गराउने हिम्मत र सहयोग जुटाएर सबै लागौ शुभकामना !






  • रोजगारी सृजना गर्ने आइडियामा ३ नम्बर प्रदेशले लगानी गर्छः मन्त्री दुलाल

    हेटौंडा,२७ साउनः बेरोजगारीको समस्या हल गर्ने किसिमका कुनै आइडिया छ भने त्यसमा ३ नम्बर प्रदेश सरकार लगानी गर्न तयार रहेको यस प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताएका छन् ।
    प्रदेश समाचार
    3729     ईहेटौंडा अनलाइन
  • बहसमा निजगढ विमानस्थल

    हेटौंडा : हामी अहिले विकास र वातावरणका कुरामा सैद्धान्तिक बहसमा अल्झिरहेका छौं । अहिलेका विकसित देशले ४० र ५० वर्षअघि जुन संरचना बनाए ती त्रुटिरहित थिएनन् । वातावरणको कुरा गर्दा पनि त्यतिखेर वातावरणको कुरा यसरी मुखरित भएको थिएन ।
    विचार/अन्तरवार्ता
    1629     हरि अधिकारी
  • खुल्यो सानिमा बैंकको ५९औं साखा किस्पाङ गाउँपालिकामा ।

    २५ जेष्ठ, नुवाकोट । सरकारले एक गाउँपालिकामा एक बैंक खोल्ने प्राबधान ल्याए संगै नुवाकोटको किस्पाङ गाउँपालिका ३ काहुले मा सानिमा बैंकले आफ्नो ५९ औं शाखा स्थापना गरेको छ ।
    अर्थ/बाणिज्य
    1610     -कृष्णप्रसाद भट्ट
  • निर्माण संघको अध्यक्षमा श्याम ढकाल सहित पदाधिकारीको नाम घोषणा

    हेटौडा, १० असोज : निर्माण व्यवसायी संघ मकवानपुरको २१ औं साधरण सभा यही असोज १२ र १३ गते हुनेभएको छ । जसको नयाँ नेतृत्वको निम्ति पदाधिकारीहरुको नाम घोषणा गरिएको छ ।
    स्थानीय समाचार
    1524     ईहेटौंडा अनलाइन
5684748 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top