18 Feb 2019   |   
logo
खेलकुद

भोर्ले ‘ए’ले उचाल्यो साविक पदमपोखरी गाविस स्तरीय भलिबलको उपाधि



खेलकुद    ईहेटौंडा अनलाइन   २०७५ असोज २१ आइतवार  
हेटौंडाः हेटौंडा उपमहानगरपालिका–१२ नम्बर वडा कार्यालय तथा खेलकुद समिति हेटौँडा–१२ को आयोजनामा भएको साविक पदमपोखरी गाविस स्तरीय (हाल हेटौंडा–१२ र १३) पुरुष भलिबल प्रतियोगिताको उपाधिमाथि वडा नम्बर १२ को भोर्ले युवा क्लब ‘ए’ले कब्जा जमाएको छ ।

भोर्ले ‘ए’ले उचाल्यो साविक पदमपोखरी गाविस स्तरीय भलिबलको उपाधि


मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१२ स्थित हात्तीगौँडामा शनिबार भएको फाईनल खेलमा हात्तीगौँडा युवा क्बल ‘ए’लाई पराजित गर्दै भोर्लेले उपाधि जितेको हो ।

फाईनल खेलमा पहिलो सेट हात्तीगौँडाको पक्षमा आएपनि ४ सेट मध्ये ३ सेटमा हात्तीगौँडालाई भोर्लेले पराजित गरेको स्थानीय मनोज लामाले जानकारी दिएका छन् । उपाधि जितेसँगै भोर्ले ‘ए’ नगद २० हजारसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । यस्तै उपविजेता हात्तीगौँडा ‘ए’ ले नगद १० हजार सहित प्रमाण पत्र र मेडल प्राप्त गरेको छ । त्यस्तै हेटौँडा–१३ ले तेस्रो स्थानमा चित्त बुझाउँदै नगद ५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेको छ ।


बुद्ध मा.वि.ले प्रतियोगिताको अनुशासित टिम बन्दै एक हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्न सफल भयो । प्रतियोगिताको उत्कृष्ट खेलाडी भोर्ले ‘ए’का बुद्धिकृष्ण दंगाल र उत्कृष्ट सेटर हात्तीगौँडा ‘ए’ का राजन स्याङ्तान घोषित भएका छन् । उत्कृष्ट स्पाईकरका रुपमा हात्तीगौँडा ‘ए’ कै अमिर थिङ र उत्कृष्ट ब्लकर भोर्ले ‘ए’का प्रविण दंगाल र उत्कृष्ट डिफेन्सका रुपमा हात्तीगौँडा ‘ए’का मनोज लामा घोषित भएका छन् ।


विजेता, उपविजेता तथा अन्य उत्कृष्ट खेलाडीहरुलाई समापनमा कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा वडा नम्बर–१२ का वडाअध्यक्ष ललित घलान, वडा नम्बर–१३ का अध्यक्ष मनोजकुमार वाईबा, जनप्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु तथा राजनीतिक दलका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । असोज १८ गतेदेखि संचालित खेलमा वडा नम्बर १२ र १३ का विभिन्न टिमहरुको सहभागी थिए ।







सम्बन्धित शिर्षक समाचारहरु
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1645     हेटौंडा अनलाइन
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    1570     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1536     हेटौंडा अनलाईन संवाददाता
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1306     हेटौंडा अनलाइन
6104576 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top