21 Oct 2018   |   
logo
कला/साहित्य

तिमी रोइरहँदा मलामीलाई आगो लगाउन हतार हुनेछ



कला/साहित्य    119 पटक पढिएको   -कुमार समदर्शी    २०७५ असोज ०६ शनिवार  
हेटौंडा : ‘लौ लौ अबेर नगरौँ, भरे अबेर हुन्छ’ मेरा मलामी हतार गरिरहेका छन् । मलाई भने तुलसीको मोठ छेउमा टाउको दक्षिण, खुट्टा उत्तर पारेर सुताएका छन् । एउटा पातलो कपडा ओढाएका छन् । टाउको छेउमा अगरबत्ती बालिदिएका छन् र वातावरण सुवासमय भएको छ । मेरा आफन्त रोइरहेका छन् । कराइरहेका छन् ।

तिमी रोइरहँदा मलामीलाई आगो लगाउन हतार हुनेछ


कोही मेरा गुणको चर्चा गरिरहेका छन् । बाचुञ्जेल मेरा अवगुण मात्र देख्नेले मरेपछि मेरा सबै गुणमात्र देखिरहेका छन् । ‘यति छिट्टै मर्ने मान्छे त होइन । भगवानले पनि राम्रै मान्छेलाई मात्र चाँडै लैजान्छ । विचरा आँखामा हाल्दा पनि नबिझाउने, साह्रै जाति ।” के–के हो के–के रु


मलामी आउने क्रम जारी छ । कोहि पुरेत खोज्न कुद्दै छन् त कोहि हरियो बाँस खोज्न । कोहि लाहा भुट्दैछन् त कोहि शंख बजाउँदैछन् । घाट लैजानने तयारी हुँदैछ । म आँगनको एक कुनामा बसेर आफैँलाई घाटमा लैजान लागेको दृश्य हेरिरहेछु । जसलाई हिजो म भन्थेँ, त्यो म त मेरो आत्मा रहेछ र म जसलाई माया गर्दथेँ, त्यो केवल मेरो शरीर रहेछ । यसबेला म बाँचेको र शरीर मरेको छ ।


हिजोसम्म मेरा आफ्ना र आफन्त अनि शुभचिन्तकले मलाई हैन म रुपधारण गरेको मेरो शरीरलाई माया गरेका रहेछन् । ख्याल गरेका रहेछन् । म आफैँले पनि मेरो शरीरलाई माया गरेको रहेछु । म को थिएँ र किन आएँ अहिले बुझ्दैछु । म हिजो पनि एउटा आत्मा रहेछु र आज पनि शेष आत्मामै रहे । म कहाँ मरेको छु रु तर के गर्नु यी बाँचेकाहले मलाई मरेको ठानी रुवाबासी गरिरहेका छन् । म सबैलाई देखिरहेको छु । छुन खोज्छु र बोल्न खोज्छु तर सुन्दैन कसैले ।


मलाई मर्नु र बाँच्नुमा केहि फरक छैन तर किनकी म त सबै देखिरहेकोछु र सबैसँग पहिले जस्तैगरी रमाइरहेकोछु । एउटा भौतिक शरीर पो छैन मेरो । आत्मा त मसँगै छ । बाँच्नेहरुले पो मलाई बिर्सनेछन् । किनकी जीवित हुँदा आत्माको वास्ता हुने र मरेपछि शरीरको । बिस्तारै मेरो लाश हरिया बाँसमा कसिँदैछ । यसबेला सबै दुःखी देखिँदैछन् । हिजोका मेरा दुश्मन, शत्रु पनि शोकाकुल भएजस्ता देखिन्छन् । मलाई सत्तोसराप गर्ने पनि भावुक देखिन्छन् । यसबेला सबै भन्दा भावुक र पीडित मेरी प्रेमिका अनामिका देखिन्छे । ऊ पनि मेरो मृत्यु संस्कारमा मलामी जान आएकी छे । म उसको नजिक जान्छु र छुन खोज्छु तर उ भक्कानिएकी छे । भित्रभित्रै रोइरहेकी छे र कसैलाई आफ्नो प्रेमको अवसान भएको कुरा खुलेर व्यक्त गर्न सकेकी छैन । म भने एकतमास सबै दृश्य हेरिरहेको छु ।


