20 Nov 2018   |   
logo
राष्ट्रिय समाचार

श्रम गर्ने युवालाई पुँजीको व्यवस्था गरिने



राष्ट्रिय समाचार   21 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ आषाढ २७ बुधवार   
काठमाडौँ,२७ असार । श्रम,रोजगार तथा सामजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफूले सिकेका सीप र ज्ञानलाई स्वदेशमै उपयोग गर्न पूँजीको व्यवस्था गरिने भएकोले सम्बन्धीत पक्षलाई स्वदेशमै काम गर्न आग्रह गरेका छन् ।

श्रम गर्ने युवालाई पुँजीको व्यवस्था गरिने


उनले नेपालको विकास यहीका युवाबाट मात्र सम्भव भएकाले विदेशमा रहेका युवालाई पनि स्वदेशमा फर्कने वातावरण बनाउने दृढता व्यक्त गरे ।

श्रम,रोजगार तथा सामजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारमा देखिएका समस्यालाई केही दिनमा नै सुधार गर्ने बताउँदै उनले अब केही वर्ष्भित्रै सीप सिकेका युवालाई मात्र वैदेशिक रोजगारमा पठाइने बताएका छन् । 

राष्ट्रिय युवा परिषद्ले यहाँ आज आयोजना गरेको ‘वैदेशिक रोजगारबाट फर्किएका युवाको राष्ट्रिय भेला’मा उनले भने, “वैदेशिक रोजगारबाट फर्किएका युवालाई नेपालको हितका लागि आफ्नो श्रम, सीप स्वदेशमा नै प्रयोग गर्नका लागि वातावरण बनाइने छ ।”

मन्त्री विष्टले वैदेशिक रोजगारबाट फर्किएका युवाको क्षमता उपयोग गर्नका लागि पूँजीदेखि स्रोतसाधन परिचालन गर्नका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै फर्किएका युवाको श्रम सीपलाई प्रयोग गरेर सरकार अगाडि बढ्ने छ भने ।







सम्बन्धित शिर्षक समाचारहरु
  • रोजगारी सृजना गर्ने आइडियामा ३ नम्बर प्रदेशले लगानी गर्छः मन्त्री दुलाल

    हेटौंडा,२७ साउनः बेरोजगारीको समस्या हल गर्ने किसिमका कुनै आइडिया छ भने त्यसमा ३ नम्बर प्रदेश सरकार लगानी गर्न तयार रहेको यस प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताएका छन् ।
    प्रदेश समाचार
    3728     ईहेटौंडा अनलाइन
  • बहसमा निजगढ विमानस्थल

    हेटौंडा : हामी अहिले विकास र वातावरणका कुरामा सैद्धान्तिक बहसमा अल्झिरहेका छौं । अहिलेका विकसित देशले ४० र ५० वर्षअघि जुन संरचना बनाए ती त्रुटिरहित थिएनन् । वातावरणको कुरा गर्दा पनि त्यतिखेर वातावरणको कुरा यसरी मुखरित भएको थिएन ।
    विचार/अन्तरवार्ता
    1629     हरि अधिकारी
  • खुल्यो सानिमा बैंकको ५९औं साखा किस्पाङ गाउँपालिकामा ।

    २५ जेष्ठ, नुवाकोट । सरकारले एक गाउँपालिकामा एक बैंक खोल्ने प्राबधान ल्याए संगै नुवाकोटको किस्पाङ गाउँपालिका ३ काहुले मा सानिमा बैंकले आफ्नो ५९ औं शाखा स्थापना गरेको छ ।
    अर्थ/बाणिज्य
    1610     -कृष्णप्रसाद भट्ट
  • निर्माण संघको अध्यक्षमा श्याम ढकाल सहित पदाधिकारीको नाम घोषणा

    हेटौडा, १० असोज : निर्माण व्यवसायी संघ मकवानपुरको २१ औं साधरण सभा यही असोज १२ र १३ गते हुनेभएको छ । जसको नयाँ नेतृत्वको निम्ति पदाधिकारीहरुको नाम घोषणा गरिएको छ ।
    स्थानीय समाचार
    1523     ईहेटौंडा अनलाइन
5684232 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top