15 Dec 2018   |   
logo
विचार/अन्तरवार्ता

हिंसाका कारणहरु : दुई निष्कर्ष



विचार/अन्तरवार्ता        

हिंसाका कारणहरु : दुई निष्कर्ष


- नानीमैया विष्ट

नेपालमा महिला हिंसा विरुद्ध अन्तर्राष्ट्रिय दिवस सन् १९८१ देखि नोभेम्बर २५ का दिन मनाइदै आएको छ । सन १९९१ मा क्यानडाका युवाहरुले सेतो रिवन बाँधेर महिला हिंसा दिवस मनाउने प्रतिबद्धता जनाएका थिए ।  

सोही अनुसार यो वर्षको महिला हिंसा विरुद्धको १६ दिने अभियान हाम्रो देशमा पनि हिजो समापन गरियो । देशको सबैजसो स्थानहरुमा सानो वा ठूलो कार्यक्रमहरु भए । हिंसाबाट सयौं कलिला नानीहरुदेखि उमेर पाको भएका आमाहरु पनि पीडित छन् । अझ पछिल्लो समयमा त कलिला नानीहरुले ज्यान नै गुमाउन परेको छ । त्यसको ज्वलन्त उदाहरण हो देशभर चर्चाको विषय बनिरहेको घट्ना कञ्चनपुरकी निर्मला पन्तको । देशको छोरीहरुलाई बलात्कारपछि निर्मम ढंगले हत्या गर्दा अभिभावक भनिने राज्य दोषी खोजी गरी सजाय दिन सक्दैन। सरकारको अन्धभक्त संघसंस्था र संगठनहरुले सरकार असफल बनाउने विरोधीहरुको खेल भन्दै हिंसा विरुद्धको १६ दिने अभियानमा समेत दबाबमुलक र शसक्त कार्यक्रम गर्न सक्दैन । सडक र कोठाहरुमा गीत गाएर नाचेर र भाषण गरेर कार्यक्रम समापन गर्छन् । प्रश्न पनि उठ्छ, यो किसिमको अभियानको प्रभावकारिता र सान्दर्भिकताको बारे । यो अर्को पाटो रह्यो । 

अब, हिंसाका कारणहरुबारे छलफल तिर लागौं । समाजमा गहिरिएर समस्याहरु केलाउने हो भने महिला हिंसा भित्र अटाउने विषयहरु के के हुन सक्छन् भन्ने चर्चापरिचर्चाहरु पनि हुनेगर्छन् ।

महिला हिंसा विरुद्धका अभियान्ताहरु तथा कानुनका व्याख्याताहरुले भनेअनुसार महिला भएकै आधारमा लैंगिक विभेदका कारणले महिलामाथि हुने हिंसालाई महिला हिंसा भनिन्छ । महिलामाथि शारीरिक, मानसिक र संवेगात्मक रुपमा क्षति पु¥याउने कुनै पनि कार्य हिंसा मानिन्छ । सामान्य अर्थमा हिंसा भनेको कुट्नु, पिट्नु वा ज्यान मार्नु मात्रै होइन, बोली–व्यवहारबाट पनि कसैको भावनामाथि चोट पु¥याउने कार्य पनि हिंसा हो । बलात्कार, यौन शोषण, बालविवाह, बहुविवाह र दाईजो जस्ता कुराबाट हुने हिंसा शारीरिक हिंसा हुन भने, कार्यालय र अन्य ठाउँमा हुने खालका बोली, सङ्केत अन्य आदिबाट गरिने दुर्वव्यहार, अपमान, भेदभाव आदि मानसिक हिंसाका रुपमा रहेका छन् ।

यसरी यो परिभाषालाई नजिकबाट हेर्दै महिला हिंसाका मुलभूत कारणहरुको खोजी गर्ने हो भने मैले मुख्य दुई ओटा आधारभूत कारणहरु सहित निष्कर्ष निकालेको छु :

पहिलो :  महिलाहरुमाथी परापुर्वकाल देखि पुरुषवादी सोंच र व्यवहारहरुले सामाजिक, धार्मिक, सांस्कृतिक, आर्थिक कानुनहरु, नियम र सिमाहरु बनाएर प्रत्यक्ष र अप्रत्यक्ष रुपमा शासन गरेको पाइन्छ । त्यो किसिमको चिन्तन व्यक्ति, परिवार, समाज जुनसुकै स्थानमा पनि छ । जबसम्म पुरुष भनेको मालिक र महिला भनेको त्यो भन्दा तल्लो दर्जाको मान्छे हो भन्ने चिन्तन, संस्कार र व्यवहारमा परिवर्तन हुँदैन तबसम्म महिलाले माथि उल्लेख गरिएका हिंसाको कुनै न कुनै प्रकारहरुबाट प्रताडित हुनुपर्छ । बलियाले निर्धालाई शासन गर्ने परिपाटी अनुसार महिलाहरुलाई कमजोर बनाएर आफू अनुकुल व्यवहार गर्ने गरिन्छ । त्यसैले महिला हिंसामा पर्नुको मुख्य कारणहरु मध्ये यसलाई बलियो कारणको रुपमा लिन सकिन्छ । किनकि मुलभूत कुरा के हो भने बलियाले निर्धामाथि शासन गरिने प्रचलनले गर्दा कतै न कतै कोही न कोहीलाई कमजोर बनाएर शासन गर्ने सोंच प्रधानता हुँदै आएको छ । त्यसैले हाम्रो पुरानो सोंच र व्यवहारमा परिवर्तन नआएसम्म महिला हिंसा न्युनिकरण हुन सक्दैन ।   

