21 Jan 2019   |   
logo
विचार/अन्तरवार्ता

माओबादी केन्द्रले मकवानपुरमा किन हार व्यहोर्नु पर्यो



विचार/अन्तरवार्ता   हेटौडा अनलाईन    २०७४ जेष्ठ १३ शनिवार  
इश्वर न्यौपाने स्थानीय चुनाव २०७४ मा माओवादी केन्द्र मकवानपुरले अपेक्षाकृत नतिजा ल्याउन नसकेको कारण चुनाबी परिणाममा सन्तोष व्यक्त गर्न सकेको छैन। मकवानपुर जिल्लामा माओवादी केन्द्रले नराम्रोसँग हार व्यहोरेको छ ।

माओबादी केन्द्रले मकवानपुरमा किन हार व्यहोर्नु पर्यो


मकवानपुरको १० वटा स्थानिय निकाय मध्य माओबादी केन्द्रले थाहा नगरपालिकामा प्रमुख र बागमती गाउपालिकाको प्रमुख बाहेक अन्य स्थानमा प्रमुख र उप प्रमुखमा जितको नतिजा ल्याउन सकेन नगर तथा गाउपालिकाका वडाहरुमा पनि अपेक्षाकृत नतिजा आएन थाहानगरपालिकाका १२ वडा मध्य ६ वडा, हेटौडाउपमहानगरमा १९ वडा मध्य २, मनहरी गाउपालिकामा ९ वडा मध्य २ वडा, बागमती गाउपालिकामा ९ वडा मध्य ४, बकैया गाउपालिकामा १२ वडा मध्य ३ र कैलाश गाउपालिकामा १० वडा मध्य २ वटा वडा मा मात्र जित हासिल गर्न सक्यो भने अन्य स्थानमा जित्नै सकेन । माओवादी पराजित हुनुमा नैतिक रुपमा मकवानपुरका माओबादी केन्द्रका नेतृत्वले कसले कति जिम्मेवारी लिने त्यो त उनिहरु बीच छलफल हुन बाँकी होला तर पनि कमजोर नतिजा आउला भन्नेचाहि लागेको थिएन । 

मकवानपुरमा माओवादी पराजित हुनुका मुख्य कारणहरु:

मकवानपुरको  चुनावमा माओबादीहरुलाई धेरै अपेक्षा त थिएन तर थाहा नगरपालिकामा प्रमुख सहित सबै वडा हेटौडा उपमहानगरपालिकामा उपप्रमुख सहित कम्तिमा ५वडा, भीमफेदी गाउपालिकामा प्रमुख सहित ४ वडा मनहरी गाउपालिकामा ६ वडा, बागमतीमा सबै वडा र बकैयामा ५ वडा कैलाश र इन्द्र्सरोबरमा आधा आधा वडा जित्ने लक्ष्य थियो, तर रिजल्ट सोचे भन्दा उल्टो भइदियो ।

बाग्मती र मनहरी गाउपालिकामा  माओबादीको आँकलन धेरै कमजोर थिएन । बाग्मतीमा संगठित भोट माओबादीलाई राम्रोसँग आएको छ तेसैले तेहा गाउपालिका प्रमुख जितेको छ माओबादीले । बागमतीका धेरै वडामा थोरै मत अन्तरले मात्र हारेको छ माओबादीले  । तर, माओबादीलेले पपुलर भोट तान्न नसक्दा परिणाममा उपप्रमुख सहित धेरै वडा  एमालेको पक्षमा गयो । 

अहिलेको स्थानीय निकाय निर्वाचनमा माओबादी मकवानपुरले कैलाश र इन्द्रसरोवर गाउपालिकामा ०७० सालको मत पनि जोगाउन सकेन  । त्यत्रो जनमत भएको गढी  र इन्द्र्सरोबरमा एउटा वडा पनि जित्न सकेन ।

मकवानपुरमा माओवादीको पक्षमा चुनावी नतिजा नआउनुका मुख्य ५ कारण:

