18 Feb 2019   |   
logo
समाज

ढिस्कोले पुरिएर चारजना घाइते



समाज   ईहेटौंडा अनलाइन   २०७५ असोज ०७ आइतवार  
धादिङ , ७, असोज घर लिप्ने माटो खन्ने क्रममा एकै गाउँका ४ जना घाइते भएका छन् ।

ढिस्कोले पुरिएर चारजना घाइते


धादिङको नीलकण्ठ नगरपालिका–९, काफलपानीका ४ जना महिलाहरु नजिकै पर्ने निगालपानीमा माटो खन्ने क्रममा पहिरोले पुरिएर घाइते भएका छन् । टाउकोमा गहिरो चोट लागेका २५ वर्षका बालकुमारी गुरुङलाई हेलिकप्टर चार्टर गरी काठमाडौं टिचिङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक (एसपी) डम्बरबहादुर बिकले बताए । 

त्यस्तै २६ वर्षका नीरमाया गुरुङको ढाड र हातमा चोट लागेको र उहाँलाइ पनि काठमाडौं लगिएको बिकले जानकारी दिए । जिल्ला सदरमुकाम धादिङबेशीसम्म एम्बुलेन्समा ल्याइएको र उपचारपछि पनि बिरामीको अवस्था गम्भिर देखिएका कारण थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको जिल्ला अस्पताल धादिङका सूचना अधिकारी कृष्णलाल उप्रेतीले बताए । 


ढिस्को खसेर पुरिएका २० वर्षका कुलमाया गुरुङको हातमा चोट लागेको र अहिले जिल्ला अस्पताल धादिङमा उपचार भैरहेको स्थानीय रेखबहादुर गुरुङले बताए । त्यस्तै घाइते उषा गुरुङको मुरलीभञ्याङ स्वास्थ्य चौकीमा उपचार भैरहेको छ ।







सम्बन्धित शिर्षक समाचारहरु
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1645     हेटौंडा अनलाइन
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    1570     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1536     हेटौंडा अनलाईन संवाददाता
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1306     हेटौंडा अनलाइन
6104646 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top