+९७७-९८५५०१८११८
logo
कला साहित्य

लाल योद्धाको डायरी



कला साहित्य    128 पटक पढिएको   शिव पौडेल   २०७५ श्रावन ३० बुधवार  
शिव पौडेल प्रवासमा रहेर समाजमा विद्यमान बिकृति, विसंगती र अन्यायको बिरुद्ध कलम चलाउँदै आएका एक सर्जक हुन् ।

लाल योद्धाको डायरी


सुतेको थिएँ,

उठ भन्यौ

म उठेँ

उठेको मात्रै थिएँ

जुट भन्यौ

म जुटेँ

जुटेर मात्र हुन्न– लड भन्यौ

म लडेँ

अन्यायको विरुद्ध लडेँ

अत्याचारको विरुद्ध लडेँ

शोषण विरुद्ध, विभेद विरुद्ध 

शासन विरुद्ध, शासक बिरुद्ध 

सामन्तवाद विरुद्ध, साम्राज्यवाद विरुद्ध 

आदेशहरु मानिरहेँ

प्रत्येक कासनमा डटिरहेँ


मलाई उठ्न मन थिएन

मलाई जुट्न जाँगर थिएन 

मलाई लड्न रहर थिएन

शोषण दमन अन्याय अत्याचार

सहनु हुँदैन भन्ने पाठ पढायौ

र, तिमीले मलाई लड्न उक्सायौ

यति मात्र होइन– 

तिमीले मलाई धेरै कर गर्यौ

अझै त्यसमाथी मेरो भर पर्यौ

तिमीले पढाएको पाठ पढेर

तिमीले अर्हाएको बुद्धी बोकेर

तिम्रो आदेश शीरोपर गर्दै

म लडिरहेँ– डटिरहेँ ।


नीति सहि थियो कि थिएन 

थिती उपयुक्त हो कि होइन

बेला बखत के थियो

तिम्रो नियत बुझ्न चाहिनँ

तिमी भित्रको खोट के छ

कोट्याउन थालिनँ

बेला भयो भन्यौ

म बहकिएँ

जीत हाम्रो हुन्छ भन्यौ

म उत्साहित भएँ

तिमीले आदेश दिइरह्यौ

म अगाडी बढिरहेँ– डटिरहेँ


अनि 

एकदिन– 

तिमीले हतियार बुझाउ भन्यौ

मैले बुझाएँ

तिमीले अवकाश रोज भन्यौ

मैले रोजेँ

तिमीले घर जाउ भन्यौ 

म रुँदै फर्किएँ

शान्तिपूर्ण युद्धमा हाम्रो जीत हुन्छ भन्यौ

म ढुक्कसँग पत्याएँ

एकपटक– दुइपटक र तीनपटक

तिम्लाइ जिताएर पनि पठाएँ

तर खोइ जितेको हामीले ?

खोइ हामी गरिबीबाट मुक्त भएको ?

खोइ हाम्रो क्रान्ति ? 

कहाँ गयो तिम्रो क्रान्तिकारिता ?

कहाँ पुग्यो तिमीले देखाएको साम्यवादी सपना ?

जसका लागि– 

लाखौं लडे र हजारौं मरे !


: एक लालयोद्धाको डायरी पढेपछि लेखिएको कविता । (हालः मुम्बई)







सम्बन्धित शिर्षक समाचारहरु
  • ढिस्कोले पुरिएर चारजना घाइते

    धादिङ , ७, असोज घर लिप्ने माटो खन्ने क्रममा एकै गाउँका ४ जना घाइते भएका छन् ।
    समाज
    35     २०७५ असोज ०७ आइतवार
  • नेपाल महिला संघ खोटाङको उपहार सरकारलाई चश्मा

    खोटाङ , ७,असोज नेपाल महिला संघ खोटाङले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी पत्ता लगाउन र कानूनी कारबाही गर्न माग गर्दै प्रधानमन्त्रीलाई चश्मा उपहार पठाएको छ ।
    राष्ट्रिय समाचार
    35     २०७५ असोज ०७ आइतवार
  • घाँटी रेटी महिलाको हत्या

    बारा, ७,असोज बारामा घाँटी रेटी एकजना महिलाको हत्या भएको छ ।
    समाज
    79     २०७५ असोज ०७ आइतवार
  • तिमी रोइरहँदा मलामीलाई आगो लगाउन हतार हुनेछ

    हेटौंडा : ‘लौ लौ अबेर नगरौँ, भरे अबेर हुन्छ’ मेरा मलामी हतार गरिरहेका छन् । मलाई भने तुलसीको मोठ छेउमा टाउको दक्षिण, खुट्टा उत्तर पारेर सुताएका छन् । एउटा पातलो कपडा ओढाएका छन् । टाउको छेउमा अगरबत्ती बालिदिएका छन् र वातावरण सुवासमय भएको छ । मेरा आफन्त रोइरहेका छन् । कराइरहेका छन् ।
    कला साहित्य
    192     २०७५ असोज ०६ शनिवार
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top