15 Dec 2018   |   
logo
अन्तरवार्ता

श्यामप्रसादका विचारहरु वर्तमानमा अझ बढी सान्दर्भिक



अन्तरवार्ता   ईहेटौंडा अनलाइन     
०५ भाद्र, हेटौंडा । मकवानपुरमा हालै स्थापना भएको “श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान”का सदस्य अरुण कुमार खतिवडासँग गरिएको संक्षिप्त कुराकानी ।

श्यामप्रसादका विचारहरु वर्तमानमा अझ बढी सान्दर्भिक


तपाई श्यामप्रसाद स्मृति प्रतिष्ठानमा आबद्ध हुनुहुदोरहेछ, उहाँको विचारप्रति तपाईको लगाव हुनुको कारण के हो ? 

–म बाल्यकाल देखि नै श्यामप्रसाद शर्माको कृतिहरुसँग नजिक रहे । अर्थात उहाँका बैनीलाई चिठी, वर्ग विश्लेषण लगायतका कृतिहरु आदरणीय कौशल राज पाण्डे मार्फत अध्ययन गर्ने वातावरण मिल्यो । उहाँका दुई प्रकारका रचनाहरु राजनीतिक र साहित्यिक दुबै खाले रचनाहरु सरल छन् । सारमा जनतालाई सुसूचित गराउने खालका छन् । ती जनसाधरण लगायतका समाज परिवर्तन र समृद्धिका लागि कामायाव छन् । तिनै कृतिमा भएका तागतका कारण म शर्माजीको विचारप्रति आकर्षित हुन पुगेँ । 


वर्तमान नेपालको अवस्थामा श्याम प्रसादको विचारको सान्दर्भिकता बारे केही प्रकाश पार्नुहुन्छ कि ? 

–श्याम प्रसादका विचारले वर्तमान समयमा अझ बढी महत्व राख्छन् जस्तो मलाई लाग्दछ । कारण के हो भने भनाई र गराईको सम्बन्ध स्थापित हुनुपर्दछ । भनाई एकातिर र गराई अर्कातिर भयो भने त्यसले समाज रुपान्तरणमा सहयोग पुर्याउन सक्दैन । शर्माज्यू जे भन्नुहुन्थ्यो त्यही गर्नुहुन्थ्यो । अभाव र गरिबीको चपेटामा रहनु परेतापनि उहाँ आफ्नो आस्था, विचार र सिद्धान्तप्रति सधै अटल रहनुभयो । बालबालिका, महिला, किसान मजदुर र तल्लो वर्गका उपेक्षित वर्गको  उत्थान हुनुपर्दछ भन्ने कार्यमा लेखेर र गरेरै समाजमा र राष्ट्रमै स्थापित हुनुभयो । उहाँले गर्दा उहाँका यस्ता काम लाग्ने विचार, संस्कृति र व्यवहार जो सुकैका लागि पनि काम लाग्नेछन् । समाज, देश र विभिन्न वर्ग क्षेत्रका लागि उहाँका विचार, व्यवहार र दृष्टिकोण आवश्यक छ । आजको पुस्तालाई समृद्धिको मार्गमा ल्याउनका लागि पनि यसको संरक्षण जरुरी देखिन्छ । 


प्रतिष्ठान मार्फत गर्नुपर्ने वा गर्न सकिने कामहरु के के हुनसक्छन्, र यसमा तपाईको प्रतिबद्धता कस्तो रहनेछ ? 

