21 Jan 2019   |   
logo
प्रदेश समाचार

माछाको विमा हुन सकेन सरकारी कार्यक्रम कागजमा मात्र



प्रदेश समाचार   भानुभक्त आचार्य   २०७५ श्रावन ०५ शनिवार  
हेटौंडा, ५ साउन । दुईबाली धान फल्ने खेत मासेर पोखरी खनेका मकवानपुरको मनहरी गाउँपालिकाका माछापालक किसानले माछाको बीमा गर्न सकेका छैनन् । सरकारले कृषि बीमा लागू गरेको ५ बर्ष बितिसक्दा पनि किसानले माछाको बीमा गर्न नसकेका हुन् ।

माछाको विमा हुन सकेन सरकारी कार्यक्रम कागजमा मात्र


मत्स्यपालन व्यवसायी संघका केन्द्रीय सदस्य समेत रहेका स्थानीय माछापालक किसान रामहरि बिष्टले माछाको बीमा गर्न निकै कठिन रहेको बताए। मनहरी गाउँपालिका– ४ मसिनेमा एक सय भन्दा बढी किसानले माछापालन सुरु गरेपछि गाउँपालिकाले माछा ब्लक बनाउने तयारी गरिरहेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । वनजंगलमा कन्दमूल खोजेर जीबिकोपार्जन गर्ने सीमान्तकृत वनकरिया समुदायले पनि धान खेत मासेर माछा पाल्न थालेपछि मसिनेलाई माछा ब्लक बनाउने योजना अघि सारिएको गाउँपालिका अध्यक्ष उप्रेतीले बताए । अध्यक्ष उप्रेतीले भने–मनहरीको पहिचान भनेकै माछा र तामा हो । अब स्थानीय युवालाई माछापालन गर्न गाउँपालिकाले सहयोग गर्ने र चुरे क्षेत्रको खहरे नियन्त्रण गर्न बाँस रोप्ने र त्यसबाट तामा उत्पादन गरी निर्यात गर्नुपर्छ ।

७ बर्षदेखि माछापालन सुरु गरेको मसिनेमा अहिलेसम्मा सय भन्दा बढी किसानले धानखेत मासेर माछापोखरी खनेको ब्लकका सचिव हरिकृष्ण बिष्टले बताए । ७ बर्षअघि मनहरी विकास संस्था (एमडीआई) ले रैथाने माछा संकटमा परेको भन्दै संरक्षण गर्न र व्यावसायिक माछापालन गर्न गाउँमा अनुसन्धान केन्द्र स्थापना गरेपछि स्थानीय किसानलाई माछामा लगाव बढाएको हो ।

 माछा पालेर मात्रै भएन, किसानले बढी भन्दा बढी आम्दानी लिन सक्ने वातावरण पनि बनाउनु पर्छ–एमडीआईका कार्यकारी प्रमुख खोपनारायण श्रेष्ठले भने । प्रधानमन्त्री आधुनिक कृषि कार्यक्रम अन्तर्गत मसिनेमा माछा ब्लक स्थापना गरिएको ब्लकका अध्यक्ष सानुकान्छा तितुङले बताए । 

मनहरी गाउँपालिकाले स्थानीय माछापालक किसानलाई माछापालन तालिम प्रदान गरेका छ । शुक्रबार र शनिबार भएका तालिममा स्थानीय ४० जना किसानको सहभागिता रहेको थियो । 

शुभबिहानी मत्स्यपालन व्यवसायिक (ब्लक) समितिको समन्वयमा गाउँपालिकाले किसानलाई माछापालनसम्बन्धी प्राबिधिक तालिम प्रदान गरेको हो ।  मत्स्य विकास केन्द्र हेटौंडाका अधिकृत प्रसान्त सापकोटा, प्रास अबधेशकुमार सिंह, एमडीआईका कार्यकारी प्रमुख खोपनारायण श्रेष्ठलगायतले तालिममा सहजीकरण गरेका थिए । 

राप्तीखोलामा ३७ प्रजातिका रैथाने माछा फेला परेको एमडीआईले गरेको एक अध्ययनमा देखिएको छ । बिगतमा कति प्रजातिका माछा थिए भन्ने बिषयमा कतै पनि अध्ययन नभएको एमडीआईका कार्यकारी निर्देशक श्रेष्ठले बताए । मनहरी गाउँपालिका–३ ठाडेखोलामा पनि एक सय भन्दा बढी पोखरी खनिएको छ । त्यस्तै सुनाचुरीमा पनि व्यावसायिक माछापालन सुरु भएको छ ।








सम्बन्धित शिर्षक समाचारहरु
  • ‘लोकतन्त्र नै संसारमा सबैभन्दा अलोकतान्त्रिक छ’

    हेटौंडा अनलाईन संवाददाता राजनीतिक संवादमा राजेश हमाल भन्छन्ः अमेरिका अनुहारमा पाउडर दलेर हिंडिरहेछ
    अन्तरवार्ता
    1551     हेटौंडा अनलाईन संवाददाता
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1509     हेटौंडा अनलाइन
  • माओबादी केन्द्रले मकवानपुरमा किन हार व्यहोर्नु पर्यो

    इश्वर न्यौपाने स्थानीय चुनाव २०७४ मा माओवादी केन्द्र मकवानपुरले अपेक्षाकृत नतिजा ल्याउन नसकेको कारण चुनाबी परिणाममा सन्तोष व्यक्त गर्न सकेको छैन। मकवानपुर जिल्लामा माओवादी केन्द्रले नराम्रोसँग हार व्यहोरेको छ ।
    विचार/अन्तरवार्ता
    1463     हेटौडा अनलाईन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1405     हेटौंडा अनलाईन संवाददाता
5995087 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top