20 Nov 2018   |   
logo
मनोरञ्जन

मौलिक फिल्म “म्हेन्दू”: बिदेशमा प्रदर्शनको तयारीमा



मनोरञ्जन    40 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ कार्तिक १७ शनिवार  
१७, कार्तिक हेटौंडा : हिमाली जनजीविकाको यथार्थता चित्रण गर्ने मौलिक नेपाली चलचित्र म्हेन्दू प्रदर्शनको अन्तिम तयारीमा पुगेको छ । डोल्पा लगायतका विकट हिमाली जिल्लामा छायांकन गरिएको नेपाली कथानक चलचित्र “म्हेन्दू” सम्पादन लगायत सबै काम सकी प्रर्दशनको अन्तिम तयारीमा पुगेको निर्माता अर्जुन प्रसाद डोटेलले बताएका छन् ।

मौलिक फिल्म “म्हेन्दू”: बिदेशमा प्रदर्शनको तयारीमा


चलचित्र “म्हेन्दू” मा भोला दीप तिमल्सिना, रमेश सोडारी, दिपक डोटेल , सोनु राई, शान्ति घिसिङ्ग , राजकुमार श्रेष्ठ, बाबुराम शाक्य, बिन्दा थिङ्ग, कालु राना , प्रतीक्षा खतिवडा, लक्ष्मण देबकोटा , राम न्यौपाने लगाएतको उत्कृष्ट अभिनय रहेको छ ।

सुन्दर , प्यारो वा आफ्नो भन्ने अर्थ जनाउने चलचित्र म्हेन्दूको अब काठमाडौँ, डोल्पा ,पोखरा लगायत ठाउमा च्यारीटी शो गर्ने र त्यसपछि दक्षिण कोरिया ,अमेरिका, बेल्जियम, अस्ट्रेलिया, दुबई, कतार, मलेसिया, जापान लगायतका देशमासमेत प्रर्दशन गर्ने तयारी भइरहेको चलचित्रका कार्यकारी निर्माता चन्द्रमणि मुडभरीले बताएका छन् ।

करिब १ करोड लागतको हाराहारीमा बनेको चलचित्र “म्हेन्दू” मा निर्देशक देब नेपालको निर्देशन रहेको छ । त्यस्तै चन्द्रमणि मुडभरी कार्यकारी निर्माता हुन् भने बुद्धिमान तामाङ सह निर्माता, सुदीप डोटेलको प्रस्तुती, रोहित विक्रम कार्की छायाँकार र द्वन्द निर्देशक राजु किरातको हो ।

फिल्ममा भौगोलिक विकटताको कारण सामान्य औषधी उपचार नपाएर ज्यान गुमाउपर्ने हिमाली बस्तीका स्थानीयको वास्तविकतालाई देखाइएको छ । चलचित्र उच्च हिमाली भेगका रहन-सहन, रितिरिवाज, भेषभूषामा रंगीन पर्यटकीयस्थल र भौगोलिक सास्कृतिक सम्पदासँग जोडिएको छ । चलचित्रमा सरोज कोइरालाको संगीत रहेको छ ।

यसरी सौन्दर्ययुक्त प्राकृतिक काखमा लुटपुटिएको सचित्र दृष्यले भरिपूर्ण चलचित्र “म्हेन्दू” सायद यो नै नेपालको पहिलो हो। यसको सम्पादन कार्य तीब्र रुपमा भैरहेको छ र चाँडै नै बजारमा आउने पनि निर्माता डोटेलले जानकारी दिए । “म्हेन्दू” एक ऐतिहासिक रुपमा नै निर्माण भएको र यस चलचित्रले विश्व बजारमा नै दख्खल दिने पनि निर्माताको दाबी छ। चलचित्रलाई देव नेपालले निर्देशन गरेका हुन् ।







सम्बन्धित शिर्षक समाचारहरु
  • रोजगारी सृजना गर्ने आइडियामा ३ नम्बर प्रदेशले लगानी गर्छः मन्त्री दुलाल

    हेटौंडा,२७ साउनः बेरोजगारीको समस्या हल गर्ने किसिमका कुनै आइडिया छ भने त्यसमा ३ नम्बर प्रदेश सरकार लगानी गर्न तयार रहेको यस प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताएका छन् ।
    प्रदेश समाचार
    3728     ईहेटौंडा अनलाइन
  • बहसमा निजगढ विमानस्थल

    हेटौंडा : हामी अहिले विकास र वातावरणका कुरामा सैद्धान्तिक बहसमा अल्झिरहेका छौं । अहिलेका विकसित देशले ४० र ५० वर्षअघि जुन संरचना बनाए ती त्रुटिरहित थिएनन् । वातावरणको कुरा गर्दा पनि त्यतिखेर वातावरणको कुरा यसरी मुखरित भएको थिएन ।
    विचार/अन्तरवार्ता
    1629     हरि अधिकारी
  • खुल्यो सानिमा बैंकको ५९औं साखा किस्पाङ गाउँपालिकामा ।

    २५ जेष्ठ, नुवाकोट । सरकारले एक गाउँपालिकामा एक बैंक खोल्ने प्राबधान ल्याए संगै नुवाकोटको किस्पाङ गाउँपालिका ३ काहुले मा सानिमा बैंकले आफ्नो ५९ औं शाखा स्थापना गरेको छ ।
    अर्थ/बाणिज्य
    1610     -कृष्णप्रसाद भट्ट
  • निर्माण संघको अध्यक्षमा श्याम ढकाल सहित पदाधिकारीको नाम घोषणा

    हेटौडा, १० असोज : निर्माण व्यवसायी संघ मकवानपुरको २१ औं साधरण सभा यही असोज १२ र १३ गते हुनेभएको छ । जसको नयाँ नेतृत्वको निम्ति पदाधिकारीहरुको नाम घोषणा गरिएको छ ।
    स्थानीय समाचार
    1523     ईहेटौंडा अनलाइन
5684231 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top