15 Dec 2018   |   
logo
खेलकुद

अन्तरटोल वडाकपमा पारिजातको विजयी सुरुवात



खेलकुद    ईहेटौंडा अनलाइन   २०७५ असोज २४ बुधवार  
हेटौंडाः आशिष मानन्धर स्मृति प्रथम टोलस्तरीय वडा कप 7A साइड फूटबल प्रतियोगिताको ओपेनिङ्ग खेलमा पारिजात टोल विकास संस्थाले विजयी सुरुवात गरेको छ ।

अन्तरटोल वडाकपमा पारिजातको विजयी सुरुवात


श्रमिक टोल विकास संस्थाको १ गोलका विरुद्ध ४ गोल गर्दै पारिजातले विजयी सुरुवात गरेको हो । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा प्रतियोगिता सञ्चालन भएको हो । 

खेल उद्घाटन कार्यक्रममा नेकपाका नेता श्रीधर पोखरेलको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष तथा मदन भण्डारी स्मृति फाउन्डेशनका केन्द्रीय सदस्य नविन सिग्देल, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, कार्यालय सचिव राजन दाहाल (खुशराज), मकवानपुर जिल्ला फूटबल संघका अध्यक्ष टिकाराम लामा, सदस्य अतुल बर्मा, विमल टोनि, वडा सदस्य राजेन्द्र बस्ताकोटी, सन्तु रसाइली, मदन भण्डारी फाउन्डेशनका सानू लामा, नविन मिश्र, निरजसिंह ठकुरी लगायतको उपस्थिति रहेको थियो । 

प्रतियोगितामा ९ वटा टोल विकास संस्थाको टिमले सहभागिता जनाएको छ । प्रतियोगितामा प्रथम हुनेले ४० केजीको खसी र दोस्रो हुनेले ३० केजीको खसी प्राप्त गर्नेछन् ।







सम्बन्धित शिर्षक समाचारहरु
  • के के मागियो बेलायती राजदुतसँग

    हेटौंडाः नेपालका लागि बेलायती राजदुत रिचर्ड मोरिसको स्वागत तथा छलफल कार्यक्रमको आयोजना गर्दै मकवानपुर उद्योग वाणिज्य संघले सहयोगको लागि अनुरोध गरेको छ ।
    स्थानीय समाचार
    44     २०७५ मंसिर २८ शुक्रवार
  • सुदूरपश्चिमका पहाडमा हिमपात, जनजीवन प्रभावित

    बैतडी : मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ।
    राष्ट्रिय समाचार
    50     २०७५ मंसिर २८ शुक्रवार
  • इञ्जिनीयर्स एशोसिएशनको निर्वाचन शुरु

    काठमाडौँ : नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन शुरु भएको छ ।केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६÷१६ पदका लागि चुनाव हुनलागेको हो । एशोसिएशनको कार्यकारिणी समितिको पदावधि दुई वर्षको हुने प्रावधान छ ।
    राष्ट्रिय समाचार
    38     २०७५ मंसिर २८ शुक्रवार
  • युवा पुस्ता विकृतिबिरुद्ध लाग्नुपर्छः पुलामी

    हेटौंडाः ३ नम्बर प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले समाजमा भईरहेको विकृति र विसंगतिको अन्त्यको लागी युवाहरु लागीपर्नु पर्ने बताएका छन् ।
    स्थानीय समाचार
    318     २०७५ मंसिर २७ बिहीवार
5727839 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top