24 Mar 2019   |   
logo
मनोरञ्जन

‘ठग्स अफ हिन्दुुस्तान’ असफल भएपछि आमिरले माफी मागे



मनोरञ्जन    ईहेटौंडा अनलाइन   २०७५ मंसिर ११ मंगलवार  
एजेन्सी: बलिउडका सफल नायक आमिर खानका लागि यो बर्ष राम्रै झट्का लाग्यो । यो बर्ष उनले अभिनय गरेको महंगो बजेटको चलचित्र ‘ठग्स अफ हिन्दुुस्तान’ बक्स अफिसमा असफल भयो ।

‘ठग्स अफ हिन्दुुस्तान’ असफल भएपछि आमिरले माफी मागे


यसले आमिर खानको करिअरलाई नै संकटमा पारेको चर्चा समेत चल्ने गरेको छ । चलचित्र रिलिज भएको करिब ३ सातापछि नायक खानले दर्शकसँग माफी मागेका छन् । 

उनले भनेका छन्–‘जुन जुन दर्शक यो चलचित्रप्रति एउटा आशा लिएर हलमा पुग्नु भएको थियो, उहाँहरुसँग म माफी माग्न चाहन्छु । उहाँहरुले चाहे जस्तो इन्टरटेन्मेन्ट मैले चलचित्रबाट गराउन सकिनँ । चलचित्र असफलताको पुरा जिम्मेवारी म लिन्छु । 

म मैले काम गर्ने चलचित्रलाई बच्चाको जस्तै माया गर्छु ।’ आमिरले अगाडि भने–‘चलचित्र दर्शकको सोच अनुसार नभएकोमा म माफी चाहन्छु । मलाई लाग्छ कि हामीबाट केही गल्ती भएको छ । तर, केही मान्छेलाई यो चलचित्र निकै मन परेको पनि थियो ।’

विजयकृष्ण आचार्यको निर्देशनमा तयार भएको यो चलचित्रमा आमिर खानको साथमा अमिताभ बच्चन, कट्रिना कैफ लगायतका कलाकारको अभिनय थियो । 

तिहारमा रिलिज भएको यो चलचित्र भारतीय बक्स अफिसमा १ सय २५ करोडमै खुम्चिएको छ । यो चलचित्र ३ सय करोडको बजेटमा निर्माण भएको बताइएको छ ।







सम्बन्धित शिर्षक समाचारहरु
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    2176     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    2117     हेटौंडा अनलाईन संवाददाता
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1890     हेटौंडा अनलाइन
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1882     हेटौंडा अनलाइन
6252599 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top