20 Nov 2018   |   
logo
प्रदेश समाचार

रोजगारी सृजना गर्ने आइडियामा ३ नम्बर प्रदेशले लगानी गर्छः मन्त्री दुलाल



प्रदेश समाचार   3728 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ श्रावन २७ आइतवार  
हेटौंडा,२७ साउनः बेरोजगारीको समस्या हल गर्ने किसिमका कुनै आइडिया छ भने त्यसमा ३ नम्बर प्रदेश सरकार लगानी गर्न तयार रहेको यस प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताएका छन् ।

रोजगारी सृजना गर्ने आइडियामा ३ नम्बर प्रदेशले लगानी गर्छः मन्त्री दुलाल


१९औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज हेटौंडामा आयोजित एक सभालाई सम्बोधन गर्दै मन्त्री दुलालले यस्तो बताएका हुन् । युवा वैज्ञानिक प्रोत्साहन कोष अन्तर्गत प्रदेश सरकारले १० करोड रुपैयाँ रकम बजेट छुट्याएको जानकारी गराउँदै सामाजिक विसका मन्त्री दुलालले– प्रदेश सरकारले रोजगार सृजना गर्ने आइडियाका लागि सो रकम खर्चिने जानकारी गराएका थिए । 


कोषबाट युवाहरुको सृजना, प्रतिभामा लगानी गरिने मन्त्री दुलालको भनाई छ । युवाहरुमा नवीन सोच र रोजगार सृजना गर्ने योजना छन्, भने सामाजिक विकासको कुनैपनि क्षेत्रमा सो कोषमार्फत आवश्यकता अनुसार लगानी गर्न प्रदेश सरकार तयार रहेको उनले स्पष्ट पारेका छन् । 


मुलुकमा एकातिर बढ्दो युवा बेरोजगारी र अर्कोतर्फ हरेक क्षेत्रमा दक्ष जनशक्ति अभाव भइरहेको बारे कुरा गर्दै मन्त्री दुलालले यसैवर्ष प्रदेशमा चाहिने जनशक्तिको प्रक्षेपण गरिने बताए । प्रदेशमा कस्तो जनशक्ति कति आवश्यक छ सोही अनुसार तयार गर्ने किसिमको शिक्षाको पाठ्यक्रम विकास गरिने भन्दै मन्त्री दुलालले भने, “देश विकासका लागि जुन शक्ति चाहिएको हो, त्यस्तो हामीलाई पढाइएको छैन ।” अब व्यवहारिक र गुणस्तरीय शिक्षा दिनेतर्फ प्रदेश सरकारको ध्यान जाने उनको दावी छ । 


मन्त्री दुलालले युवाको परिभाषा उमेरसँग मात्र सिमित नगर्न पनि सुझाव दिए । युवा हुनका लागि युवा उमेरका साथै युवा सोच पनि जरुरी रहने उनको तर्क थियो । देश विकासका लागि गफभन्दा पनि काम गर्ने युवा चाहिएकोमा मन्त्री दुलालले जोड दिए । 


कार्यपत्र प्रस्तुत गर्दै शम्भु पौडेल र कार्यक्रमका अन्य अतिथिहरु

१९औं अन्तर्राष्ट्रिय युवा दिवस मुल आयोजक समितिका संयोजक तथा जिल्ला युवा समितिका अध्यक्ष सन्तोष चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा गुणस्तरीय र ब्यवहारिक शिक्षाको विषमा शम्भु पौडेल, रोजगारी उद्यमशीलता र सीप विकासबारे घरेलु तथा साना उद्योग कार्यालयका चन्दनकुमार अमात्य, युवा परिचालन, सहभागिता र नेतृत्व विकासको विषयमा जीवन शर्मा र खेलकुद तथा मनोरञ्जनको विषयमा राजन दाहालले प्रस्तुति दिएका थिए ।


कार्यक्रममा उपस्थित युवाहरुले विषयगत रुपमा कार्यपत्र प्रस्तुतकर्ता तथा सामाजिक विकास मन्त्री दुलाललाई सम्बन्धित प्रश्नहरु गरेका थिए ।





सम्बन्धित तस्बिरहरु
कार्यपत्र प्रस्तुत गर्दै शम्भु पौडेल र कार्यक्रमका अन्य अतिथिहरु


सम्बन्धित शिर्षक समाचारहरु
  • रोजगारी सृजना गर्ने आइडियामा ३ नम्बर प्रदेशले लगानी गर्छः मन्त्री दुलाल

    हेटौंडा,२७ साउनः बेरोजगारीको समस्या हल गर्ने किसिमका कुनै आइडिया छ भने त्यसमा ३ नम्बर प्रदेश सरकार लगानी गर्न तयार रहेको यस प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताएका छन् ।
    प्रदेश समाचार
    3729     ईहेटौंडा अनलाइन
  • बहसमा निजगढ विमानस्थल

    हेटौंडा : हामी अहिले विकास र वातावरणका कुरामा सैद्धान्तिक बहसमा अल्झिरहेका छौं । अहिलेका विकसित देशले ४० र ५० वर्षअघि जुन संरचना बनाए ती त्रुटिरहित थिएनन् । वातावरणको कुरा गर्दा पनि त्यतिखेर वातावरणको कुरा यसरी मुखरित भएको थिएन ।
    विचार/अन्तरवार्ता
    1629     हरि अधिकारी
  • खुल्यो सानिमा बैंकको ५९औं साखा किस्पाङ गाउँपालिकामा ।

    २५ जेष्ठ, नुवाकोट । सरकारले एक गाउँपालिकामा एक बैंक खोल्ने प्राबधान ल्याए संगै नुवाकोटको किस्पाङ गाउँपालिका ३ काहुले मा सानिमा बैंकले आफ्नो ५९ औं शाखा स्थापना गरेको छ ।
    अर्थ/बाणिज्य
    1610     -कृष्णप्रसाद भट्ट
  • निर्माण संघको अध्यक्षमा श्याम ढकाल सहित पदाधिकारीको नाम घोषणा

    हेटौडा, १० असोज : निर्माण व्यवसायी संघ मकवानपुरको २१ औं साधरण सभा यही असोज १२ र १३ गते हुनेभएको छ । जसको नयाँ नेतृत्वको निम्ति पदाधिकारीहरुको नाम घोषणा गरिएको छ ।
    स्थानीय समाचार
    1524     ईहेटौंडा अनलाइन
5684508 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top