24 Mar 2019   |   
logo
साहित्य/कला

झरना साहित्यिक परिवार प्रशिक्षण दिन गाउँगाउँमा



साहित्य/कला   ईहेटौंडा अनलाइन   २०७५ पौष १६ सोमवार  
हेटौंडाः झरना साहित्यिक परिवार मकवानपुरले सिर्जनशील नयाँ पुस्ता निर्माण अभियान अन्तरगत दुई दिवसीय काव्य प्रशिक्षण कार्यक्रम गरेको छ । २३२ र २३३ औ साहित्य श्रृङखलामा यहि पुस १३ र १४ गते मकवानपुरको विभिन्न ग्रामीण क्षेत्रमा सम्पन्न गरेको हो ।

झरना साहित्यिक परिवार प्रशिक्षण दिन गाउँगाउँमा
कार्यक्रममा सामुहिक तस्वीर

  

मकवानपुरको बकैया गाउँपालिका १२ ठिङ्गनस्थित कान्ति मावि र १० न.वडा मन्थलीस्थित प्रसिद्ध माविमा क्रमशः पुस १२ र १३ गते प्रशिक्षणात्मक काव्य गोष्ठी गरेको छ । कान्ति माविमा सम्पन्न काव्य प्रशिक्षणमा विद्यालयका प्रधानाध्यापक अविरल मोक्तानको अध्यक्षता तथा १२ न. वडाध्यक्ष रामबहादुर मोक्तानको प्रमुख आतिथ्य रहेको थियो । प्रसिद्ध माविमा सम्पन्न काव्य प्रशिक्षणमा विद्यालयका निमित्त प्रधानाध्यापक इन्द्रनाथ सापकोटाको अध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर गोलेको प्रमुख आतिथ्य भएको थियो । 

दुवै कार्यक्रममा झरना साहित्यिक परिवारका संस्थापक जनार्दन खनाल विशेष अतिथि रहनुभएको थियो । काव्य प्रशिक्षणका क्रममा आयोजक संस्थाका अध्यक्ष दीपक गौतमले लोक छन्द, उपाध्यक्ष विश्वनाथ सञ्जेलले मुक्तक र गजल तथा सदस्य विश्व राईले गद्य कविता लेखनबारे प्रशिक्षण गराउनुभएको थियो । 

प्रशिक्षण कार्यक्रममा दुवै विद्यालयमा ७० बढी विद्यार्थी र शिक्षकको उपस्थिति रहेको थियो । काव्य प्रशिक्षण पश्चात कान्ति माविमा झरना कान्ति बाल साहित्य समिति गठन गरिएको छ । कक्षा ९ मा अध्ययनरत सूचना विकको अध्यक्षतामा गठित उक्त समितिमा विनिता घले,सचिव, राजन न्यासुर, कोषाध्यक्ष चयन भएका छन् । त्यस्तै प्रसिद्ध मावि मन्थलीमा आरती सापकोटाको अध्यक्षतामा बुद्धराज वाइबा सचिव, सुना थिङ कोषाध्यक्ष रहेका छन् । 







सम्बन्धित शिर्षक समाचारहरु
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    2176     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    2118     हेटौंडा अनलाईन संवाददाता
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1891     हेटौंडा अनलाइन
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1882     हेटौंडा अनलाइन
6252786 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top