21 Jan 2019   |   
logo
विचार/अन्तरवार्ता

भनाइ र गराई एउटै भएको व्यक्तित्व: श्यामप्रसाद



विचार/अन्तरवार्ता   नानीमैया विष्ट   २०७४ बैशाख २५ सोमबार  
हेटौंडा अनलाईन हामीमाझ अहिले धेरैथरीका महानुभावहरु पाइन्छ । अर्थात वरिपरि विभिन्न थरीका व्यवहार, विचार भएका मानिसहरुको झुण्ड छ भन्दा फरक पर्दैन । ती मध्ये दुईथरी मानिसलाई मात्र यहाँ चर्चाको विषय बनाइरहेको छु ।

भनाइ र गराई एउटै भएको व्यक्तित्व: श्यामप्रसाद


हामीमाझ अहिले धेरैथरीका महानुभावहरु पाइन्छ । अर्थात वरिपरि विभिन्न थरीका व्यवहार, विचार भएका मानिसहरुको झुण्ड छ भन्दा फरक पर्दैन । ती मध्ये दुईथरी मानिसलाई मात्र यहाँ चर्चाको विषय बनाइरहेको छु ।

एउटा हो बोल्ने मात्र काम नगर्ने । अर्थात मुखले एकखाले कुरा गर्ने र व्यवहार अर्को गर्ने । त्यस्तै अर्को हो जे आफूले गर्ने त्यो मात्र बोल्ने । यी मध्ये साँच्चै काम गर्ने र आफ्नो बोलाईप्रति इमान्दार हुनेहरुले आफ्नो व्यवहारमा पनि त्यहि किसिमको इमान्दारिता देखाउछन् । आफू वरिपरि रहेकाहरुलाई व्यवहारबाट विश्वस्त गराउछन् । तर बोलाई र गराईमा एकरुपता नहुने मानिसहरुले आफ्नो साथमा रहेकाहरुलाई केही समय भ्रममा पारेपनि अन्तत उ एक्लिने कुरामा दुईमत छैन । मैले यी कुरा किन गरिराखेको हो भने हामीमाझ यस्तो व्यक्तित्व हुनुुहुन्छ जसले जीवनमा जे भने त्यो गरे र जे गरे त्यो मात्र भने । मकवानपुरमा जन्मिएर नेपाली 

राजनीति र साहित्यमा  प्रगतिशील जग हाल्न उहाँलेको सयौं रचनाहरु बाहिर ल्याउनुभयो । समाज, राजनीति, साहित्य, बालबालिका, महिला, दलित, गरिब, किसान, मजदुर, भाषा, संस्कृति, अनुशासन, परिवार, कार्यशैली, आर्थिक लगायत तमाम विषयमा आफ्नो साना ठूला किताव नै लेख्नुभएको छ। त्यसो त उहाँको बारेमा र उहाँको कृतिको बारेमा अध्ययन अनुसन्धान गरेर डाक्टर बन्नेहरु पनि धेरै नै भइसकेका छन् । उहाँले जन्माउनु भएका संघसंस्थाहरुको सूची पनि लामो नै छ । पत्रकारिताको विषयमा पनि उहाँले चलाउनुभएको कलम सबैको लागि एउटा पाठ्यपुस्तककै रुपमा लिन सकिन्छ । नेपाली समाजको शोषित, उत्पीडित जनताका लागि लगाउनुभएको यि र यस्ता धेरै गुणहरु छन् जुन मेरो पुस्ताले चर्चा गर्दा अपुरो हुनजान्छ । 

