21 Oct 2018   |   
logo
प्रदेश समाचार

हेटौंडा घोषणापत्र जारी गर्दै सकियो जनजाति पत्रकारको भेला



प्रदेश समाचार   55 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ श्रावन ०५ शनिवार  
हेटौंडा,५ साउनः फोनिज ३ नम्बर प्रदेशको हिजो शुक्रबारबाट हेटौंडामा सुरु भएको भेला ७ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै आज सकिएको छ ।

हेटौंडा घोषणापत्र जारी गर्दै सकियो जनजाति पत्रकारको भेला


भेलाले राज्यद्वारा उपेक्षित र औपचारिकतामा मात्र सिमित पारिएका आदिवासी जनजातिको मातृभाषामा प्रकाशित पत्रपत्रिका र प्रसारित रेडियो तथा टेलिभिजन कार्यक्रमलाई प्रोत्साहन र प्रभावकारिताका लागि छुट्टै अधिकार सम्पन्न आदिवासी जनजाति तथा समावेशी सञ्चार विकास प्रतिष्ठान गठन गर्न सरकारसँग माग गरेको छ । 


साथै आदिवासी जनजाति, लोपोन्मुख तथा अल्पसंख्यक, सीमान्तकृत, महिला, अपाङ्गता, दलित, मधेसी आदि समुदायका पत्रकारितामा क्रियाशील पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि तालिम तथा अध्ययन भ्रमणको व्यवस्था गर्न सरकारसँग माग समेत गरेको छ । 

सरकारद्वारा पारित श्रमजीवी पत्रकारहरुको न्युनतम पारिश्रमिक तत्काल प्रदान गर्न माग गर्दै श्रमको उचित सम्मान गर्न पनि घोषणापत्रमा आग्रह गरिएको छ । 


भेलाले जारी गरेको ७ बुँदे घोषणा पत्र

प्रदेश सञ्चार कानून तथा नीति समावेशी र आमसञ्चारको प्रवद्र्धन र श्रमजिवी पत्रकारहरुको हितमा निर्माण गर्न प्रदेश सरकारसँग माग गर्दै भेलाले जनजाति बाहुल्य रहेको मकवानपुरको पछाडी परेको जनजाति समुदायको आवाजहरु बाहिर ल्याउन स्थानीय सञ्चारमाध्यमहरुलाई आग्रह समेत गरेको छ ।


जनजाति बाहुल्य रहेको प्रदेश ३ को नामाकरण गर्दा नाम नेवा–ताम्सालिङ राख्न भेला माग गर्दै घोषणा पत्रमा सरकारी तथा निजी सञ्चार माध्यमहरुमा बहुलता र समावेशी समाचार कक्ष स्थापना गर्नुपर्ने समेत माग गरेको छ । 


सञ्चारमा आदिवासी जनजातिको भाषा, संस्कृति–परम्परा र राजनीतिक मुद्दाहरुलाई प्राथमिकता दिई निष्पक्ष रुपमा प्रसारण र प्रकाशनको व्यवस्था गरी पूर्ण समावेशी संचार नीति लागु गर्नुपर्ने फोनिजको ठहर छ ।





सम्बन्धित तस्बिरहरु
भेलाले जारी गरेको ७ बुँदे घोषणा पत्र


सम्बन्धित शिर्षक समाचारहरु
5539463 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top