+९७७-९८५५०१८११८
logo
अन्तरवार्ता

सम्भाव्यता अध्ययन चीनले गर्छ, लगानीको विषयमा छलफल हुँदै जान्छ : परराष्ट्रमन्त्री ज्ञवाली



अन्तरवार्ता   72 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ आषाढ ०८ शुक्रवार   

बेइजिङ, ०८ आषाढ । बुधबार प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच तथा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी लीबीचको भेटवार्ता र दुई देशद्वारा जारी संयुक्त प्रेस वक्तव्यपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेइजिङमा दिएको संक्षिप्त अन्तर्वार्ता :

चिनियाँ रेल काठमाडौं पुग्ने समझदारीमा हस्ताक्षर भएको छ । खासमा चीनको अनुदान, साझेदारी वा सहुलियत ऋणमा बन्ने हो ? यस विषयमा के समझदारी भएको छ ?

पहिल्यै सम्भाव्यता अध्ययन हुँदै छ । आगामी अगस्टसम्म यो काम सकिन्छ । त्यसपछि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने समझदारी भएको छ । यसको लगानीको मोडालिटीको विषयमा थप छलफल गर्दै जान्छौँ ।

डिपिआर बनाउनचाहिँ चीनले सहयोग गर्ने हो ?

त्यो विषयमा पनि छलफल गर्दै जान्छौँ । सम्भाव्यता अध्ययन उहाँहरूले नै गर्ने हो, तर डिपिआर र लगानीको विषयमा छलफल गर्दै जाने हो । सम्भाव्यता अध्ययन नगरी लगानीको विषयमा कुरा गर्नु हतार हुन्छ ।

तर, लगानी कसले गर्ने भन्ने विषयमा हामी किन स्पष्ट हुन सकेनौँ ?

यो विषयमा पछि छलफल गर्छौंँ । अनुदानका लागि त अनुरोध भएको छ । तर, हामीलाई के थाहा छ भने यो निकै ठूलो परियोजना हो । अत्यन्तै ठूलो महत्वको परियोजना भएकाले हामी पनि लगानी गर्न तयार छौँ । तर, त्यसमा पछि छलफल गर्छौंँ, पहिले डिपिआर तयार होस् । यसको कुल लागत कति हुन्छ ? त्यो पहिले स्पष्ट हुनुपर्‍यो ।

तर, यो प्रश्न किन पनि भने तपाईंको डेलिगेसनका सदस्य भन्दै छन्, ‘चीनले सम्पूर्ण सहयोग नगर्ने भयो, डिपिआरले ठूलो लगानी देखाउँछ, त्यसलाई नेपालले थेग्न सक्दैन । त्यसैले यो परियोजना बन्दैन ।’ उनीहरूलाई तपाईंको जवाफ के छ ?

यो विषयमा हामी स्पष्ट भएर लागेका छौँ । जुनसुकै मूल्यमा पनि हामी यो आयोजना पूरा गर्नेछौँ ।

चीनको सदासयता कति रहन्छ ?

त्यो चरणमा पुगेकै छैन । यो रेलवे बनाउने काम अत्यन्तै महत्वपूर्ण छ भन्ने उहाँहरूको बुझाइ छ । चिनियाँ राष्ट्रपतिले स्ट्रङ भाषामा भन्नुभएको छ । यसको मोडालिटीको विषयमा सम्भाव्यता अध्ययनपछि मात्रै भन्न सकिन्छ ।






सम्बन्धित शिर्षक समाचारहरु
सम्भाव्यता अध्ययन चीनले गर्छ, लगानीको विषयमा छलफल हुँदै जान्छ : परराष्ट्रमन्त्री ज्ञवाली
माडीका मेयर भन्छन् बाँदरमुढेमा हामी अझै पीडामै छौं
हृदय स्पर्शी प्रतिकृया पनि मेरो निम्ति अमूल्य उपहार पुरस्कार हो ।
मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।
नमूना वडा बनाउने भिजन सहित आएको छु । धर्मराज पुडासैनी
सम्वृद्ध हेटौडा मेरो सपना
यौनिक रुपमा स्वतन्त्र नभएसम्म महिला स्वतन्त्र हुँदैनन्
नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ
राजनीतिक अस्थिरता नै बैंकिङ क्षेत्रको बाधक
म कहिल्यै बुढो हुन्न,बरु मर्छु



