+९७७-९८५५०१८११८
logo
विचार/दृष्टिकोण

शिक्षा क्षेत्रलाई दलालहरूको पञ्जाबाट मुक्त गर्नेबारे



विचार/दृष्टिकोण   151 पटक पढिएको   वेदमाया भण्डारी (शाक्य)    २०७५ आषाढ १३ बुधवार   

विद्यालय भनेको बुद्विको विकास गर्ने अति राम्रो कारखाना हो । यस्तो राम्रो कारखाना नै दलालको कब्जामा परेपछि देशको जहाज डुब्छ ।

शिक्षा र विद्यार्थी  :

शिक्षा ज्ञानको पहिलो खुड्किलो हो । शिक्षा मानिसको इज्जत प्रतिष्ठा प्राप्त गर्ने आधार हो । शिक्षा प्राप्त गर्नका लागि विद्यालय जानुपर्छ । सुन, चाँदी, हिरा, मोती, रुपैया–पैसा धेर थोर जसका घरमा पनि पाइन्छ, पाउन सकिन्छ तर शिक्षा जहाँसुकै पाउन सकिदैन । त्यसैले शिक्षा प्राप्त गर्नका लागि विद्यालयमा जानु पर्छ, बालबालिकालाई विद्यालय पठाउनु पर्छ । विद्यालयमा शिक्षक, अभिभावक विद्यार्थीहरुको एउटा परिवार हुन्छ ।

यी माथिका सातवटै गुणहरु सवै विद्यार्थीहरुमा हुन्छन् । यी गुणहरुको पूर्णताको माध्यम शिक्षकहरु हुन् । विद्यालय विद्याको मन्दिर हो भने असल शिक्षकहरु शिक्षा र ज्ञान दाताहरु हुन् ।शिक्षा प्रत्येक मुलुकको रक्तसञ्चार हो । शिक्षा भनेको मानवको चेतनाको विकास गर्ने माध्यम हो । कसै कसैले मानव चेतनालाई उसको भित्री आँखा भन्ने गर्दछन् । असल काम गर्नका लागि मानव जातिको भित्री आँखा खोल्नु पर्छ ।

गरिबी र उत्पीडनका कारणले हजारौँ बालबालिकाहरु शिक्षाबाट बञ्चित हुने गरेका छन् । शिक्षाबाट बञ्चित भएपछि उनीहरु भोक, रोग, बेरोजगारी र अभावको शिकार बन्दछन्, जसले उनीहरुलाई विद्रोही र कहिलेकाहीँ अराजक पनि बनाउँछ ।शिक्षाको अभावमा मानिसले आफ्नो समस्या आफै पहिचान गर्न र त्यसको समाधानको बाटो पहिल्याउन सक्दैन । उसलाई जीवन व्यवहारमा सही र गलत छुट्टयाउन पनि गाह्रो हुन्छ ।कुनै पनि राम्रो कामका लागि ज्ञान आवश्यक पर्दछ र ज्ञान प्राप्त गर्ने मुख्य माध्यम शिक्षा नै हो । त्यसैले देश निर्माणमा ज्ञानको पहिलो स्थान हुन्छ, जसको आधार शिक्षाले तयार गर्दछ ।

शिक्षकहरु अन्धकारका बत्ति :

यसरी विद्यालयबाट ज्ञानको आधार तयार गर्ने शिक्षकहरु समस्त मानव जातिका सम्मानित मित्र शक्तिहरु हुन् । व्यवहारिक रुपमा मानिसहरुको जीवनमा अरुको भलाइ चाहनेहरुमा आफ्नोभन्दा सन्तानको धेरै सुख चाहने मातापिता पछि आफूभन्दा आफ्ना विद्यार्थीहरुले धेरै जान्ने सुन्ने र योग्य मान्छे बनून् भन्ने चाहना राख्ने शिक्षकहरु हुन् । त्यसैले प्राचीन ग्रन्थहरुमा मातापिता र शिक्षकहरुलाई देवतासँग तुलना गरेको पाइन्छ ।