अहिले मेरो चर्चाको विषय के हो भने, श्यामप्रसाद शर्मासँग जम्मा ३ पटक भेट्ने मौका पाए । पहिलोपटक हाम्रो प्रयास साप्ताहिकको कार्यालय उद्घाटनको समय र पछिल्लो पटक कुनै काम विशेषले काठ्माण्डौ जाँदा उहाँकै निवासमा । मिजासिला र सानो स्वरमा कुरा गर्ने उहाँको बानी रहेछ शुरुको भेटमा अक्क न बक्क भइयो । साना बालबालिका, किशोरकिशोरी, प्रौढ, बृद्धबृद्धा सबैतहका मानिससँग त्यहि किसिमको व्यवहार गर्ने र उनीहरुबाट सिकेका कुरा टिपोट गरिहाल्ने बानी रहेछ । पछिल्लो पटक उहाँको विषयमा सुनेको चर्चाले उहाँप्रति थप आकर्षित हुनु स्वभाविकै थियो । कुराकानीको क्रममा अझ नजिक रहेर कुनै विषय विशेषमा कुरा गर्दा फेदैबाट कुरा शुरु गर्ने र विषयवस्तुलाई सरल बनाई आफैले व्यवहारमा लागू गर्न सकिने गरी सुत्र बनाइदिनुहुदोरहेछ । आफैले आफूलाई नै अनुशासनमा राख्ने काम सबैभन्दा कठिन काम हो जस्तो मलाई लाग्छ । तर उहाँले आफैलाई आफूले नै नियमहरु बनाएर अनुशासनमा बाधेको देख्दा अचम्म लाग्यो । दैनिक जीवनव्यवहार अत्यन्त ठिक समयमा कामहरु गर्ने उहाँको बानि रहेछ । धेरै भन्दा धेरै व्यवहारिक कुराहरु आफैले प्रयोग गरेर त्यसलाई कितावको रुपमा उतार्ने र बाँकी पाठकहरुलाई नि प्रयोग गर्न उत्साहित गराउने नै उहाँको प्रमुख विशेषता पाएँ । अहिलेको समयमा न्यायोचित, राम्रो, सुसंस्कृत समाज स्थापना गर्न आवश्यक पर्ने आधारभूत जग भेटाउन मुश्किल छ ।। अहिले समाजको अगुवाई गर्छु भन्नेहरुले राजनीति र संस्कृतिलाई जग बिना नै अड्याउन खोजिरहेका छन् । जुन केही समय भव्य र सभ्य देखिएपनि अन्ततः कतै न कतै ढलिहाल्छ । तसर्थ समुन्नत राष्ट्र निर्माण गर्नु भनेको एउटा सुन्दर घर बनाउनु हो । त्यो सुन्दर घर बनाउन तम्सिनेहरुले जग पनि त्यहि किसिमले लगाउनुपर्छ भन्ने कुरा बिर्सनु भएन । मेरो विचारमा त्यो जग भनेको श्यामप्रसाद शर्मा हो , उहाँको कृतिहरु हो ।








सम्बन्धित शिर्षक समाचारहरु
  • ‘लोकतन्त्र नै संसारमा सबैभन्दा अलोकतान्त्रिक छ’

    हेटौंडा अनलाईन संवाददाता राजनीतिक संवादमा राजेश हमाल भन्छन्ः अमेरिका अनुहारमा पाउडर दलेर हिंडिरहेछ
    अन्तरवार्ता
    1549     हेटौंडा अनलाईन संवाददाता
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1508     हेटौंडा अनलाइन
  • माओबादी केन्द्रले मकवानपुरमा किन हार व्यहोर्नु पर्यो

    इश्वर न्यौपाने स्थानीय चुनाव २०७४ मा माओवादी केन्द्र मकवानपुरले अपेक्षाकृत नतिजा ल्याउन नसकेको कारण चुनाबी परिणाममा सन्तोष व्यक्त गर्न सकेको छैन। मकवानपुर जिल्लामा माओवादी केन्द्रले नराम्रोसँग हार व्यहोरेको छ ।
    विचार/अन्तरवार्ता
    1463     हेटौडा अनलाईन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1404     हेटौंडा अनलाईन संवाददाता
5995001 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top