  • हाम्रा विश्वविद्यालयहरु

    हेटौडा । घेरै विश्वविद्यालयहरु खुल्नु आफैमा राम्रो कुरा हो । देशका हरेक नागरिका छोरा छोरीले पढन पाउनु ,र देशमा शिक्षित दर बढनु ,यसमा कसैको पनि दुईमत हुनु हुदैन । विश्वका हरेक बिकसित देशको ईतिहाँस हेर्ने हो भने ति देश बिकसित हुनु पछाडी मुख्य भुमिका शिक्षा क्षेत्र कै रहेको पाईन्छ ।
    विचार/दृष्टिकोण
    1     २०७५ श्रावन ०६ आइतवार
  • हेटौंडाका दुई वडाअध्यक्षः जसले राज्यबाट पाएको सुविधा खर्चिए सामाजिक कार्यमा

    हेटौंडा,५ साउनः हेटौडा उपमहानगरपालिकाका दुईजना वडा अध्यक्षले राज्यबाट पाउने सेवा सुबिधालाई सामाजिक कार्यमा खर्चन सुरु गरेका छन् ।
    स्थानीय समाचार
    260     २०७५ श्रावन ०५ शनिवार
  • हेटौंडा घोषणापत्र जारी गर्दै सकियो जनजाति पत्रकारको भेला

    हेटौंडा,५ साउनः फोनिज ३ नम्बर प्रदेशको हिजो शुक्रबारबाट हेटौंडामा सुरु भएको भेला ७ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै आज सकिएको छ ।
    प्रदेश समाचार
    76     २०७५ श्रावन ०५ शनिवार
  • मुख्यमन्त्रीलाई जनजाति पत्रकारको ज्ञापन

    हेटौंडा,५ साउनः नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ३ नम्बर प्रदेशले यहाँका मुख्यमन्त्री डोरमणि पौडेललाई विभिन्न माग राखेर ज्ञापन पत्र बुझाएको छ ।
    प्रदेश समाचार
    65     २०७५ श्रावन ०५ शनिवार
  • गितावर आधारभुत बिद्यालय समुदायलाइ हस्तान्तरण

    बकैया,१० फागुन मकवानपुर । पूर्बी मकवानपुरको बकैया गाउँपालिका पावसस्थित विद्यालयको नवनिर्मित भवन बिद्यालयलाइ हस्तान्तरण गरेको छ ।
    शिक्षा/स्वास्थ्य
    2064     यादव चौलागाईं
  • विश्वकप फुटबलमा नेपाली र म

    १४ आषाढ हेटौंडा । छानामा चढेर एन्टिना हल्लाउदै :- आयो ? भन्दै कराउदै टि. भी क्लियर पारेर श्याम श्वेत स्क्रिन बिश्वकप हेर्नुको मज्जा अहिले चोकमा अर्काले लाइदिएको पर्दामा गएर हेर्ने केटाकेटिहरुले कहाँ चाख्न पाए होला र ? सानो बेलामा श्याम श्वेत टि. भि. मा फुटबल हेर्दा कालोले जित्छ कि सेतो टिमले जित्छ भनेर बाजि थापिन्थ्यो ।
    विचार/दृष्टिकोण
    1644     -नरेन्द्र गुरुङ (अरेन्द्र)
  • खुल्यो सानिमा बैंकको ५९औं साखा किस्पाङ गाउँपालिकामा ।

    २५ जेष्ठ, नुवाकोट । सरकारले एक गाउँपालिकामा एक बैंक खोल्ने प्राबधान ल्याए संगै नुवाकोटको किस्पाङ गाउँपालिका ३ काहुले मा सानिमा बैंकले आफ्नो ५९ औं शाखा स्थापना गरेको छ ।
    अर्थ/बाणिज्य
    1530     -कृष्णप्रसाद भट्ट
  • भनाइ र गराई एउटै भएको व्यक्तित्व: श्यामप्रसाद

    हेटौंडा अनलाईन हामीमाझ अहिले धेरैथरीका महानुभावहरु पाइन्छ । अर्थात वरिपरि विभिन्न थरीका व्यवहार, विचार भएका मानिसहरुको झुण्ड छ भन्दा फरक पर्दैन । ती मध्ये दुईथरी मानिसलाई मात्र यहाँ चर्चाको विषय बनाइरहेको छु ।
    विचार/दृष्टिकोण
    924     नानीमैया विष्ट
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top