सबै शिक्षकहरुले सँधै एउटा मूल मन्त्र बोकेर हिँड्नु पर्छ ।यस्ता शिक्षकहरु समाजमा आदरणीय हुनुपर्छ र हामी सबैले असल शिक्षकहरुको सम्मान गर्नुपर्छ ।शिक्षकहरु अन्धकारका बत्ति हुन् । यति धेरै महत्त्व बोकेको शिक्षण पेसामा भेदभाव छ । शिक्षण पेसामा पद धेरै भएः स्थायी, नीजि, राहत, अस्थायी र पिसिएफ आदि । यसमा स्थायी मात्र शिक्षक अरु सबै खेताला, खेताला पनि धनी बिनाका खेताला जस्तो अवस्था छ ।

हामीले विद्यालय शिक्षाको गुणस्तरको आशा राख्छौँ भने शिक्षकहरु पुरै स्थायी हुनुपर्छ । उनीहरुलाई आवश्यक सेवा र सुविधाहरु प्रदान गरिनुपर्छ । विद्यालयहरुलाई समेत आवश्यक पूर्वाधारहरु र सेवारसुविधाहरु प्रदान गर्नुपर्छ । प्रत्येक विद्यालयमा कम्पाउण्ड घेरिएको हुनुपर्छ । विद्यालय शान्ति क्षेत्र घोषित हुनुपर्छ । शिक्षकहरु छनौट गर्दा हाम्रोलाई होइन, राम्रोलाई हेरिनुपर्छ । शिक्षामा नातावाद लागु हुनु हुँदैन, योग्यता र क्षमतालाई हेरिनु पर्छ ।

अस्थायी शिक्षकको पीडालाई बुझ्नै पर्ने हुन्छ । ऊ ६० वर्ष पूरा भएर विद्यालयवाट विदा हुँदा आफ्ना सहकर्मी शिक्षक साथी र विद्यार्थीसँग खालि हात र चाउरी परेको अनुहार लिएर घर फर्कनु पर्ने अवस्थाको अन्त्य हुनुपर्छ । एउटै विद्यालायभित्र पढाउने शिक्षकहरु बिचको यो अन्तर शिक्षकहरुको बिचमा गरिने भेदभाव नै हो र यो कम्युनिस्ट सरकारका शिक्षामन्त्री गिरिराजमणि पोखरेल ज्युको पालामा हट्नु पर्छ । यो भेदभाव हटेपछि शिक्षामा पक्कै पनि सुधार आउँछ । अर्को पाटो खराब प्रवृति भएका शिक्षकलाई सँजाय दिन डराउनु हुदैन । अहिलेसम्म भएको यसको अभाव छ ।

शिक्षाः मानव विभेद अन्त्य गर्ने साधन

मानव समाजमा भएको विभेदलाई हटाउने मुख्य कडीको मुख्य पाटो र पहिलो साधन नै शिक्षा हो । शिक्षाको स्तर उकास्न र गुणस्तरीय शिक्षा लागि मातृभाषामा ध्यान दिनुपर्छ । माथि नै भनिसकिएको छ कि कक्षा १ देखि ५ सम्मको विद्यार्थीहरु भाग्नुको कारण भाषाको कठिनाईले गर्दा हो । कुन भाषा बोल्ने विद्यार्थी धेरै छन् । सोही मातृभाषामा कक्षा सञ्चालन गर्नुपर्छ र प्रा.वि.मा शिक्षक छनोट गर्दा त्यस विषयलाई ध्यान दिएर शिक्षक छनोट गर्नुपर्छ । यो उत्तम बिकल्प हुने छ ।बच्चालाई आमाको मातृभाषामा शिक्षा दिनुपर्छ । बच्चाको पहिलो पाठशाला आमाको काख हो । आफ्नो संस्कृति र आफ्नो भाषा भनेको देशभित्रको आफ्नोपनको सुन्दरता हो । आफ्नो पहिचान सबैलाई प्यारो लाग्छ । आफ्नो पारिवारिक विकास आफैले गर्ने हो ।शिक्षामा पछि परेका जात–जातिहरुलाई माथि उकास्न र सैद्वान्तिक रुपमै अघि बढाउन उसको रहनसहन चालचलन संस्कृतिबाट अघि बढाउनु पर्छ । उसको आर्थिक जग कस्तो छ, त्यहीँबाट उकास्नु पर्छ । उसको परम्परागत सामाजिक अवस्थादेखि कै शिक्षामा अगाडि बढाउन सकियो भने जगैदेखि राम्रो हुँदै आउँछ ।

