+९७७-९८५५०१८११८
logo
विचार/दृष्टिकोण

आमा, यहाँ तिम्रा सन्तानहरु व्यवहारिक हैनन्, व्यापारिक बन्दैछन्



विचार/दृष्टिकोण   308 पटक पढिएको   -सरस्वती अधिकारी (खुशी)     

'मायाँ' जुन शब्द हामी सबैले उच्चारण गर्ने शब्द हो । जुन शब्दको सुरुवात नै आमा हुन् । आमाले उनको मायाँले नै सिकाइन् मायाँ-ममता, त्यसैले अहिले त्यहि शब्द उच्चारण गर्छौं । आमाले नौ महिनासम्म गर्भमा राखेर अनेकौ दु:ख र कष्ट सहेर आफ्नो सन्तानलाई धर्ति मात्र देखाउदिनन् ।

अमृत समान दशधारा दुध पिलाएर हुर्काउँछिन् । आफूले हजारौ कष्ट सहेर वा भोक प्यास सहेर उनले आफ्नो सन्ततिको उज्ज्वल भविष्यको लागी संघर्ष गर्छिन् ।  तैपनि उनि आफ्नो सन्तानको खुसीमा नै सबैभन्दा बढी खुशी हुन्छिन् ।  आफ्नो पिडाहरुलाई मनमा दबाएर सन्तानको खुशीमा रम्न सक्ने भनेकै आमा हुन् । 

संसारको सबैभन्दा अमुल्य चिज नै आमा हुन् ।  हामी संसारको जुनसुकै कुरा किन्न सकौला तर आमा किन्न खोजेर पनि पाउँदैनौं ।  किनकी आमा आफैमा अमुल्य हुन् ।  उनि त भगवानको पनि भगवान हुन् ।  जसलाई हामीले पुजा गर्नुपर्छ । 

चाहे शिक्षित हुन् या अशिक्षित सबैभन्दा पहिला आफ्नो सन्तानलाई संसारको सबैभन्दा अमुल्य ज्ञान दिन्छिन् आमाले । सन्तानलाई कतै थोरै ठेस लाग्दा पनि भक्कानिएर रुन्छिन् आमा तर आफुलाई ठेस लाग्दा मुस्कुराउछिन् कति पनि दु:खि हुँदिनन् । 

खै कुन शब्दले सम्बोधन गरु ? के उपहार दिउ, ममताकी खानी ती आमालाई ? शब्दकोश पल्टाएर हेरें पनि ।  आधुनिक प्रविधिको गुगलमा पनि सर्च गरें तर उनको कतै भेटिन- आमाको त्यो अमुल्य गुन तिर्ने उपहार ।  सायद त्यो आमाको मायाँ भएकाले मैले त्यसको लागि तिर्ने कुनै उपहार भेट्न सकिन ।  सायद आमा भन्दा ठूलो यो संसारको कुनै पनि चिज नहुने भएरै होला ।  हरपल प्रयास गर्दापनि मैले आमाको ममतालाई चुकाउने उपहार भेटाउनै सकिन । आमाप्रति गुण लगाउन र अमृत समान दुधको भारा कटाउन जतिसुकै कोशिस गरेपनि असमर्थ नै भएँ ।  

आमा, जब तिमीलाई असह्य पिडा हुन्थ्यो तब तिमीले गहभरी आँशु पार्थ्यौ र मैले सोध्थे आमा तिमीलाई के भयो ? तब तिमीले मुस्काराउँदै जवाफ दिन्थ्यौ "केहि होइन छोरी, मेरो आँखामा धुलो पर्यो, अनि आँशु आयो, म हतारिदै भित्रबाट कचौराभरी पानी ल्याउँथे र दिन्थें  र भन्थें -'आमा सरले भन्नु भएको आँखामा धुलो पर्दा कचौराभरी पानी राखेर हेर्नुपर्छ रे अनि ठिक हुन्छ रे" ।  तर तिमी कति महान थियौ आमा, आफ्नो सन्तान खुशी बनाउनकै लागी ती पिडाको आँशुलाई कचौराको पानीसित मिसाउथ्यौ ।  म अबोध थिएँ, तिम्रो दु:ख बुझ्न सक्दिनथें ।  

