18 Feb 2019   |   
logo
स्थानीय समाचार

एक्ला मानबहादुरको दुई महिनादेखि सडकमा बास



स्थानीय समाचार   नानीमैया विष्ट   २०७५ असोज २५ बिहीवार  
हेटौडा : उमेर सात दशक कटेका मानबहादुर नेपाली श्रीमती बितेपछि एक्लै भएका छन् ।

एक्ला मानबहादुरको दुई महिनादेखि सडकमा बास


उनी अहिले बेघरबार छन् । ४ भाइ छोराका धनी मान बहादुर बिखर्ची छन् । उनलाई माया गरेर खान दिनेहरुले पेट भरिदिएपनि बस्ने छानो नहुँदा उनको सडकमा रात बित्छ ।

 हाल कैलास गाउँपालिका साविक कालिकाटार गाउँ विकास समिति वडा न. ८ कटुन्जेका मान बहादुरलाई विहान बेलुका हेटौडा उपमहानगरपालिकाको सीमा चोकमा आँखा मिच्दै गरेका भेटिन्छन्। दिनभर कर्रा खोलाको नजिक तिर ज्याला मजदुरी गर्न गएपनि बेलुका सुत्न सीमा चोकको दक्षिणपटि पसलका पेटीमा आइपुग्छन् उनी ।

 पहाडमा भएका थोरै पाखोबारी बेचेर ९ वर्ष अघि श्रीमतीको उपचार गरेर रित्तिएका उनी छोराहरुले पनि साथ छोडिदिए । बल छउन्जेल ज्याला मजदुरी गर्दै कोठा भाडामा लिएर बसेका थिए । तर अब त्यो पनि गर्न नसकेपछि उनले कोठाको भाडा तिर्न सकेनन् । भाडा तिर्न नसकेपछि कोठा छोडेर ठूला घरका पेटीमा रात बिताउछन् ।

 नागरिकता भए बृद्धभत्ता आउथ्यो त्यो पनि छैन । नागरिकता बनाइदिन सहयोग गर्नेहरु नहुँदा उनी राज्यको सुविधाबाट बन्चित छन्। छोराहरु कहाँ छन् भन्दा उनी भन्छन्–“थाहा छैनन्, कहाँ बस्छन्,केगर्छन्, उनीहरुले खोजी गर्दैनन्, म खोज्न कहाँ जानु।” बृद्धआश्रमसम्म पुग्न पाए जाडो महिनामा राहत हुन्थ्यो उनी भन्छन्। तर त्यो स्थानसम्म पुग्न सक्ने वातावरण उनले पाएका छैनन्। यिनी त प्रतिनिधि पात्र मात्र हुन यस्ता मान बहादुरहरु अहिले हाम्रो टोल, समाजमा दिनानुदिन बढ्दै गइरहेका छन्।







सम्बन्धित शिर्षक समाचारहरु
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1645     हेटौंडा अनलाइन
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    1570     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1536     हेटौंडा अनलाईन संवाददाता
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1306     हेटौंडा अनलाइन
6104523 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top