दोस्रो :  अर्को पाटो खुसीका कुरा महिलाहरु समाज र राष्ट्रको नेतृत्व गर्ने क्षमता राख्दछन् । आफ्नो क्षमता देखाएका छन् र काम पनि गरिरहेका छन् । तर देशको जनसंख्याको आधा हिस्सा ओगट्ने महिलाहरुको थोरै भन्दा थोरै संख्याले यो प्रगति गरेको हो । ठूलो हिस्सा अझैपनि दोस्रो दर्जाको नागरिकको रुपमा कतै न कतै पिल्सिएका छन् । अझ सोझो भाषामा भन्ने हो भने बिना पारिश्रमिक अठार घण्टा महिलाहरु श्रम गर्छन् । तर उनीहरुले दुई चार पैसा खर्च गर्नको लागि घरका पुरुषहरुसँग निर्भर रहनुपर्छ । जसले गर्दा उनीहरु हेप्पिनुपर्ने र कसैको निगाहको पात्र बन्नुपर्ने अवस्था छ । उनीहरुको श्रम आर्थिक उत्पादनसँग जोडिन सकेन । त्यसैले महिलाहरु जबसम्म आर्थिक रुपमा सक्षम र आत्मनिर्भर हुँदैनन् तबसम्म उनीहरु अरु कसैले निर्धारण गरिदिएको भाग्यमा बाच्न बाध्य हुन्छन् । 

अतः सक्षम, आत्मनिर्भर भएकी स्वावलम्बी महिलालाई हत्तपत्त हिंसाको दृष्टिकोणले हेर्ने आँट कमैले गर्छन् । यदि गरिहाले भनेपनि प्रतिकार गर्न वा बौद्धिकतापूर्ण ढंगले समस्याबाट बाहिर निस्कन सक्षम हुन्छन् । हिंसाका विभिन्न स्वरुपहरु भएपनि तिनीहरुलाई केलाउदै जाने हो भने मुख्य आधारभूत कारणहरु यिनै हुन् । जसले व्यवहार गर्ने हो उसको सोंच र जसलाई व्यवहार गरिन्छ उसको आँट र क्षमतामा सन्तुलन भयो भने पक्कै पनि कसैबाट कसैले असुरक्षा महशुस गर्न पर्दैन भन्ने लाग्छ ।  - हेटौंडा







सम्बन्धित शिर्षक समाचारहरु

हिंसाका कारणहरु : दुई निष्कर्ष

गो डाउन एलिट,आई एम जस्ट वाचिंग

०६८ सालमा म परियोजनामा काम गर्दाताकाको कुरो हो। कालिकोटको मान्म बजारदेखि उत्तरतर्फ दुर्गम गाउँका १० र १२ वटा गाबिसको पैदल यात्रामा थिएँ।

लुकेर रहेका विचारकहरुको खोजी र सम्मान गर्नेछौंः राधा तिमल्सिना

मकवानपुर जिल्लामा जन्मिएर आफ्नो जीवनकालभर आधारभूत जनताको पक्षमा लेख, रचना सृजना गरेका श्यामप्रसाद शर्माको विचार र सृजना फैलाउने प्रयासहरु भइरहेका छन् ।

के साच्चै निर्मलाहरुले न्याय नपाउने नै हुन् त ?

संचार माध्यममा दिनहुँ जसो नेपाली छोरीहरुमाथि दुःखद् र अत्यासलाग्दो घट्नाहरु घटिरहेको समाचार आइरहेका छन् ।

बालुवासँगै बग्दै मरिन र कमला खोचका नदीहरु

केहि दिन अघि सिन्धुली जिल्लााको चुरे क्षेत्रमा पर्ने मरिन र कमला खोचमा कार्यालयको कामले दुइ दिन जति घुम्ने अवसर पाएको थिए।



  • के के मागियो बेलायती राजदुतसँग

    हेटौंडाः नेपालका लागि बेलायती राजदुत रिचर्ड मोरिसको स्वागत तथा छलफल कार्यक्रमको आयोजना गर्दै मकवानपुर उद्योग वाणिज्य संघले सहयोगको लागि अनुरोध गरेको छ ।
    स्थानीय समाचार
    44     २०७५ मंसिर २८ शुक्रवार
  • सुदूरपश्चिमका पहाडमा हिमपात, जनजीवन प्रभावित

    बैतडी : मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ।
    राष्ट्रिय समाचार
    50     २०७५ मंसिर २८ शुक्रवार
  • इञ्जिनीयर्स एशोसिएशनको निर्वाचन शुरु

    काठमाडौँ : नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन शुरु भएको छ ।केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६÷१६ पदका लागि चुनाव हुनलागेको हो । एशोसिएशनको कार्यकारिणी समितिको पदावधि दुई वर्षको हुने प्रावधान छ ।
    राष्ट्रिय समाचार
    38     २०७५ मंसिर २८ शुक्रवार
  • युवा पुस्ता विकृतिबिरुद्ध लाग्नुपर्छः पुलामी

    हेटौंडाः ३ नम्बर प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले समाजमा भईरहेको विकृति र विसंगतिको अन्त्यको लागी युवाहरु लागीपर्नु पर्ने बताएका छन् ।
    स्थानीय समाचार
    318     २०७५ मंसिर २७ बिहीवार
5727702 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top