21 Oct 2018   |   
logo
स्थानीय समाचार

ज्ञानदीप शिक्षा निकेतन माविमा साहित्य गोष्ठी



स्थानीय समाचार   57 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ असोज ०६ शनिवार  
हेटौंडा,६,असोज; भैरव अर्यालको जन्मजयन्तीका दिन ज्ञानदीप शिक्षा निकेतन माविमा हाँस्यव्यङ्ग्य विशेष साहित्य गोष्ठी भएको छ ।



विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक दीपक गौतमको अध्यक्षता एवम् मकवानपुरका वरिष्ठ हाँस्यव्यङ्ग्यकार आरसी रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कक्षा १० की छात्रा अभिलाषा धितालले सहजीकरण गरेको कार्यक्रममा विद्यार्थीहरू सुमना न्यौपाने, प्रिन्सा प्रधान, टारवीरमण प्याकुरेल, रोजिना अधिकारी लगायतले कविता, गीत तथा प्रहसन प्रस्तुत गर्नुका साथै उन्नुर चौलागाईँले भैरव अर्यालको योगदानबारे चर्चा गरेकी थिइन् । कार्यक्रममा उपस्थित सम्पुर्ण साहित्यकारले नेपाली हाँँस्यव्यङ्ग्य साहित्यमा भैरव अर्यालको योगदानको चर्चा गर्नुका साथै आफ्ना व्यङ्ग्य रचना प्रस्तुत गरेका थिए ।

  विद्यार्थीलाई भैरव अर्याल तथा हाँस्यव्यङ्ग्य लेखनको विषयमा जानकारी गराउँदै हाँस्यव्यङ्ग्य मार्फत् सामाजिक विकृतिका विषयमा कलम चलाउन प्रेरित गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक दीपक गौतमले जानकारी दिए।

 








सम्बन्धित शिर्षक समाचारहरु
5539487 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top