21 Jan 2019   |   
logo
खेलकुद

बागमती गोल्डकपको तयारी सुरु, प्रतिगोगितामा राष्ट्रिय टिमको सहभागिता रहने



खेलकुद    ईहेटौंडा अनलाइन   २०७५ मंसिर २२ शनिवार  
हेटौंडाः मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिकामा आयोजना गरिने बागमती गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो संस्करणमा राष्ट्रिय टिमको पनि सहभागिता रहने भएको छ ।

बागमती गोल्डकपको तयारी सुरु, प्रतिगोगितामा राष्ट्रिय टिमको सहभागिता रहने


बागमती गाउँपालिकाको फापरबारीमा आयोजित पत्रकार सम्मेलनमा– प्रतियोगितामा राष्ट्रिय टिम पनि सहभागी हुने जानकारी दिइएको हो । गोल्डकपमा पुरस्कार राशी समेत बृद्धि गरिएको बारे पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

खेलकुद विकास समिति बागमती गाउँपालिकाका अध्यक्ष अरुण लामा बलले प्रतियोगितामा प्रथम हुने टिमलाई नगद तीन लाख र दोस्रो हुने टिमलाई दुई लाख रुपैयाँसहित शिल्ड, प्रमाणपत्र दिईने बताए । 

माघ १ गतेदेखि ८ गतेसम्म बागमतीको जनता माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगितामा २५ लाख रुपैयाँ खर्च हुने उनले बताए । ए डिभिजनसहित प्रदेश १, २, ३ र ४ को जिल्लाका १० टिमको सहभागिता रहने प्रतियोगिताको करिब ७ हजार जना दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । 


कार्यक्रममा बोल्दै खेलकुद विकास समिति बागमती गाउँपालिकाका अध्यक्ष अरुण लामा बल

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २५ हजार तथा उत्कृष्ट किपर, डिफेण्डर, मिड फिल्डर लगायतलाई नगद दश हजारसहित मेडल र प्रमाणपत्र दिईने उनको भनाई छ । 

कार्यक्रममा बोल्दै बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले खेल मार्फत् मनोरञ्जनसँगै स्थानीय खेलाडी उत्पादनमा समेत महत्वपूर्ण सहयोग पुग्ने बताए । प्रतियोगिता मार्फत् बागमती गाउँपालिकाकै प्रचारप्रसार हुने भन्दै उनले खेल व्यवस्थापनमा गाउँपालिकाले बिशेष सहयोग गर्ने बताए ।

कार्यक्रममा बागमती गाउँपालिकाका नेकपाका नेता राजकुमार तिमल्सिना, बागमती ६ नम्बर वडा अध्यक्ष ध्रुब थापा, ४ नम्बर वडा अध्यक्ष रहरमान थिङ्ग, नेपाली कांग्रेस बागमतीका सहसचिव टेकबहादुर डिम्डुङ्ग, जनता माबिका अध्यक्ष डम्बरबहादुर बिक, प्राचार्य बसन्त राई, ईलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी नायब निरिक्षक राजेश यादव लगायतको आतिथ्य रहेको थियो ।



पत्रकार सम्मेलनमा सहभागीहरु

११ टिम सहभागी भएको गतबर्ष आयोजित प्रथम बागमती गोल्डकप फुटबल प्रतियोगितामा सिन्धुलीको हरिहरपुर गढी खेलकुद विकास समिति प्रथम र राईगाऊ युवा क्लब दोस्रा भएको थियो । 

प्रथम टिमले नगद एक लाख र दोस्रा टिमले ५० हजार पुरस्कार राखिएको भएपनि यसबर्षदेखि राष्ट्रिय टिमलाई समेत सहभागी गराईने भएकाले पुरस्कार बृद्धी गरिएको आयोजकले जनाएको छ । कार्यक्रममै फुटबलका पूर्व राष्ट्रिय प्रशिक्षक मेघराज केशीलाई सम्मान समेत गरिने भएको छ ।




सम्बन्धित तस्बिरहरु
पत्रकार सम्मेलनमा सहभागीहरु
कार्यक्रममा बोल्दै खेलकुद विकास समिति बागमती गाउँपालिकाका अध्यक्ष अरुण लामा बल


सम्बन्धित शिर्षक समाचारहरु
  • ‘लोकतन्त्र नै संसारमा सबैभन्दा अलोकतान्त्रिक छ’

    हेटौंडा अनलाईन संवाददाता राजनीतिक संवादमा राजेश हमाल भन्छन्ः अमेरिका अनुहारमा पाउडर दलेर हिंडिरहेछ
    अन्तरवार्ता
    1549     हेटौंडा अनलाईन संवाददाता
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1508     हेटौंडा अनलाइन
  • माओबादी केन्द्रले मकवानपुरमा किन हार व्यहोर्नु पर्यो

    इश्वर न्यौपाने स्थानीय चुनाव २०७४ मा माओवादी केन्द्र मकवानपुरले अपेक्षाकृत नतिजा ल्याउन नसकेको कारण चुनाबी परिणाममा सन्तोष व्यक्त गर्न सकेको छैन। मकवानपुर जिल्लामा माओवादी केन्द्रले नराम्रोसँग हार व्यहोरेको छ ।
    विचार/अन्तरवार्ता
    1463     हेटौडा अनलाईन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1404     हेटौंडा अनलाईन संवाददाता
5995027 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top