+९७७-९८५५०१८११८
logo
खेलकुद

ब्राजिललाई रोक्न मेक्सिकोलाई सहज छैन



खेलकुद    70 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ आषाढ १८ सोमबार   
काठमाडौं,१८ असार । यसपटक विश्वकप सुरु नहुँदैदेखि खेलाडीहरुलाई हेरेर जितको प्रबल दाबेदारका रुपमा ब्राजिललाई लिइएको छ । तर राम्रा भनिएका टोली विश्वकपबाट बाहिरिरहेका बेला महत्वपूर्ण स्थानका खेलहरुमा अनुमान गर्न कठिन देखिएको छ ।

 ब्राजिललाई रोक्न मेक्सिकोलाई सहज छैन


विश्वकपमा समूह ‘ई’ को विजेता ब्राजिल र समूह ‘एफ’ को उपविजेता मेक्सिकोबीच सोमबार राति पौने ८ बजे खेल हुँदैछ ।विश्वकपमा मेक्सिकोले ब्राजिलविरुद्ध अहिलेसम्म गोल गर्न सकेको छैन । उनीहरुबीच भएको चार भेटमा मेक्सिकोले ११ गोल खाएको छ । यसपटक पनि लयमा देखिएका ब्राजिलियन फरवार्डलाई रोक्न मेक्सिकोलाई सहज छैन ।

समूह चरणमा दुई खेलमा जित र एक खेलमा बराबरी गरेको ब्राजिल र दुई खेलमा जित र एक खेल हारेको मेक्सिकोबीच अहिलेसम्म ४० पटक खेल भइसकेको छ । जसमा ब्राजिलले २३ खेल जितेको छ भने मेक्सिकोले १० खेल जितेको छ ।

सात खेल बराबरी भएको छ । सबैमा गरेर मेक्सिकोविरुद्ध ब्राजिलले ७३ गोल हानेको छ भने ३६ गोल खाएको छ । 







सम्बन्धित शिर्षक समाचारहरु
  • ढिस्कोले पुरिएर चारजना घाइते

    धादिङ , ७, असोज घर लिप्ने माटो खन्ने क्रममा एकै गाउँका ४ जना घाइते भएका छन् ।
    समाज
    33     २०७५ असोज ०७ आइतवार
  • नेपाल महिला संघ खोटाङको उपहार सरकारलाई चश्मा

    खोटाङ , ७,असोज नेपाल महिला संघ खोटाङले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी पत्ता लगाउन र कानूनी कारबाही गर्न माग गर्दै प्रधानमन्त्रीलाई चश्मा उपहार पठाएको छ ।
    राष्ट्रिय समाचार
    32     २०७५ असोज ०७ आइतवार
  • घाँटी रेटी महिलाको हत्या

    बारा, ७,असोज बारामा घाँटी रेटी एकजना महिलाको हत्या भएको छ ।
    समाज
    77     २०७५ असोज ०७ आइतवार
  • तिमी रोइरहँदा मलामीलाई आगो लगाउन हतार हुनेछ

    हेटौंडा : ‘लौ लौ अबेर नगरौँ, भरे अबेर हुन्छ’ मेरा मलामी हतार गरिरहेका छन् । मलाई भने तुलसीको मोठ छेउमा टाउको दक्षिण, खुट्टा उत्तर पारेर सुताएका छन् । एउटा पातलो कपडा ओढाएका छन् । टाउको छेउमा अगरबत्ती बालिदिएका छन् र वातावरण सुवासमय भएको छ । मेरा आफन्त रोइरहेका छन् । कराइरहेका छन् ।
    कला साहित्य
    187     २०७५ असोज ०६ शनिवार
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top