१. कमजोर संगठन

मकवानपुरमा माओबादी केन्द्रको संगठन एकदमै कमजोर भयो । संगठन कमजोर भएपछि स्वतः अरु धेरै पक्षहरु कमजोर भए । ०६८ सालदेखि संगठन बनाउने प्रक्रिया कम्जोर हुदै गयो  । जतिबेला केन्द्रमा पार्टीभित्र विवाद भयो र विभाजन सुरु भयो, त्यहीबेलादेखि नै माओबादी संगठन केन्द्र देखि गाउ इलाका सम्मै लथालिंग थियो । ०७० साल यता गाउ र इलाका जस्तो तल्लो तहमा एउटा बैठकसमेत बसेको थिएन । त्यस्तै अवस्थामा ०७० सालको दोस्रो संविधानसभाको चुनावको सामना गरिएको थियो । पछिल्लोपटक पार्टी सदस्यता नवीकरण र तलका सम्मेलनहरुबाट सामान्य जालो त बनेको थियो, तर त्यो जालोले स्थानीय चुनाव थेग्न सक्ने स्थिति नै थिएन । संगठन कमजोर भएकाले पनि माओबादी केन्द्र ले मकवानपुरको चुनावमा  धेरै बढी अपेक्षा गरेको थियन  ।

२. उम्मेदवार चयन

उम्मेदवार चयनमा मकवानपुर माओबादी केन्द्र चुक्यो । बुर्जुवा फ्लेभरसहितको चुनावी पात्र कमजोर भए । चुनावमा माओवादीले मध्यमवर्गसँग सहकार्य गर्न सकेन। माओवादीले त्यस्ताखालका नेता कार्यकर्ता विकास गर्न सकेन जसले सामाजिक सम्बन्धहरु बढाउन जनताका मन जित्न सकेनन। चुनाब अघि सम्म गाउमा गुमनाम पात्र चुनाब मा उम्मेदवार बनेर गाउ गएसी जनताले के आधारमा बिश्वास गर्ने र मतदान गर्ने? मतदाताले उम्मेदवारको सामाजिक प्रतिष्ठा कस्तो छ भनेर पनि हेर्दछ । उम्मेदवारले आफ्नो सामाजिक प्रतिष्ठा गुमेको स्वयम् उसैले थाहा पाउँदैन तर, मतदाताले त्यो कुरा थाहा पाइराखेका हुन्छन् । उम्मेदवार चयन गर्दा उसको सामाजिक प्रतिष्ठालाई पनि ख्याल गर्नुपर्दछ ।

३. तालमेलमा बेमेल 

अन्तिम आवस्थामा आएर मकवानपुरमा माओबादी केन्द्र र नेपालि कांग्रेस पार्टी बीच भएकोको तालमेलले पनि माओवादीलाई चुनावमा नकारात्मक प्रभाव परेको हो । तालमेल  पछि एक खालको जनमत भड्कियो नेपाली कांग्रेससँंग चुनावी तालमेलबाट केही कट्टर माओबादीहरु नै असन्तुष्ट भए कारण हिजो अस्ति सम्म नगरमा तेही पार्टीका नेता कार्याकर्ता संग्ग दुस्मनी मोलियो आज तेही पार्टी संग तालमेल भन्ने पनि भयो । यसले पनि भोट घटायो । तालमेल गर्दा मनोनयन दर्ता अघि नै गरेको भए सायद त्यती धेरै असन्तुष्टि हुँदैनथ्यो होला । तालमेल पछी उम्मेदवारहरु जुन रुपमा मतदाता समक्ष जानु पर्ने थियो सो गर्न सकेन् तालमेल गरिएको भनिएको पार्टीका उम्मेदवार एकापसमा संगै भोट माग्न हिड्दै हिडेनन । नेपाली कांग्रेस मकवानपुरका कार्यकर्ता तथा भोटरहरुले माओबादीका उम्मेदवार बलराम बल को चुनाब चिन्न गोलाकार भित्र को हसीया हतौडा मा भोट न हाली उप प्रमुख पदको लागि समेत रुख चिन्नमा मतदान गरे जसको कारण ति मतहरु बदर भै माओबादीको पक्ष मा भोट गनिएन् र माओबादीले हार व्यहोर्नु पर्यो ।

४. फितलो चुनावी प्रचारशैली 

चौथो कारण प्रचारको क्षेत्रमा माओबादी केन्द्र धेरै कमजोर भयो । शहरको चरित्र अलि फरक छ । सहरका मुद्दा फरक छन् । सहरका समुदाय फरक छन् । शहरमा त्यही किसिमको प्रचार चाहिन्छ । त्यो अनुकुलका पात्र र प्रचार माओबादीबाट भएन। चाहे सकारात्मक होस् वा नकारात्मक, प्रचारले चुनावमा ठूलो अर्थ राख्छ । तर माओबादी केन्द्र मकवानपुर यति धेरै कमजोर भयो  कि माओबादीले त्यो गर्न  सक्दै सकेन ।

