21 Oct 2018   |   
logo
प्रदेश समाचार

घाईते पत्रकारको उपचारका लागि फोनिजको सहयोग



प्रदेश समाचार   72 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ श्रावन ०५ शनिवार  
हेटौंडा,५ साउनः बुधबार बेलुकी बाग्लुङ्गमा भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पत्रकार उजिर मगरको उपचारमा सहयोग पु¥याउने उद्देश्यले नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), ३ नं. प्रदेशले रकम संकलन गरेको छ ।

घाईते पत्रकारको उपचारका लागि फोनिजको सहयोग


हिजो जनजाति पत्रकारहरुको प्रदेश स्तरीय गोष्ठीको शिलशिलामा हेटौंडामा भेला भएका फोनिज ३ नं. प्रदेश आबद्ध सहभागीहरुले पत्रकार मगरको उपचारका लागि रकम संकलन गरी आजै फोनिजका केन्द्रीय अध्यक्ष दण्ड गुरुङलाई हस्तान्तरण गरेका हुन् । 


कार्यक्रममा सहभागी मकवानपुरसहित, धादिङ, रामेछाप, सिन्धुली, काठमाडौं, चितवन लगायत जिल्लाका प्रतिनिधिहरुबाट संकलित २३ हजार ५ सय रुपैयाँ रकम फोनिजका केन्द्रीय अध्यक्ष गुरुङलाई हस्तान्तरण गरेका थिए । 


नेपाल पत्रकार महासंघका पूर्व महासचिवसमेत रहेका मगरसँगै अन्य चार यात्रु चढेको ध १ ज १४९ नम्बरको जीप बाग्लुङ्गको गलकोट रिघामा बुधबार बेलुकी दुर्घटना भएको थियो । दुर्घटनामा मगरको दायाँ आँखा, निधार र वायाँ हातमा चोट लागेको थियो । 


घाईतेहरुलाई बाग्लुङ्ग गलकोटको आरोग्य अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि काठमाडौं लगिएको थियो । पत्रकार मगर हाल काठमाडौंस्थित ग्र्याण्डी अस्पतालमा उपचाररत छन् । 







सम्बन्धित शिर्षक समाचारहरु
5539369 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top