बच्चादेखि नै समाज र देशप्रतिको विकासको भावनालाई समेटिँदै आउँछ र बल्ल भित्रैदेखि ‘यो देश मेरो हो, यो देश बनेपछि हाम्रो भविष्य बन्छ’ भन्ने भावना जाग्छ । बल्ल देश समृद्धि तिर लम्कन्छ । देशको समृद्धिका लागि शिक्षा अनिवार्य छ । शिक्षाले मात्र मानिसको जीवनलाई जगतको दर्शनसँग जोड्न सक्छ । संस्थागत रुपमा नेपालको शिक्षा मन्त्रालय २००७ सालमा स्थापना भएको हो । सात दशकसम्म शिक्षा क्षेत्रले गर्न नसकेको उन्नति र प्रगति वर्तमान नेपाल सरकार शिक्षा मन्त्रालयले छोटै समयमा गरेर देखाउनु पर्ने आवश्यकता छ । यो संभव पनि छ । यसमा कुनै द्विविधा आवश्यक छैन । शिक्षा मन्त्रालयको टिमले त्यो गर्न सक्छ, गर्न सकिन्छ । असंभव भन्ने शव्द त मुर्खको डायरीमा मात्रै हुन्छ ।

सामुदायिक विद्यालय :

सामुदायिक विद्यालय नेपाल सरकारको अनुदानमा सञ्चालित छ । निःशुल्क किताब पाइन्छ, फि लाग्दैन, तालिम प्राप्त शिक्षक र विषयगत शिक्षकको पनि व्यवस्था छ तर पनि विद्यालयले शिक्षण सिकाइमा गुणस्तर दिन सकेको छैन ।हामीले सामुदायिक विद्यालयमा सुधार ल्याउन कम्तिमा तीनवटा विषयमा तत्काल ध्यान दिनु आवश्यक छ । शिक्षाको गुणस्तर, विद्यार्थीको स्वास्थ्य र खानेपानी तथा सरसफाई । यी तीन कुराको तत्काल व्यवस्था हुनुपर्छ ।शिक्षा मन्त्रालयको काम विद्यालयको भवन, विद्यालयको खेलमैदान र बाल बच्चाको खेल्ने सामानहरु उपलव्ध गराइदिने एवम् पढाइलेखाई सम्बन्धि अरु के–के कुराहरुको समस्या छ ? कति–कति दुरीमा विद्यालय हुनुपर्ने हो ? एक जना शिक्षक बराबर कति जना विद्यार्थी हुनुपर्ने हो ? त्यसको मापदण्ड तोकिदिने । यी शिक्षा मन्त्रालयका काम हुन् । शिक्षालाई गुणस्तरीय बनाउन शिक्षा मन्त्रालयवाटै नियम कानुन बनाइनु पर्छ । त्यस्तै बालकक्षाको व्यवस्था मिलाई पढाइको स्तर अनुसार कक्षा १ मा पुग्ने उमेर तोकिनुपर्छ । शिक्षाको स्तर उकास्न र गुणस्तरीय शिक्षाको विकास गर्न तल्लो तहबाट नै सुधार गर्नुपर्छ ।