अरु अरु पार्टीले हुँदै नभएका कुराहरु पनि हो भनेर प्रचार गरेर मत थप्ने काम गरे । तर, माओबादीले भएका चिजहरु पनि र पार्टीले गरेका काम पनि प्रचार गर्न सकेन । त्यसैले पनि माओबादीको मत स्वतः कमजोर भयो । यसपालिको चुनाबी मतपत्र अलि अप्ठयारो खालको थियो जुन साधारण मतदाताले बुझ्न कठिन थियो नेपालि कांग्रेस संग्ग को तालमेल पछी माओबादी केन्द्र  र कांग्रेसको कार्यकर्ताहरुले मतपत्रमा भोट हाल्न नमुना मतपत्रमा  आम मतदातालाइ जुन रुपमा सिकाउनु पर्ने हो सो सिकाउँन सक्दै सकेन् गरेत केवल आफ्नो पार्टीको चुनाब चिन्नमा एक छापे भोट हाल्न भन्न भ्याए तर तालमेल को कुरा गर्न भ्याएन अझ भनौ गर्न जरुरि ठानेनन र नतिजा आएन ।

५. अत्यधिक बदर मत 

निर्वाचन शिक्षामा आयोगले २ अर्ब भन्दा बढी खर्च गरेको छ । तर स्थानीय तहमा हेर्दा मतदाताहरुमा मतदाता शिक्षा निकै कमजोर देखिएको छ । जिल्ला निर्वाचन आयोग मकवानपुरले परिचालन गरेका अधिकांश मतदाता शिक्षा स्वयम सेवकहरु राजनीतिक दलमा प्रतिवद्ध कार्यकर्ता थिए । उनीहरुले मतदातालाई शिक्षा दिने भन्दा पनि यहाँनेर भोट हाल्नुस्, तपाईको भोट बदर हुँदैन भनेर आफुनिकट दलको चुनाव चिन्हमा भोट हाल्न सिकाए । मतदाता स्वयमसेवकले दुई पार्टीवीच कसरी क्रस भोटिङ गर्न सकिन्छ भनेर सिकाएनन् । एउटै मतदाताले कसरी विभिन्न दलबाट राम्रा उम्मेदवारलाई भोट दिन सक्छन् भनेर मतदाता शिक्षामा सिकाइएन । अर्को चाँही निर्वाचन अनुगमन समितिले अनुगमन प्रभावकारी गर्न सकेन। तेसैकारण मकवानपुरमा बदर मत को संख्या अत्यधिक धेरै भयो । हेटौडा उपमहानगरमा खसेको मत मध्य माके गठबन्धनका उम्मेदवार  प्रमुख पदको लागि  आठ हजार भन्दा धेरै र उप प्रमुख को मात्रै करिब ९ हजार मत बदर भएको छ । चुनाव सकेपछि मतदान अधिकृतहरुले मुचुल्का व्यवस्थापन समेत राम्रो गर्न सकेनन् । चुनाव सकियो, सबैको एउटै मुचुल्का बनाएर बाकस उठाएर ल्याइयो । विभिन्न सम्भावित समस्याहरु फरक–फरक मुजुल्का बनाउनुपर्नेमा त्यसो गरेनन् । त्यसले पनि निर्वाचन सम्पन्न भएपछिको काममा असजिलो बनायो।

र अन्त्यमा यो चुनावबाट माओबादीले ठूलो शिक्षा लिनु जरुरि छ । गल्ति, कमजोरीहरु आगामी दिनमा सच्याएर अघि बढ्नु पर्नेछ । यस बिषयमा माओबादी केन्द्र मकवानपुर ले गम्भीर समिक्षा गरोस ।







सम्बन्धित शिर्षक समाचारहरु
  • ‘लोकतन्त्र नै संसारमा सबैभन्दा अलोकतान्त्रिक छ’

    हेटौंडा अनलाईन संवाददाता राजनीतिक संवादमा राजेश हमाल भन्छन्ः अमेरिका अनुहारमा पाउडर दलेर हिंडिरहेछ
    अन्तरवार्ता
    1551     हेटौंडा अनलाईन संवाददाता
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1509     हेटौंडा अनलाइन
  • माओबादी केन्द्रले मकवानपुरमा किन हार व्यहोर्नु पर्यो

    इश्वर न्यौपाने स्थानीय चुनाव २०७४ मा माओवादी केन्द्र मकवानपुरले अपेक्षाकृत नतिजा ल्याउन नसकेको कारण चुनाबी परिणाममा सन्तोष व्यक्त गर्न सकेको छैन। मकवानपुर जिल्लामा माओवादी केन्द्रले नराम्रोसँग हार व्यहोरेको छ ।
    विचार/अन्तरवार्ता
    1464     हेटौडा अनलाईन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1405     हेटौंडा अनलाईन संवाददाता
5995102 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top