15 Dec 2018   |   
logo
स्थानीय समाचार

प्रदेशले कानुन निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको छ । -मुख्यमन्त्री



स्थानीय समाचार   ईहेटौंडा अनलाइन   २०७५ असोज ०६ शनिवार  
हेटौंडा : ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशले कानुन निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभएको छ । प्रदेश सरकारको संरचना नयाँ भएकोले सञ्चालनका लागि कानुन आवश्यक भएकोले कानुन निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो ।

प्रदेशले कानुन निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको छ ।  -मुख्यमन्त्री


नेपाल चेम्बर अफ कमर्स प्रदेश कमिटिस“ग हिजो भएको छलफलमा बोल्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार विकासको बाटो खोल्ने क्रममा रहेको बताउनुभयो । नेपालका प्रदेशहरुमध्ये ३ नम्बर प्रदेश महत्वपूर्ण भएकोले सबैले यसको गतिविधि नियालिरहेको बताउनुभयो ।  मुख्यमन्त्री पौडेलले निजि क्षेत्रस“गको सहकार्यमा आर्थिक समृद्धि हुने वातावरण बन्ने बताउनुभयो । प्रदेशका १३ वटा जिल्लाहरुमा उदाहरणीय कृषि उद्योगको स्थापना गरिने जानकारी दिनुभयो । नेपाल चेम्बर अफ कमर्सको ३ नम्बर प्रदेश संयोजक कमिटि संयोजक कृष्णमान श्रेष्ठको नेतृत्वमा विभिन्न जिल्लाका अध्यक्ष लगायतका पदाधिकारीहरुको टोली मुख्यमन्त्री पौडेललाई भेट्न पुगेका थिए । उनीहरुले प्रदेश सरकारस“ग सहकार्य गरी कार्य गर्न तयार रहेको बताएका थिए । त्यसैगरी व्यवसायका क्रममा परेका समस्याका विषयमा मुख्यमन्त्रीको ध्यानाकर्षण समेत गराएका थिए । उनीहरुले उद्योगहरुलाई अहिले पनि चन्दा र बन्दले नछोडेको बताए । कार्यक्रममा ३ नम्बर प्रदेशका नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतको पनि उपस्थिति रहेको थियो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • के के मागियो बेलायती राजदुतसँग

    हेटौंडाः नेपालका लागि बेलायती राजदुत रिचर्ड मोरिसको स्वागत तथा छलफल कार्यक्रमको आयोजना गर्दै मकवानपुर उद्योग वाणिज्य संघले सहयोगको लागि अनुरोध गरेको छ ।
    स्थानीय समाचार
    41     २०७५ मंसिर २८ शुक्रवार
  • सुदूरपश्चिमका पहाडमा हिमपात, जनजीवन प्रभावित

    बैतडी : मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ।
    राष्ट्रिय समाचार
    42     २०७५ मंसिर २८ शुक्रवार
  • इञ्जिनीयर्स एशोसिएशनको निर्वाचन शुरु

    काठमाडौँ : नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन शुरु भएको छ ।केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६÷१६ पदका लागि चुनाव हुनलागेको हो । एशोसिएशनको कार्यकारिणी समितिको पदावधि दुई वर्षको हुने प्रावधान छ ।
    राष्ट्रिय समाचार
    36     २०७५ मंसिर २८ शुक्रवार
  • युवा पुस्ता विकृतिबिरुद्ध लाग्नुपर्छः पुलामी

    हेटौंडाः ३ नम्बर प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले समाजमा भईरहेको विकृति र विसंगतिको अन्त्यको लागी युवाहरु लागीपर्नु पर्ने बताएका छन् ।
    स्थानीय समाचार
    297     २०७५ मंसिर २७ बिहीवार
5726322 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top