सामुदायिक विद्यालयको पढाइ नराम्रो होइन, तर त्यहाँ पढाइका लागि आवश्यक वातावरण र परिस्थिति छैन, त्यसको जग नै छैन । विद्यालयमा प्रवेश गरेकै दिन कक्षा १ मा पुग्छ । कक्षा ५ मा पुग्दासम्म पनि अक्षर राम्ररी पढ्न जान्दैनन् । यसकारण सरकारी विद्यालयका पढाइ कमजोर भएको छ । असुविधा पनि उस्तै दुःखदायी छन् । कम्पाउण्ड छैन । बच्चाहरुका लागि साँगुरो त्यो पनि फोहोर चौरदेखि बाहेक खेल्ने सामान केही पनि छैन । भोकाउँछन्, टिफिनको केही पनि व्यवस्था छैन । चर्पी छ, पानीको व्यवस्था छैन ।

आफ्ना सन्तानलाई शिक्षा दिने विषयमा विपन्न वर्गलाई साह्रै संकट छ, धेरै कठिनाई छ । यसमा नेपाल सरकार शिक्षा मन्त्रालयले बुझ्न आवश्यक छ । जनतालाई कसरी शिक्षित पार्ने हो भनेर उपाय खोजेर सुरुवात गर्नुपर्छ । विद्यार्थी विद्यालयवाट भाग्नुको मुख्य कारण भाषाको कठिनाइले गर्दा हो । कक्षा १ दखि कक्षा ५ सम्मको विद्यार्थी विद्यालयवाट भाग्ने गर्दछन् । यो समस्याको समाधान गर्ने जिम्मा नेपाल सरकार शिक्षा मन्त्रालयकै हो । यसको समाधान गर्ने नेपाल सरकारले नै हो ।सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्किनुको एउटा मुख्य पाटो अनुगमनको अभाव हो । नयाँ संविधान २०७२ घोषणा भएपछिको पहिलो शिक्षा मन्त्री गिरिराजमणि पोखरेल ज्युद्वारा १८ बुँदे प्रतिबद्वता पत्रमा उल्लेख भए बमोजिम अनुच्छेद नं. ५ मा कठोर अनुगमन गरिने कुरा उल्लेख थियो । सरकारबाट बाहिरिनु परेको कारणले त्यतिबेला सो कुरा लागु गर्न सकिएन । अब फेरि दोहोराएर मन्त्री बन्ने मौका मिलेको छ, एउटा सुअवसर प्राप्त भएको छ । यतिबेला त्यो कडाइकासाथ लागु गरिनुपर्छ ।अनुगमनले शिक्षकलाई अनुशासित बनाउँछ । अनि सामदुायिक विद्यालयमा पुरै सुधार आउँछ । शिक्षामा सुधार आउनासाथ विद्यार्थीहरुमा सिक्ने प्रक्रियामा विकास हुन्छ । संसारमा सबैभन्दा प्यारो चिज आफ्नो सन्तान हो । त्यसैले विद्यार्थीहरुको सिकाई राम्रो भएमा विद्यार्थीलाई त फाइदा हुन्छ नै अभिभावकहरु पनि खुशी हुन्छन् ।

नीजि शिक्षा र शिक्षाको व्यापार :

