21 Oct 2018   |   
logo
प्रदेश समाचार

विराटनगरको सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित



प्रदेश समाचार   66 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ असोज १४ आइतवार  
विराटनगर, १४ असोज सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको आज बसेको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सोसम्बन्धी प्रस्ताव पेश गरे ।



यसअघि प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम १०७(८) बमोजिम प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिले प्रस्तुत गरेको सिँचाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ को प्रतिवेदनमाथि भएको छलफलमा प्रदेशसभा सदस्य उमिता विक, राजकुमार ओझा र मोहम्मदताहिर मियाँले विधेयक सर्वोत्कृष्ट रहेकामा पूर्ण समर्थन जनाए । छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले ऐनलाई उत्कृष्ट बनाउन सात प्रदेशसभाका सदस्यले दर्ता गराएको संशोधन प्रस्तावपछि बनेको विधेयक निकै फलदायी छ भनेका छन् । 

यसअघि शून्य समयमा प्रदेशसभा सदस्य ज्योति सुब्बाले निजी अस्पतालमा चिकित्सकका कारण मृत्यु हुने बिरामीका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरे । प्रदेशसभा सदस्य सूर्यराज राईले प्रदेश नं १ को स्थायी राजधानी र नाम छिट्टै कायम गर्न प्रदेश सरकारको ध्यानाकर्षण समेत गराएका छन् । प्रदेशसभा सदस्य राधा थापाले विराटनगर महानगरपालिकामा ढल, नाला र खानेपानीको उचित प्रबन्ध मिलाउन प्रदेश सरकारको ध्यान जानुपर्ने बताए । 


(रासस) 







सम्बन्धित शिर्षक समाचारहरु
5539406 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top