मेरी अनामिका जस्तो लागे पनि सुहाउने आज एकरत्ति सुहाउँदी लागिरहेको छैन । किन हो कुन्नि मलाई उसको बढी माया लागेर आयो । म उसलाई सँगै लिएर जान चाहन्छु । चिच्याउँछु, कराउँछु तर अहँ उसले सुन्ने हैन । विचरी अनामिका, म जीवित हुँदा बेहद माया गर्दथेँ । मलाई एउटा नकाटेको चिठ्ठा थिई अनामिका । मैले उसलाई मनभर माया दिएर आफू उसमा समर्पण गरेको थिएँ । तर, उसले मेरो त्यो मायालाई वास्ता गरेकी थिई वा बेवास्ता मलाई कहिल्यै थाहा भएन । तर मलाई ऊ मेरै हो लाग्दथ्यो । मप्रति नै सर्मपित छे जस्तो लागेको थियो । नभनेकी मात्रै त होला भन्ने ठानेको थिएँ । तर आज एक्लै छु म र ऊ पनि एक्लै छे । हिजो जस्तै । आज म उसलाई देख्छु तर उसले म भनेर मेरो लाश मात्र देखिरहेकी छे ।


हरेक दृश्यमा मैले अनामिकालाई देखिरहेकोछु र अनामिकाको दृश्यबाट म हराइसकेको छु । एकहोरो शंख बजिरहेको छ र मलाई सेतो कपडाले बेरिसकिएको छ हरियो बाँसमा । अब पुरेतले केही विधिहरु गरेपछि मलाई घाटतर्फ लाने छन् र म हेर्दा हेर्दै खरानी हुनेछु । तब मेरो आत्मा एक्लो हुनेछ । म उनैलाई पछ्याउँदै आउन सक्छुकि सक्तिनँ थाहा छैन । एकपटक मर्ने हो । मरेको छु । बाँचेकासँग छुट्टिएर एक्लै वन बुट्टामा बस्ने होला यो आत्मा । भौतारिँदै । मेरो आत्मारुपी मन चसक्क भयो । अब म मेरी प्रेमिकाको साथमा रहन नपाउँने भएँ भनेर ।


कलेज पढ्दाताका भेट भएको थियो अनामिकासँग । गुलाबी रंगको कुर्ता, सेतो सुरुवाल र सेतै सलमा अत्यन्तै खुलेकी थिई । कपाल लामो थियो र एक फन्को फनक्क माथितिर बटारेर बाँधेकी हुन्थी । गोलो, बाटुलो अनुहार थियो र चिउँडोमा सानो खत थियो । हाँस्दा खोपिल्टो पर्ने देब्रे गाला साँच्चै मनमोहक लाग्दथ्यो उसको त्यो रुप । यति राम्री केटी जीवनमा पहिलोपटक देखेको थिएँ ।


म पहाडबाट आएको गाँउले केटो । खुट्टामा हात्तीछाप चप्पल । जडौरी पाइन्ट र सर्ट मेरो आङमा कतै मिलेका थिएनन् । त्यो समयमा उसलाई मन पराएको थिएँ । उसले के गर्दथी थाहा थिएन । हातमा २ वटा कुटको गाता भएको कापी बोकेर उसको पछि लाग्थेँ र उसको नजिक हुन खोज्थेँ । ऊ भने तर्की तर्की हिँड्थी । उसका केटी साथीको संगतबाट छुट्दिन थिई र छुट्नेबित्तिकै आफ्नै घर पुग्थी ।


प्रेम भन्ने चीज कस्तो अव्यक्तताबाट शुरु हुन्छ र कहिलेकाहिँ अव्यक्ततामै अन्त पनि हुँदोरहेछ । दुईटै आत्माले चाहँदाचाहँदै पनि प्रेम अनायस गुम्न पुग्दोरहेछ । यस्तो कठिन परिस्थितिबाट म पनि गुज्रिरहें । उनलाई के हुन्थ्यो मलाई थाहा नहुने । साँच्चै म कति माया गर्दथेँ उनलाई ।