सामुदायिक विद्यालयहरुको शिक्षामा गुणस्तर दिन सके नीजि विद्यालयको आवश्यकता नै रहँदैन । विद्यालय भनेको बौद्धिक क्षेत्र भित्र पर्दछ । बुद्विलाई भत्काउन बुद्वि नै चाहिन्छ। बल प्रयोग गरेर घाटा मात्र हुन्छ, नाफा हुँदैन ।नीजि विद्यालय धनी (पुँजीपति) र विद्वान (शिक्षक) मिलेर सञ्चालन गरेका हुन्छन् । त्यसमध्ये कति त सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरु समेत छन् । नीजि विद्यालयका सञ्चालकहरुले निजी विद्यालय आफ्नो र सरकारी विद्यालय अर्काको ठानेर सञ्चालन गरेको हुन्छ ।उनीहरुले निजी भनेको निजी नै हो भन्न पनि पाउँछन् । तर सरकारले यो निजी हो, यो हाम्रो होइन भन्न पाउँदैन । यसो भन्दा अन्याय हुन्छ । त्यसैले यस्तो तरिका अपनाउनु पर्छ ता कि साँप पनि मरोस्, लठ्ठी पनि नभाँचियोस् । अर्थात् सामुदायिक विद्यालयहरुको शिक्षामा गुणस्तर आओस् र नीजि विद्याालय आफै बन्द हुन् ।नेपालमा झण्डै सात दशकदेखि सञ्चालित सरकारी विद्यालय, २००७ सालमा स्थापना भएको शिक्षा मन्त्रालय । यति लामो समयसम्म पनि सामुदायिक विद्यालयहरुले राम्रो र गुणस्तरीय शिक्षा दिन नसकेको कारणले गर्दा नै निजी विद्यालयको जन्म भएको हो ।

निजी विद्यालयको जन्म हुदाँहुँदै यसले नीजि शिक्षाको रुप लियो र क्रमिक रुपमा शिक्षा क्षेत्र नै व्यापारतिर गयो । यो व्यापार हुदाँहुदै फेरि पूरै दलालहरुको कब्जामा परेको छ । सरकारी विद्यालयले गर्न नसकेको काम नीजि विद्यालयले गरेका छन् भन्दै दलालहरुले शिक्षाको निजीकरणलाई मलजल गरिरहेका छन् । विद्यालय भनेको बुद्विको विकास गर्ने अति राम्रो कारखाना हो । यस्तो राम्रो कारखाना नै दलालको कब्जामा परेपछि देशको जहाज डुब्छ ।शिक्षा क्षेत्रलाई दलालको कब्जावाट फिर्ता लिन सक्ने भनेको बामपन्थीहरुले हो, कम्युनिस्टहरुले हो । यसले हाम्रो देशमा दलाल पुँजीवादलाई कमजोर गराउन पनि ठूलो भूमिका खेल्नेछ । यस विषयमा शिक्षा मन्त्रालय र नेपाल सरकारले चनाखो हुन आवश्यक छ ।यो सरकार बामपन्थी सरकार हो । नेपाल कम्युनिस्ट पार्टीको नेता शिक्षा मन्त्री हुनुहुन्छ । गाउँघरको भाषामा भन्दा मन्त्री भनेको त जनताले जप्ने मन्त्र जस्तै हो । अहिलेको अवस्थामा शिक्षा मन्त्री ज्युले चाहँदाखेरि धेरै कुरा गर्न सक्नु हुन्छ । प्रदेश, जिल्ला र स्थानीयस्तरलाई पनि परिचालन गरेर धेरै काम गर्न सकिन्छ । स्थानीय निकायमा गाउँपालिका र नगरपालिकाले पनि धेरै महत्त्वपूर्ण भूमिका खेल्नेछन् । अब संघीय मन्त्रीज्युले ठोस निर्देशन मात्रै दिँदा पनि धेरै कुरा संभव छ । हामी सबै सरकारको साथमा छौँ ।






  • हाम्रा विश्वविद्यालयहरु

    हेटौडा । घेरै विश्वविद्यालयहरु खुल्नु आफैमा राम्रो कुरा हो । देशका हरेक नागरिका छोरा छोरीले पढन पाउनु ,र देशमा शिक्षित दर बढनु ,यसमा कसैको पनि दुईमत हुनु हुदैन । विश्वका हरेक बिकसित देशको ईतिहाँस हेर्ने हो भने ति देश बिकसित हुनु पछाडी मुख्य भुमिका शिक्षा क्षेत्र कै रहेको पाईन्छ ।
    विचार/दृष्टिकोण
    1     २०७५ श्रावन ०६ आइतवार
  • हेटौंडाका दुई वडाअध्यक्षः जसले राज्यबाट पाएको सुविधा खर्चिए सामाजिक कार्यमा

