21 Oct 2018   |   
logo
प्रदेश समाचार

मुख्यमन्त्रीलाई जनजाति पत्रकारको ज्ञापन



प्रदेश समाचार   67 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ श्रावन ०५ शनिवार  
हेटौंडा,५ साउनः नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ३ नम्बर प्रदेशले यहाँका मुख्यमन्त्री डोरमणि पौडेललाई विभिन्न माग राखेर ज्ञापन पत्र बुझाएको छ ।

मुख्यमन्त्रीलाई जनजाति पत्रकारको ज्ञापन


फोनिज प्रदेश समितिद्वारा आयोजित सञ्चारसँग प्रदेश सरकार सम्बन्धित ऐन कानून र समावेशी सवाल बिषयक हेटौंडामा आयोजित प्रदेशस्तरीय कार्यशाला गोष्ठीमा प्रदेश ईन्चार्ज समीर बलामीले १७ बुँदे मागसहित मुख्यमन्त्री पौडेललाई ज्ञापन पत्र बुझाएका हुन् । 


ज्ञापनपत्रमा तामाङ र नेवार जातिको बाहुल्यता भएको प्रदेश भएकाले पहिचान सहितको प्रदेश नामाकरण गरी ताम्सालिङ नेपामण्डल राख्न अनुरोध गरिएको छ ।

‘सरकारी विज्ञापनलाई समावेशी नीति अपनाई सबैलाई समान रुपमा वितरण गर्ने र आदिवासी जनजातिमूलका भाषागत संचार माध्यमलाई विशेष प्रथामिकता दिन माग गर्दै आदिवासी जनजाति मूलका भाषागत सञ्चार माध्यमलाई जोगाई राख्न आवश्यक सहकार्य तथा सहयोग गर्न समेत आग्रह गरिएको छ ।


‘एक वडा, एक पत्रकारको रुपमा प्रदेश ३ लाई चिनाउन स्थानीय तहसँग मिलेर आधारभूत पत्रकारिता तालिमको व्यवस्था गर्ने र वडागत रुपमा सत्य तथ्य सुचना प्रशारण गर्ने गराउने व्यबस्था मिलाउन पनि ज्ञापनपत्र मार्फत् माग गरिएको छ ।


प्रदेश ३ आदिवासी जनजातिहरुको बहुल्यता भएको प्रदेश भएको कारण प्रदेश भित्रका रेडियोहरुमा कम्तिमा १÷१ पटक तामाङ र नेवारी भाषामा समाचार प्रशारण गर्न प्रेरित गर्नुपर्ने भन्दै सरकारी तहमा वा कुनैपनि सरकारी कामकाजका लागि पत्रकार तथा प्रेस सल्लाहकारहरु नियुक्ती गर्दा आदिवासी जनजाति मूलका पत्रकारहरुलाई प्रथमिकता दिनुपर्ने माग गरिएको छ ।


‘प्रदेश भित्रका आदिवासी जनजातिहरुको कला, संस्कृति झल्कने धरोहरहरुको बचाऊ तथा संरक्षण र आदिवासी जनजातिको पहिचान भाषा, भेषभुषा, रितिरिवाज जोगाई राख्न अभियान तथा कार्यक्रम संचालन गर्नुपर्ने छ,’ विज्ञप्तीमा भनिएको छ, ‘चौमासिक, अर्धबार्षिक वा बार्षिक रुपमा प्रदेश सभा तथा प्रदेश सरकारसँग नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज) संवाद कार्यक्रम संचालनमा सहकार्य तथा सहयोग गर्न आग्रह गरिन्छ ।’


आदिवासी जनजाति तथा अन्य पत्रकारहरुका लागि पुरस्कार तथा सम्मान, उपचारमा सहयोग, स्वास्थ्य विमा लगायतका कार्यक्रमहरुमा सहकार्य र सहयोग गर्नुपर्ने, प्रदेशको सबै जिल्ला र राजधानीमा आदिवासी जनजाति साँस्कृति संस्थानको स्थापना गरि सबै जाति र समुदायको कला, संस्कृति प्रदर्शन, प्रवद्र्धन र संरक्षण गर्दै आदिवासी जनजाति म्युजियम(संग्राहलय) स्थापना गर्न समेत माग गरिएको छ ।


फोनिज मकवानपुरले समन्वय गरेको कार्यक्रममा भुमी व्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रदेश सांसदहरु कुमारी मोक्तान, जीवन डंगोल, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डण्ड गुरुङ्ग, नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष प्रताप विष्ट लगायतले समावेसी सिद्धान्तलाई कार्यान्वयन गर्दै आदिवासी जनजातिका भाषा, पहिरन, साँस्कृतिको संरक्षण र जगेर्ना गर्न सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए ।







सम्बन्धित शिर्षक समाचारहरु
5539392 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top