जब मैले तिम्रो दु:खलाई बुझ्न सक्थें, त्यसबेलासम्म तिम्रो आँशु पुछ्ने अधिकार मलाई भएन । मलाई मेरो माइतीले नौ डाँडा पारी बनाइसकेका थिए । म तिम्रो काँखमा रमाउन चाहन्थें, खेल्न चाहन्थें, तिम्रै दु:खको सारथी बन्न चाहन्थें । तर मलाई त्यो अधिकार थिएन । आजकाल दाजु-भाउजु, भाई-बुहारी सबै डलरको खेति गर्न थाल्या छन् रे । तिमी उनीहरुको लागि बोझ बन्यौ रे । त्यसैले होला आमा तिमीलाई वृद्दाश्रममा लगेर फ्याकिदिए । र आज तिमी बुढेसकालमा साहाराविहीन बन्यौ । सहारामा वृद्दाश्रम बाहेक अरु केहि रहेन ।  तिम्रो मन कति जलिरहेको होला ? कति विलौना गरि रोइरहेकी हौली । तर आमा तिमीप्रति छोराछोरीको मायाँ अलिकति पनि बाँकी रहन सकेन । र त आज वृद्दाश्रमको स्थापना भए । 

सकुन्जेल सन्तानको लागि लड्यौ तर जब तिम्रो शरीर बुढो भयो । अनि काम गर्न नसक्ने भयौ, तिमीलाई सहाराको खाँचो हुन थाल्यो, अब तिमी आफ्नै सन्तानको पनि बोझ बन्यौ । 

आमा तिमी मात्र होइन, म हजारौं आमाहरु रोएको देख्छु, सुन्छु र भक्कानिन्छु । मनमा पीडाको भारी बोकेर हिड्छु र भन्छु- 'आमा-बाबा छोरीसँग किन बस्नु हुँदैन ? हामी छोरीहरु किन तिम्रो बुढेसकालको सहारा बन्न सक्दैनौं ? तिमी त छोरा छोरीलाई नै बराबरी मायाँ गर्थ्यौ त ? तर किन छोरीसँग बस्न अस्वीकार गर्छ्यौ आमा ? 

आमा, तर आज एउटा कुराको असाध्यै दु:ख लाग्छ मलाई, जब कि आफ्नै आमा सम्झन पनि मातातिर्थ औंशी (आमाको मुख हेर्ने दिन) कुर्नुपर्छ रे ! हो त्यो दिन तिमी पनि फेसबुकको वालहरुमा सजिएकी हुन्छ्यौ ।  तिमीले आफूले मात्र मायाँ गर्यौ तर आमा तिमीले आफ्नो सन्ततिलाई मायाँ गर्ने तरिका सिकाइनौ ।  सायद त्यसैको प्रतिफल होला, आमा आज तिम्रो त्यो अमुल्य मायाँ पनि भुल्दैछन्- तिम्रा सन्ततिहरु । आमा, यहाँ तिम्रा सन्तानहरु व्यावहारिक हैनन्, व्यापारिक बन्दैछन् ।  त्यसैले तिम्रो मायाँ भन्दा पनि डलरलाई अमुल्य मान्दैछन् । 

आमा, म कसरी हेरुँ, अनि तिमी कसरी सहन्छौ - आमा, आफूले अमृत पिलाएका सन्तानहरुले विष ओकाल्दा ? अझै पनि तिमी कति सहनशील छौ आमा ? तैपनि सन्तानकै खुशीमा रमाउछौ । तिमी कति महान छौ, आफ्नो  सन्ततिको लागि फेरी पनि हाँसी-हाँसी मर्न तयार हुने !? 






  • ढिस्कोले पुरिएर चारजना घाइते

    धादिङ , ७, असोज घर लिप्ने माटो खन्ने क्रममा एकै गाउँका ४ जना घाइते भएका छन् ।
    समाज
    27     २०७५ असोज ०७ आइतवार
  • नेपाल महिला संघ खोटाङको उपहार सरकारलाई चश्मा

    खोटाङ , ७,असोज नेपाल महिला संघ खोटाङले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी पत्ता लगाउन र कानूनी कारबाही गर्न माग गर्दै प्रधानमन्त्रीलाई चश्मा उपहार पठाएको छ ।
    राष्ट्रिय समाचार
    30     २०७५ असोज ०७ आइतवार
  • घाँटी रेटी महिलाको हत्या

    बारा, ७,असोज बारामा घाँटी रेटी एकजना महिलाको हत्या भएको छ ।
    समाज
    72     २०७५ असोज ०७ आइतवार
  • तिमी रोइरहँदा मलामीलाई आगो लगाउन हतार हुनेछ

    हेटौंडा : ‘लौ लौ अबेर नगरौँ, भरे अबेर हुन्छ’ मेरा मलामी हतार गरिरहेका छन् । मलाई भने तुलसीको मोठ छेउमा टाउको दक्षिण, खुट्टा उत्तर पारेर सुताएका छन् । एउटा पातलो कपडा ओढाएका छन् । टाउको छेउमा अगरबत्ती बालिदिएका छन् र वातावरण सुवासमय भएको छ । मेरा आफन्त रोइरहेका छन् । कराइरहेका छन् ।
    कला साहित्य
    186     २०७५ असोज ०६ शनिवार
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top