15 Dec 2018   |   
logo
फोटो फिचर

फोटो फिचर : ६३ औँ प्रहरी दिवस



फोटो फिचर   ईहेटौंडा अनलाइन   २०७५ असोज २५ बिहीवार  
हेटौंडा : ६३ औँ प्रहरी दिवसको अवसरमा ३ नं प्रदेश प्रहरी कार्यालय हेटौंडाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल प्रहरीलाई पर्याप्त श्रोत साधन प्रदान गर्दै अझै दक्ष बनाउनुपर्नेमा जोड दिएका हुन् ।

फोटो फिचर : ६३ औँ प्रहरी दिवस


प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल प्रहरीलाई अझै दक्ष र सक्षम बनाउन आवश्यक रहेको बताएका छन् । प्रदेश ३ मा प्रहरी तालिम केन्द्रको स्थापना गरी कार्यन्वयनमा ल्याउने योजना रहेको उनको भनाई थियो । प्रदेश अनुसन्धान ब्युरोको स्थापना गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले प्रदेशका ६० भन्दा बढी इकाईमा नयाँ भवन निर्माण सुरु भइसकेको बताए । ६० वटा भवन निर्माण भएपछि नेपाल प्रहरीलाई कार्य गर्न अझ बढी सहज र सरल हुने उनले बताए । उनले प्रहरीले जनतासँगको समन्वयमा जोड दिई सफलताको शुभकामना समेत दिए ।




यस्तै प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मरकट्टेलले प्रदेश सरकारको क्षमताले भ्याएसम्म नेपाल प्रहरीलाई सक्षम र सुदृढ बनाउने दाबी गरे । प्रहरीसँगको सहकार्यमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले ऐन निर्माण गर्ने उनको भनाई थियो ।





प्रहरी दिवसको अवसरमा ३ नं प्रदेश प्रहरी कार्यालय हेटौंडाले विभिन्न प्रहरी एवं खेलाडीहरुलाई समेत सम्मान गरेको छ । उत्कृष्ट प्रहरीको रुपमा कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख /प्रहरी निरिक्षक वेदप्रसाद गौतमसहित दर्जनौँलाई सम्मान गरेको छ ।





३ नं प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरिक्षक दिपककुमार थापाको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रदेश ३ का मुख्य न्यायधिवक्ता सूर्यचन्द्र न्यौपाने, मकवानपुरका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपप्रमुख मीनाकुमारी लामा लगायतको आतिथ्यता रहेको थियो ।


सम्बन्धित तस्बिरहरु


सम्बन्धित शिर्षक समाचारहरु
  • के के मागियो बेलायती राजदुतसँग

    हेटौंडाः नेपालका लागि बेलायती राजदुत रिचर्ड मोरिसको स्वागत तथा छलफल कार्यक्रमको आयोजना गर्दै मकवानपुर उद्योग वाणिज्य संघले सहयोगको लागि अनुरोध गरेको छ ।
    स्थानीय समाचार
    44     २०७५ मंसिर २८ शुक्रवार
  • सुदूरपश्चिमका पहाडमा हिमपात, जनजीवन प्रभावित

    बैतडी : मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ।
    राष्ट्रिय समाचार
    50     २०७५ मंसिर २८ शुक्रवार
  • इञ्जिनीयर्स एशोसिएशनको निर्वाचन शुरु

    काठमाडौँ : नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन शुरु भएको छ ।केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६÷१६ पदका लागि चुनाव हुनलागेको हो । एशोसिएशनको कार्यकारिणी समितिको पदावधि दुई वर्षको हुने प्रावधान छ ।
    राष्ट्रिय समाचार
    38     २०७५ मंसिर २८ शुक्रवार
  • युवा पुस्ता विकृतिबिरुद्ध लाग्नुपर्छः पुलामी

    हेटौंडाः ३ नम्बर प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले समाजमा भईरहेको विकृति र विसंगतिको अन्त्यको लागी युवाहरु लागीपर्नु पर्ने बताएका छन् ।
    स्थानीय समाचार
    318     २०७५ मंसिर २७ बिहीवार
5727552 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top