21 Oct 2018   |   
logo
राष्ट्रिय समाचार

एनपीबीसीएलले नै बनाउने भो सुरुङमार्गः पावर चाइनासँग संयुक्त विकास सम्झौता



राष्ट्रिय समाचार   3096 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ भाद्र २१ बिहीवार  
हेटौंडा,२१ भदौः काठमाडौं–हेटौंडा सुरुङमार्ग यसको प्रवद्र्धक नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेड (एनपीबीसीएल)ले नै निर्माण गर्ने भएको छ ।

एनपीबीसीएलले नै बनाउने भो सुरुङमार्गः पावर चाइनासँग संयुक्त विकास सम्झौता


योजना सम्झौता गरेपनि लगानी अभावले लामो समयदेखि रोकिएको काठमाडौं–कुलेखानी–हेटौंडा सुरुङमार्ग निर्माणका लागि पावर चाइनाले ९५ प्रतिशत लगानी गर्ने सहमति भएसँगै सुरुङमार्ग निर्माण हुने आधार थपिएको हो ।

योजना निर्माणका लागि चिनियाँ कम्पनीसँग संयुक्त विकास सम्झौता (जेडीए) सम्पन्न भएको खबर कारोबार दैनिकमा छ । एनपीबीसीएल र चीनको पावर चाइना कम्पनीबीच यो सुरुङमार्ग परियोजनाको लगानी, विकास, वित्त व्यवस्थापन, आयोजना निर्माण तथा सञ्चालन व्यवस्थापनका लागि सहमति भएको हो ।


गत साता भएको जेडीएमा पावर चाइनाले परियोजनाको सम्पूर्ण लागतको ९५ प्रतिशतसम्म लगानी गर्ने सहमति गरेको एनपीबीसीएलले जनाएको छ । पावर चाइनाले ७५ः२५ अनुपातमा ऋण लगानीका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुबाट लगानीको व्यवस्थापन गर्ने जिम्मासमेत लिएको जनाइएको छ । 


पावर चाइनाले एनपीबीसीएलको विस्तृत प्राविधिक योजना पुनरावलोकन गरेको छ भने कम्पनी पछिल्लो ३० महिनादेखि पटकपटक आयोजना क्षेत्रको स्थलगत भ्रमण सम्पन्न गरिसकेको छ । पावरचाइनाले गत वर्षको पुसमा प्राविधिक प्रस्तावसमेत पेश गरिसकेको छ । पुनरावलोकन पश्चात यस परियोजनामा सडकको कुल लम्बाईमध्ये ४४ प्रतिशत सुरुङ तथा पुलले ओगट्ने छ । जसका कारण यो आयोजना अझै भूगर्भमैत्री रहने विश्वास कम्पनीले लिएको छ । कम्पनीले यो प्रविधि नेपालको कठिन पहाडी क्षेत्रका सडक पूर्वाधार निर्माणको क्षेत्रमा नयाँ युगको थालनी हुने विश्वास व्यक्त गरेको जनाएको छ । 



पावर चाइनासँग २०७२ पुसदेखि नै कम्पनीले लगातार आपसी छलफल तथा विचार विमर्श गरेको थियो । यसैको परिणामस्वरुप पूर्वाधार विकास कम्पनी लिमिटेडले पावर चाइनासँग गत वर्षको मे महिनामा चीनको बेइजिङमा बेल्ट एण्ड रोड इनिसिएटिभ सम्मेलनमा ईपीसी क्न्ट्र्याक्टमा हस्ताक्षर गर्न सफल भएको थियो । हस्ताक्षर समारोहमा तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री एवं हालका सभामुख कृष्णबहादुर महरासमेत सहभागी थिए ।


विश्वप्रसिद्ध पावर चाइना कम्पनीमा सिनो हाइड्रोलगायत ९८ वटा सहायक कम्पनीहरु रहेका छन् । नेपालमा समेत यो कम्पनी सिनो हाइड्रोमार्फत ३० वर्षदेखि जलविद्युत् तथा भौतिक पूर्वाधार निर्माण कार्यमा संलग्न छ । एनपीबीसीएल र पावर चाइनाबीच भएको सम्झौतापत्र नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र प्रदेश नं. ३ को सरकारसमक्ष पेश गरिसकेको छ । साथै, यस परियोजनामा केन्द्रीय सरकार र प्रादेशिक सरकारको पूर्ण सहयोग र समर्थन रहने विश्वास कम्पनीले लिएको जनाइएको छ । 


योजना सम्झौता गरी काम अघि बढाउन नसकेपछि सम्झौता खारेजको लागि केन्द्रीय सरकारसमक्ष अनुरोध गर्ने ३ नं. प्रदेश सरकारको योजना थियो । पहिलेको सम्झौता खारेज गरी प्रदेश सरकारले नै सुरुङमार्ग बनाउने यहाँका मुख्यमन्त्रीले जनाएका थिए ।





सम्बन्धित तस्बिरहरु


सम्बन्धित शिर्षक समाचारहरु
5539385 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top