–प्रतिष्ठान मार्फत धेरै कामहरु गर्न सकिन्छ । र गर्नुपर्ने हुन्छ । समय– समयमा उहाँको कृतिहरुबारे छलफल, अन्तरक्रिया र ती विचारहरुलाई जनसमक्ष पुर्याउन स्कूल, कलेजमा पनि विभिन्न कार्यक्रमहरु गर्न सकिन्छ । उहाँले लिनुभएको विचार र संस्कृतिलाई पुनः जगेर्ना गर्न कतिपय पुस्तकहरुको पुनःप्रकाशन गर्ने, उहाँका अप्रकाशित रचनाहरुलाई प्रकाशन गर्ने, उहाँको विचार समाज रुपान्तरणको लागि अत्यन्त बलशाली भएकोले प्रतिष्ठानमा म आफूपनि संलग्न भएको हुँदा मैले गर्नुपर्ने जे जति दायित्व र भूमिका छन त्यो गर्नबाट म पछि हट्ने छैन । 


अन्त्यमा, अन्तरवार्ताका लागि मौका दिनुभएकोमा ईहेटौडा अनलाईन परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । 







सम्बन्धित शिर्षक समाचारहरु

श्यामप्रसादका विचारहरु वर्तमानमा अझ बढी सान्दर्भिक

मकवानपुरमा हालै स्थापना भएको “श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान”का सदस्य अरुण कुमार खतिवडासँग गरिएको संक्षिप्त कुराकानी ।

जो आएपनि गर्नैपर्ने कामहरु हामीले गरेका हौँ

हेटौंडा उपमहानगरपालिकाले ल्याएका योजनाहरु कार्यान्वयनको सन्दर्भमा पटक– पटक व्यवसायीहरुले विरोध जनाउँदा योजना कार्यान्वयनमा समस्या देखिने गरेको छ । यिनै विषयहरुमा केन्द्रित रहेर हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामासँग गरिएको संक्षिप्त कुराकानी ।

मैले खोजेजस्तै कम्युनिष्ट नेता र विचारक हुनुहुँदो रहेछ श्यामप्रसाद

मकवानपुरमा हालै स्थापना भएको “श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठान”का सदस्य तथा प्राध्यापक ऋषिराम पोखरेलसँग गरिएको संक्षिप्त कुराकानी ।

''न्याय,समृद्ध र सभ्य समाज निर्माणको लागि जीवनभर लाग्नुभयो''

श्यामप्रसाद जिवित रहँदासम्म, नेपाली समाज र सिंगो मानव जातिको न्यायोचित प्रगतिको पक्षमा विचार मन्थनमा नै सक्रिय हुनु हुन्थ्यो ।

सम्भाव्यता अध्ययन चीनले गर्छ, लगानीको विषयमा छलफल हुँदै जान्छ : परराष्ट्रमन्त्री ज्ञवाली

बुधबार प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच तथा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र समकक्षी लीबीचको भेटवार्ता र दुई देशद्वारा जारी संयुक्त प्रेस वक्तव्यपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बेइजिङमा दिएको संक्षिप्त अन्तर्वार्ता :



  • के के मागियो बेलायती राजदुतसँग

    हेटौंडाः नेपालका लागि बेलायती राजदुत रिचर्ड मोरिसको स्वागत तथा छलफल कार्यक्रमको आयोजना गर्दै मकवानपुर उद्योग वाणिज्य संघले सहयोगको लागि अनुरोध गरेको छ ।
    स्थानीय समाचार
    41     २०७५ मंसिर २८ शुक्रवार
  • सुदूरपश्चिमका पहाडमा हिमपात, जनजीवन प्रभावित

    बैतडी : मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ।
    राष्ट्रिय समाचार
    42     २०७५ मंसिर २८ शुक्रवार
  • इञ्जिनीयर्स एशोसिएशनको निर्वाचन शुरु

    काठमाडौँ : नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन शुरु भएको छ ।केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६÷१६ पदका लागि चुनाव हुनलागेको हो । एशोसिएशनको कार्यकारिणी समितिको पदावधि दुई वर्षको हुने प्रावधान छ ।
    राष्ट्रिय समाचार
    36     २०७५ मंसिर २८ शुक्रवार
  • युवा पुस्ता विकृतिबिरुद्ध लाग्नुपर्छः पुलामी

    हेटौंडाः ३ नम्बर प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले समाजमा भईरहेको विकृति र विसंगतिको अन्त्यको लागी युवाहरु लागीपर्नु पर्ने बताएका छन् ।
    स्थानीय समाचार
    298     २०७५ मंसिर २७ बिहीवार
5726367 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top