20 Nov 2018   |   
logo
दुर्घटना समाचार

दीयो बाल्दा घरमा आगलागीः एकजना घाईते, तीस लाख बराबरको क्षति



दुर्घटना समाचार    124 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ कार्तिक २१ बुधवार  
हेटौंडाः पूजाको लागि दीयो बाल्दा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६, चिसापानीस्थित भरत रोक्काको घरमा आज दिउँसो आगलागी भएको छ ।

दीयो बाल्दा घरमा आगलागीः एकजना घाईते, तीस लाख बराबरको क्षति


एकजना घाईते भएका छन्, भने तीस लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

टिनको छानो भएको २ तल्ले कच्ची घरमा आगलागी हुँदा उक्त घरमा डेरा गरी बस्ने १४ वर्षीय रेशम गौतम घाईते भएका हुन् । गौतमको खुट्टा, हात र अनुहार आगोले जलेको छ । उनलाई उपचारको लागि चुरेहिल अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । उनको अवस्था मध्यम रहेको पनि प्रहरीले जानकारी दिएको छ । 

उक्त घरमा भाडामा बस्ने ब्यक्तिहरुको पसलहरु समेत जल्दा अन्दाजी तीस लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । दिउँसो करिब १२ बजे लागेको आगो प्रहरी, स्थानीय र दमकलको सहयोगमा करिब १२ः५० बजे पूर्ण रुपमा निभाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।



आगलागीबाट भरत रोक्काको २ तल्ले कच्ची घर नष्ट भएको छ, भने सोही स्थानका राम कुमार पुडासैनीको चिया पसल, एक बहादुर बलामीको मिठाइ पसल, देब कृष्ण गौतमको फलफुल र किराना पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

विद्युत सर्ट भई आगलागी भएको भनिएपनि घाईतेसँग बुझ्दा घरमा पूजाको दीयो बालेको स्थान नजिकै पेट्रोलको भाँडा खोली सारफेर गर्न खोज्दा आगोले टिप्न गई घटना भएको बुझिएको छ । 

घर भित्र आगो, दीयोबत्ती ईत्यादी नजिक पेट्रोलियम पदार्थको भाँडा खोल्ने, चलाउने कार्य गर्दा वा पटका, भुईचम्पा, झुरझुरे र आतिसबाजी जस्ता बिस्फोटक पदार्थको अवैध चलन गर्दा, घरमा दिपावली पूजा ईत्यादीको सिलसिलामा दीयो, मैनबत्ती बालेर त्यसै घर छाडी हिँड्दा आगलागीका घटना हुनसक्ने भएकोले होसियारी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।





सम्बन्धित तस्बिरहरु


सम्बन्धित शिर्षक समाचारहरु
  • रोजगारी सृजना गर्ने आइडियामा ३ नम्बर प्रदेशले लगानी गर्छः मन्त्री दुलाल

    हेटौंडा,२७ साउनः बेरोजगारीको समस्या हल गर्ने किसिमका कुनै आइडिया छ भने त्यसमा ३ नम्बर प्रदेश सरकार लगानी गर्न तयार रहेको यस प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताएका छन् ।
    प्रदेश समाचार
    3729     ईहेटौंडा अनलाइन
  • बहसमा निजगढ विमानस्थल

    हेटौंडा : हामी अहिले विकास र वातावरणका कुरामा सैद्धान्तिक बहसमा अल्झिरहेका छौं । अहिलेका विकसित देशले ४० र ५० वर्षअघि जुन संरचना बनाए ती त्रुटिरहित थिएनन् । वातावरणको कुरा गर्दा पनि त्यतिखेर वातावरणको कुरा यसरी मुखरित भएको थिएन ।
    विचार/अन्तरवार्ता
    1629     हरि अधिकारी
  • खुल्यो सानिमा बैंकको ५९औं साखा किस्पाङ गाउँपालिकामा ।

    २५ जेष्ठ, नुवाकोट । सरकारले एक गाउँपालिकामा एक बैंक खोल्ने प्राबधान ल्याए संगै नुवाकोटको किस्पाङ गाउँपालिका ३ काहुले मा सानिमा बैंकले आफ्नो ५९ औं शाखा स्थापना गरेको छ ।
    अर्थ/बाणिज्य
    1610     -कृष्णप्रसाद भट्ट
  • निर्माण संघको अध्यक्षमा श्याम ढकाल सहित पदाधिकारीको नाम घोषणा

    हेटौडा, १० असोज : निर्माण व्यवसायी संघ मकवानपुरको २१ औं साधरण सभा यही असोज १२ र १३ गते हुनेभएको छ । जसको नयाँ नेतृत्वको निम्ति पदाधिकारीहरुको नाम घोषणा गरिएको छ ।
    स्थानीय समाचार
    1524     ईहेटौंडा अनलाइन
5684628 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top