    हेटौंडा,५ साउनः हेटौडा उपमहानगरपालिकाका दुईजना वडा अध्यक्षले राज्यबाट पाउने सेवा सुबिधालाई सामाजिक कार्यमा खर्चन सुरु गरेका छन् ।
    स्थानीय समाचार
    260     २०७५ श्रावन ०५ शनिवार
  • हेटौंडा घोषणापत्र जारी गर्दै सकियो जनजाति पत्रकारको भेला

    हेटौंडा,५ साउनः फोनिज ३ नम्बर प्रदेशको हिजो शुक्रबारबाट हेटौंडामा सुरु भएको भेला ७ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै आज सकिएको छ ।
    प्रदेश समाचार
    76     २०७५ श्रावन ०५ शनिवार
  • मुख्यमन्त्रीलाई जनजाति पत्रकारको ज्ञापन

    हेटौंडा,५ साउनः नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ३ नम्बर प्रदेशले यहाँका मुख्यमन्त्री डोरमणि पौडेललाई विभिन्न माग राखेर ज्ञापन पत्र बुझाएको छ ।
    प्रदेश समाचार
    65     २०७५ श्रावन ०५ शनिवार
  • गितावर आधारभुत बिद्यालय समुदायलाइ हस्तान्तरण

    बकैया,१० फागुन मकवानपुर । पूर्बी मकवानपुरको बकैया गाउँपालिका पावसस्थित विद्यालयको नवनिर्मित भवन बिद्यालयलाइ हस्तान्तरण गरेको छ ।
    शिक्षा/स्वास्थ्य
    2064     यादव चौलागाईं
  • विश्वकप फुटबलमा नेपाली र म

    १४ आषाढ हेटौंडा । छानामा चढेर एन्टिना हल्लाउदै :- आयो ? भन्दै कराउदै टि. भी क्लियर पारेर श्याम श्वेत स्क्रिन बिश्वकप हेर्नुको मज्जा अहिले चोकमा अर्काले लाइदिएको पर्दामा गएर हेर्ने केटाकेटिहरुले कहाँ चाख्न पाए होला र ? सानो बेलामा श्याम श्वेत टि. भि. मा फुटबल हेर्दा कालोले जित्छ कि सेतो टिमले जित्छ भनेर बाजि थापिन्थ्यो ।
    विचार/दृष्टिकोण
    1643     -नरेन्द्र गुरुङ (अरेन्द्र)
  • खुल्यो सानिमा बैंकको ५९औं साखा किस्पाङ गाउँपालिकामा ।

    २५ जेष्ठ, नुवाकोट । सरकारले एक गाउँपालिकामा एक बैंक खोल्ने प्राबधान ल्याए संगै नुवाकोटको किस्पाङ गाउँपालिका ३ काहुले मा सानिमा बैंकले आफ्नो ५९ औं शाखा स्थापना गरेको छ ।
    अर्थ/बाणिज्य
    1530     -कृष्णप्रसाद भट्ट
  • भनाइ र गराई एउटै भएको व्यक्तित्व: श्यामप्रसाद

    हेटौंडा अनलाईन हामीमाझ अहिले धेरैथरीका महानुभावहरु पाइन्छ । अर्थात वरिपरि विभिन्न थरीका व्यवहार, विचार भएका मानिसहरुको झुण्ड छ भन्दा फरक पर्दैन । ती मध्ये दुईथरी मानिसलाई मात्र यहाँ चर्चाको विषय बनाइरहेको छु ।
    विचार/दृष्टिकोण
    924     नानीमैया विष्ट
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top