21 Oct 2018   |   
logo
स्थानीय समाचार

दशैंको अवसरमा चेपाङ बालबालिकालाई खाद्यान्न वितरण



स्थानीय समाचार   237 पटक पढिएको   ईहेटौंडा अनलाइन     
हेटौंडाः दशैंको अवसरमा मकवानपुर पश्चिमी क्षेत्रमा रहेको चार विद्यालयका बालबालिकालाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।

दशैंको अवसरमा चेपाङ बालबालिकालाई खाद्यान्न वितरण


हिमालयन मानवअधिकारकर्मी समुह (हिमराइट्स) मकवानपुरको आयोजना तथा कोर इन्टरनेशनल क्यानडाको सहयोगमा सीमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रम अन्तर्गत खाद्यान्न वितरण गरिएको हो ।

सिमान्तकृत बालबालिकाहरुका लागि मासिक रुपले प्रदान गरिने खाजा वापतको रकमबाट खाद्यान्न सामाग्री खरिद गरी वितरण गरिएको हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाईबाले बताईन् । 

कार्यक्रमबाट राक्सीराङ्ग गाउँपालिकाको सुर्योदय माध्यमिक विद्यालय र प्रजा जागृती विद्यालय तथा मनहरी गाउँपालिकाको सगरमाथा आधारभुत विद्यालय र प्रजा आधारभुत विद्यालयका सिमान्तकृत समुदायका विद्यार्थी लाभान्वित भएका छन् । चार विद्यालयका गरी ८० जना चेपाङ्ग बालबालिकालाई खाद्यान्न सामाग्रीहरु दाल, चामल, दाल, तेल र नुनलगायत सामाग्री वितरण गरिएको हिमराइट्सले जनाएको छ ।

सुर्योदय माध्यमिक विद्यालयमा प्रधानाध्यापक काजीराम मुक्तानको अध्यक्षता तथा राक्सीराङ्ग वडा नम्बर ३ का अध्यक्ष बाबुलाल स्याङ्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । 

सगरमाथा आधारभुत विद्यालयमा प्रधानध्यापक खड्गबहादुर मुक्तानको अध्यक्षता तथा मनहरी वडा नम्बर ६ की महिला सदस्य राममायाँ प्रजाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । त्यस्तै, मनहरी गाउँपालिका हाँडीखोलाको प्रजा आधारभुत विद्यालय र प्रजा जागृति विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई खाद्यान्न सामाग्री प्रदान गरिएको आयोजकले जनाएको छ ।






सम्बन्धित शिर्षक समाचारहरु

दशैंको अवसरमा चेपाङ बालबालिकालाई खाद्यान्न वितरण

दशैंको अवसरमा मकवानपुर पश्चिमी क्षेत्रमा रहेको चार विद्यालयका बालबालिकालाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।

जनप्रतिनिधिलाई दशैंमा पनि राजधानी जोगाउने चटारो, प्रस्ताव बोकेर एकपछि अर्को नेताको निवासमा धाउँदै

गाउँ सहर सबैतिर दशैंको रमझम सुरु भइसकेको छ । घरदेखि टाढा रहेकाहरु पनि सम्भव भएसम्म दशैं मनाउन अआफ्नो घर पुगिसकेका छन्, भने केही घर जाने क्रममा नै छन् ।

चाडपर्वको अवसरमा बृद्धाश्रमलाई बाणिज्य संघको सहयोग

नेपाल राष्ट्रिय बाणिज्य संघ मकवानपुरले चाडपर्वको अवसरमा बृद्धाश्रमलाई खाद्यन्न सहयोग गरेको छ ।

धियालमा वन कार्यालयले टाँचा लगाएको भन्दा बढी रुख कटान

मकवानपुरको बकैयाँ गाउँपालिकाको धियालमा वन कार्यालयले टाँचा लगाएको भन्दा २१ वटा बढी रुख कटान गरिएको पाइएको छ ।

मनहरीको गुम्बामा पशुबलीबिरुद्ध मौन ब्रतको तयारी

मनहरी गाउँपालिका–५, बसन्तपुरस्थित टासी छ्योइलिङ गुम्बामा पशुबलीको बिरोधस्वरुप ञ्युङने मौन ब्रत हुने भएको छ ।



5539430 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top