+९७७-९८५५०१८११८
logo
धार्मिक

यस्तो छ, पाइलटबाबाको तपस्यास्थल– त्रिखण्डीश्वर महादेबको मन्दिर



धार्मिक   266 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ श्रावन ०४ शुक्रवार  
हेटौंडाः हेटौंडा बजारबाट ७ किलोमिटर उत्तरतर्फ पर्छ, त्रिखण्डीश्वर महादेबको मन्दिर ।

यस्तो छ, पाइलटबाबाको तपस्यास्थल– त्रिखण्डीश्वर महादेबको मन्दिर


त्रिभुबन राजपथ अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर १ टौबासमा यो मन्दिर अवस्थित छ । रामपुरीबाबाले तपस्या गरेको यस क्षेत्रमा प्राकृतिक शिलालाई नै महादेब मानेर पुजा गर्ने प्रचलन रहेको छ । 


सयौं बर्ष पुरानो यो मन्दिर राप्ती नदिको छेउमा अबस्थित छ । मन्दिर सानो ढिस्को माथि निर्माण गरीएको  छ । नदि छेउको पुरानो मन्दिरमा मानिसहरुले आस्था अनुसार पुजा गर्ने गर्दछन् । 


खोला वारी सडक छेउमा रहेको मन्दिरमा पुजा गर्न मुल पुजारीको रुपमा  खप्परबाबालाई नियुक्त गरीएको छ । सडक माथि अष्टगोपाल शिब मन्दिर रहेको छ । रामपुरी बाबाले यहि क्षेत्रमा बसेर  तपस्या गरेको पुजारी सुदर्शन गिरी बताउनु हुन्छ ।  


खोलामा बाढि आउने भएपछि २०३१ सालमा रामपुरी बाबाले खोला वारी सडक छेउमा त्रिखण्डीश्वर महादेबको अर्को प्यागोडा शैलीमा मन्दिर बनाउनु भएको थियो । यहाँ बिहान बेलुका नित्य पुजा र साँझमा आरती गरीन्छ। हरिबोधनी एकादशीका दिन नदिको छेउको मन्दिरमा ठुलो मेला लाग्दछ । शिबरात्रिका दिन पनि दुबै मन्दिरमा बिशेष पुजा आजा गरिन्छ ।


त्रिखण्डीश्वर मन्दिरबाट हेर्दा सडकछेउमा देखिएको ध्यान केन्द्र ।

त्रिखण्डीश्वर महादेब मन्दिर क्षेत्रमा रामपुरी बाबा र हरि गिरी बाबाको समाधिस्थल पनि रहेको छ । यसै स्थान नजीक ८० बर्ष देखि निरन्तर अखण्ड शिब धुनी पनि बालिँदै आएको छ । चर्चीत बाबा “पाईलट बाबा” पनि बेलाबेलामा यसै मन्दिरमा आएर बस्ने गर्नु भएको छ । यस मन्दिरमा पुजा गरे पछि चिताएको कुरा पुरा हुने बिश्वास गरिन्छ । भाकल राख्नेहरु भाकल पुरा भएपछि आएर पुजा गर्ने गरेका छन् । यहाँ बैबाहिक कार्य पनि गरिन्छ ।


यस मन्दिरमा पुजा गर्न तराईका जिल्लाहरु र भारतबाट समेत भक्तजनहरु आउने गरेका छन् । प्रत्येक शनिबार पिकनिकको लागि मकवानपुर लगायत बारा, पर्सा, रौतहट लगायतका जिल्लाबाट मानिसहरु आउने गरेका छन् । मन्दिरको संरक्षण र प्रबद्र्धन गर्न त्रिखण्डीश्वर महादेब मन्दिर समिति पनि गठन गरिएको छ । 


यस मन्दिरमा भारतबाट शिबरात्री र अन्य अबसरमा साधु सन्तहरु आउने गरेका छन् । 

यसै स्थानमा अहिले ध्यान साधना केन्द्रको पनि स्थापना गरिँदै छ । पुरानो मन्दिर नजिकै राप्ती नदी छेउमा पाईलट बाबाको पहलमा ५ तलाको सुबिधा सम्पन्न ध्यान साधना केन्द्र भबन निर्माण भईरहेको हो । 


खोला वारी र पारी रहेको मन्दिर जान ब्यबस्थीत पुल नहुँदा भक्तजनलाई समस्या हुने गरेकोमा अहिले झोलुङ्गेको निर्माण गर्ने तयारी भइरहेको छ । 

४ बिगाहा जमिनमा फैलिएको यो मन्दिर क्षेत्रमा ५ वटा मन्दिर, २ वटा समाधि स्थल र १ वटा अखण्ड शिब धुनी रहेको छ ।  मन्दिर क्षेत्रमा रुद्राक्ष र आँपको बगैचा पनि रहेको छ । चिसो हावापानी हरियाली बातावरणले यहाँ पुग्ने जो कोहीलाई पनि आनन्दीत तुल्याउँछ । मन्दिर नजिकै रहेको प्राकृतिक झरनाले पनि पर्यटकलाई लोभ्याउने गरेको छ ।





सम्बन्धित तस्बिरहरु
त्रिखण्डीश्वर मन्दिरबाट हेर्दा सडकछेउमा देखिएको ध्यान केन्द्र ।


सम्बन्धित शिर्षक समाचारहरु
  • रोजगारी सृजना गर्ने आइडियामा ३ नम्बर प्रदेशले लगानी गर्छः मन्त्री दुलाल

    हेटौंडा,२७ साउनः बेरोजगारीको समस्या हल गर्ने किसिमका कुनै आइडिया छ भने त्यसमा ३ नम्बर प्रदेश सरकार लगानी गर्न तयार रहेको यस प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताएका छन् ।
    प्रदेश समाचार
    3336     ईहेटौंडा अनलाइन
  • गितावर आधारभुत बिद्यालय समुदायलाइ हस्तान्तरण

    बकैया,१० फागुन मकवानपुर । पूर्बी मकवानपुरको बकैया गाउँपालिका पावसस्थित विद्यालयको नवनिर्मित भवन बिद्यालयलाइ हस्तान्तरण गरेको छ ।
    शिक्षा/स्वास्थ्य
    2068     यादव चौलागाईं
  • जो आएपनि गर्नैपर्ने कामहरु हामीले गरेका हौँ

    हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले ल्याएका योजनाहरु कार्यान्वयनको सन्दर्भमा पटक– पटक व्यवसायीहरुले विरोध जनाउँदा योजना कार्यान्वयनमा समस्या देखिने गरेको छ । यिनै विषयहरुमा केन्द्रित रहेर हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामासँग गरिएको संक्षिप्त कुराकानी ।
    अन्तरवार्ता
    2016     ईहेटौंडा अनलाइन
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।

    डा.झमक घिमिरे जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।
    अन्तरवार्ता
    1897     महेन्द्र ओझा
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top