+९७७-९८५५०१८११८
logo
प्रदेश समाचार

प्रदेशको नामाकरणबारे पुनः बहस



प्रदेश समाचार   216 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ आषाढ १९ मंगलवार  
हेटौंडा,१९ असार । प्रदेश नम्बर ३ को नामाकरण र स्थायी राजधानीको विषयमा पुनः बहस सुरु भएको छ । प्रदेशसभाले गर्ने निर्णयमा बढी विवाद नगर्ने भनेर अवस्थालाई केही साम्य पारिएता पनि प्रदेश नामाकरण र स्थायी राजधानीका विषयमा छलफल सुरु भएपछि यि विषयले पुनः चर्चा पाएका हुन् ।

प्रदेशको नामाकरणबारे पुनः बहस


प्रदेशको राजधानी तोक्न बनेको समितिको प्रारम्भिक प्रतिवेदन आएसँगै राजधानीको विषय तातिएको अवस्थामा आज मंगलबार नेपाल तामाङ घेदुङ ३ नम्बर प्रदेश समितिको आयोजना र नेपाल तामाङ घेदुङ मकवानपुरको व्यवस्थापनमा भएको ‘संविधान कार्यान्वयन र तामाङ पहिचानको मुद्धाहरु’ विषयक अन्तरक्रिया कार्यक्रमबाट भएको हो । 

प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश नम्बर ३ मा तामाङ र नेवार समुदायको बाहुल्यता भएको विषयलाई स्विकार्दै मुख्यमन्त्री डोरमणि पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल र प्रदेश नम्बर ३ का मुख्य प्रतिपक्षी संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले प्रदेशको नामाकरण ‘नेवा–ताम्सालिङ’ राख्ने विषयमा आफुहरु सकरात्मक रहेको बताए ।

संविधानको मुल भावना अनुरुप कार्य हुने भन्दै उनीहरुले विषय उठान सकरात्मक भएको बताए । समृद्ध राष्ट्र र नमूना प्रदेश बनाउने योजनाका साथ अघि बढेको सरकारले करिब ५८ प्रतिशतभन्दा बढी जनसंख्या ओगट्ने तामाङ र नेवार जातिको पहिचानको लागि केही गर्न नसकेमा देश समृद्ध हुन नसक्ने स्विकार गरे । कार्यक्रममा बोल्दै उपसभामुख राधिका तामाङले समेत नामाकरणप्रति आफु सकरात्मक भएको बताए । प्रदेश राजधानी र नामाकरणको विषयमा सकरात्मक रहेता पनि प्रदेशसभाले निर्णय गर्ने भन्दै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले भने केही घुमाउरो मन्तव्य राखे ।

कार्यक्रममा मन्तव्य राख्नेक्रममा मुख्यमन्त्रीदेखि सभामुखसम्मले पहिचानको मुद्धामा फरक धार राखेको भन्दै पहिचानको विषयमा सरकारदेखि जनतासम्म बुझाई नै गलत भएको बताए । मुख्यमन्त्री पौडेलले समावेशी भएका विषयमा अधिकांश सांसदहरु तमाङ नेवार समुदायबाटै भएको भन्दै घुमाउरो जवाफ दिएपछि अध्यक्ष तामाङले एउटा तामाङ धनी भयो भन्दैमा तामाङले न्याय पायो भन्न नमिल्ने बताए । 

कार्यक्रममा नेपाल तामाङ घेदुङका संघीय अध्यक्ष मोहन गोले, मकवानपुर अध्यक्ष लिलाकुमार घलान, सांसद राधिका तामाङ, जुनेली श्रेष्ठ लगायत अन्य सांसद, तामाङ तथा नेवार समुदायका विभिन्न व्यक्तित्वहरुसहित पत्रकारहरुको सहभागीता रहेको थियो ।