तर आज ऊ मेरो मृत्युको खबर सुनेर दौडेर अब्यक्त प्रेमको खातिर आँशुको बलिदानी दिन आइपुगेकी छ । चिउँडोमा हात राखेर सुँक्कसुँक्क गरिरहेकी छ । सबैको ध्यान मेरो लाश माथि र म मरेको प्रति भएकाले ऊ को हो रु र किन रोई कसैलाई मतलब थिएन । मैले कलेजको एउटा कार्यक्रममा भनेको थिएँ ‘जब तिमीलाई कसैले धेरै चाहन्छ, त्यतिबेला तिमीले बुझ्न सक्दिनौ, जब तिमीले बुझ्न थाल्छेउ त्यतिबेला धेरै ढिला भइसकेको हुनेछ र ऊ तिमीबाट धेरै टाढा भइसकेको हुनेछ । फेरि तिम्रो जीवनमा आउनै नसक्ने गरी ।’ त्यो तिमी तिनै अनामिका थिइन् र कसै म स्वयं थिएँ । उसले विद्यार्थीको अघिल्लो पंक्तिमा बसेर मलाई नै सुनिरहेकी थिई ।


मनमा के लिएकी थिई, मलाई कहिल्यै भनिनँ । मैले त्योबेला भनेको थिएँ, ‘तिमी भन्दा पहिला म मरेँ भने मर्नु भन्दा पहिले १ चम्चा पानी पिलाइदिनु, सम्सान घाटमा जलाउनु भन्दा पहिला १ थोपा आँशु झारी दिनु है प्रिय, तिमीलाई शुभकामना छ ।’ यसरी मैलै जिन्दगीदेखि साह्रै बिरक्तिएर त्यो भनाई राखेको थिएँ । उसले कति बुझी या बुझिनँ, थाहा भएन । तर आज हामीबीच समयले निकै खाडल बनाइदियो । निकै ढिलो भयो अब । म अनामिकालाई धेरै माया गर्दथेँ र थाहा भयो विचरी अनामिका पनि मप्रति हुरुक्कै हुँदिरैछे ।


अनामिकाको त्यति राम्रो आँखाबाट आँशु बगिरहेको छ । सब मलाई हेरिरहेका छन् । म अनामिकालाई हेरिरहेको छु ।

आज म मरिसकेको छु । र, म मरेकोमा ज्यादै खुसी पनि छु । म मरेर दाम्लोबाट फुकेको गाई, सर्पको मुखबाट उम्केको भ्यागुतो र जेलबाट छुटेको कैदी जस्तो भएको छु । मेरा आफन्त एकतमास रोईरहँदा म भने खुशी भएको क्षण सायदै यही होला । दृश्य हेरेर मलाई पटकपटक जन्मन र मर्न मन लाग्यो । वास्तवमा मान्छे कहाँ मर्दो रहेछ र मेरो शरीरमात्र मरेको छ । म सब देखिरहेछु । तर पनि यस्तो नाथे शरीर छाडन मानिस किन डराउँछ रु यतिखेर मेरो लाश कति शान्त छ ।


रेडियोबाट नारायणगोपालको म मुर्दा भएको तिमी आज हेर गीत बजिरहेको सुनिन्छ । मृत्युमा के मिसिएको हुँदैन र मरेको मान्छेको अनुहारबाट मायाका किरण निस्कन्छ । त्यसैले मृत्युमा माया हुन्छ । करुणा निस्कन्छ । त्यसैले सबै मेरा आफन्त रोइरहेका छन् र बिलौना गरिरहेका छन् । मलाई भने यो संसारको कुनै तनावरहित मानिस कोही छ भने ममात्र छु, जस्तो लागिरहेछ । मेरो लाशको डोली घाटतर्फ लगिंदैछ । मलाई जलाउँन । कसैले मेरो डायरीमा जतनसाथ राखेको मान्यता हुमागाईले लेखेको एउटा गजलको कागज अनुपमालाई दिइरहेको छु । त्यहाँ लेखिएको थियो । 

भोलि बिहानै को, समाचार हुनेछ

मेरो लाश तिमिलाई उपहार हुनेछ

पक्कै यादहरुले सताउन खोज्दा

आशुहरुको बर्षात लगातार हुनेछ 

म हुनेछैन तिम्रो साथमा तर पनी 

तिम्रा अधुरा सपना साकार हुनेछ

कोहि अंगाल्नै पर्ने समय आईदेला

भनन प्रीय तिम्रो के बिचार हुनेछरु

तिमी रोउला सायद अरु रमाउलान

मलामिलाई आगो लाउन हतार हुनेछ

I -मान्यता हुमागाई I


प्रस्तुति : महेन्द्र ओझा 







सम्बन्धित शिर्षक समाचारहरु
5539412 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top