सम्बन्धित शिर्षक समाचारहरु
  • हाम्रा विश्वविद्यालयहरु

    हेटौडा । घेरै विश्वविद्यालयहरु खुल्नु आफैमा राम्रो कुरा हो । देशका हरेक नागरिका छोरा छोरीले पढन पाउनु ,र देशमा शिक्षित दर बढनु ,यसमा कसैको पनि दुईमत हुनु हुदैन । विश्वका हरेक बिकसित देशको ईतिहाँस हेर्ने हो भने ति देश बिकसित हुनु पछाडी मुख्य भुमिका शिक्षा क्षेत्र कै रहेको पाईन्छ ।
    विचार/दृष्टिकोण
    1     २०७५ श्रावन ०६ आइतवार
  • हेटौंडाका दुई वडाअध्यक्षः जसले राज्यबाट पाएको सुविधा खर्चिए सामाजिक कार्यमा

    हेटौंडा,५ साउनः हेटौडा उपमहानगरपालिकाका दुईजना वडा अध्यक्षले राज्यबाट पाउने सेवा सुबिधालाई सामाजिक कार्यमा खर्चन सुरु गरेका छन् ।
    स्थानीय समाचार
    260     २०७५ श्रावन ०५ शनिवार
  • हेटौंडा घोषणापत्र जारी गर्दै सकियो जनजाति पत्रकारको भेला

    हेटौंडा,५ साउनः फोनिज ३ नम्बर प्रदेशको हिजो शुक्रबारबाट हेटौंडामा सुरु भएको भेला ७ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै आज सकिएको छ ।
    प्रदेश समाचार
    76     २०७५ श्रावन ०५ शनिवार
  • मुख्यमन्त्रीलाई जनजाति पत्रकारको ज्ञापन

    हेटौंडा,५ साउनः नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ३ नम्बर प्रदेशले यहाँका मुख्यमन्त्री डोरमणि पौडेललाई विभिन्न माग राखेर ज्ञापन पत्र बुझाएको छ ।
    प्रदेश समाचार
    65     २०७५ श्रावन ०५ शनिवार
  • गितावर आधारभुत बिद्यालय समुदायलाइ हस्तान्तरण

    बकैया,१० फागुन मकवानपुर । पूर्बी मकवानपुरको बकैया गाउँपालिका पावसस्थित विद्यालयको नवनिर्मित भवन बिद्यालयलाइ हस्तान्तरण गरेको छ ।
    शिक्षा/स्वास्थ्य
    2064     यादव चौलागाईं
  • विश्वकप फुटबलमा नेपाली र म

    १४ आषाढ हेटौंडा । छानामा चढेर एन्टिना हल्लाउदै :- आयो ? भन्दै कराउदै टि. भी क्लियर पारेर श्याम श्वेत स्क्रिन बिश्वकप हेर्नुको मज्जा अहिले चोकमा अर्काले लाइदिएको पर्दामा गएर हेर्ने केटाकेटिहरुले कहाँ चाख्न पाए होला र ? सानो बेलामा श्याम श्वेत टि. भि. मा फुटबल हेर्दा कालोले जित्छ कि सेतो टिमले जित्छ भनेर बाजि थापिन्थ्यो ।
    विचार/दृष्टिकोण
    1644     -नरेन्द्र गुरुङ (अरेन्द्र)
  • खुल्यो सानिमा बैंकको ५९औं साखा किस्पाङ गाउँपालिकामा ।

    २५ जेष्ठ, नुवाकोट । सरकारले एक गाउँपालिकामा एक बैंक खोल्ने प्राबधान ल्याए संगै नुवाकोटको किस्पाङ गाउँपालिका ३ काहुले मा सानिमा बैंकले आफ्नो ५९ औं शाखा स्थापना गरेको छ ।
    अर्थ/बाणिज्य
    1530     -कृष्णप्रसाद भट्ट
  • भनाइ र गराई एउटै भएको व्यक्तित्व: श्यामप्रसाद

    हेटौंडा अनलाईन हामीमाझ अहिले धेरैथरीका महानुभावहरु पाइन्छ । अर्थात वरिपरि विभिन्न थरीका व्यवहार, विचार भएका मानिसहरुको झुण्ड छ भन्दा फरक पर्दैन । ती मध्ये दुईथरी मानिसलाई मात्र यहाँ चर्चाको विषय बनाइरहेको छु ।
    विचार/दृष्टिकोण
    924     नानीमैया विष्ट
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top