20 Nov 2018   |   
logo
समाज

हिन्दु समाजमा पिरियडमा किन मन्दिर जान निषेध



समाज   755 पटक पढिएको   -महेन्द्र ओझा    २०७५ आषाढ १७ आइतवार   
१७ आषाढ हेटौंडा : पिरियड हुँदा हिन्दु समाजमा मन्दिर प्रवेश नगर्नु भनेको छैन । पर बस्नु भनिन्छ । यो पिरियड मा दिएको छुट्टी (Menstrual leave ) हो । तिम्रो शरीर बाट रगत जाँदा तिमि कमजोर हुन्छौ भनेर आराम दिएको छुट्टी हो ।

हिन्दु समाजमा पिरियडमा किन मन्दिर जान निषेध


प्राचीन संस्कारको संस्कृती पछाडीको ज्ञान :

पिरियडमा तिमी कोहि एक भन्दा अपवित्र हुदैनौ । मन्दिर भन्दा पवित्र हुन्छौ । मन्दिर भन्दा संवेदनशिल ( sensitive ) हुन्छौ । पिरियडमा मन्दिर नजानु भनेको पुरातन समाजमा मन्दिर टाढा हुन्थे फेरि मन्दिर जानू भनेको मन्दिर गएर नमस्कार गरेर फर्कनु मात्र थिएन । मन्दिर निराहार शुद्ध भएर जाने गरिन्थ्यो । पिरियडमा मन्दिर निराहार निर्जल जादा घण्टौ साधना गर्दा तिम्रो स्वास्थ्यमा असर पर्छ तिमी झन कमजोर हुन्छौ भनेर मन्दिर नजाउ भनिएको हो । कालान्तरमा यो निषेध (Taboo) को रुपमा बुझियो । 

भारतमा कामाख्या मातालाई नै पिरियड हुन्छ । हिन्दु समाजमा नारी देवि हुन । यदि नारीले हिन्दु धर्म संस्कार संस्कृती जोगाउन नसके एउटा युग गुमाउनेछ्न । तिमी पिरियडमा अछुत वा अयोग्य हुदैनौ तिमी मन्दिर भन्दा पवित्र हुन्छौ । मन्दिर बनाउने मान्छे जन्माउने पनि तिमी/नारी हौ । तिमी जुनसुकै बेला मन्दिर जान सक्छौ । किन नजान भनियो फरक कोण बाट हेर्न सक्छौ । हिजो कुन अभ्यास थियो त्यसलाई जानेर बुझेर मात्र प्रश्न गर । 

पुनश्च : प्रस्तुत विश्लेषण माथी केही प्रश्नहरू उठेको ले प्रस्तुत पंक्तिकार थप व्याख्या । 

नेपाली समुदाय बिच सम्म लोकप्रिय संसारको सर्वोच्च कोमारी तिर्थ कामाख्या अम्बुवाची पर्वको एक रोचक प्रसङ्ग छ -जब अम्बुवाची पर्व सुरु हुन्छ रजस्वला /रजोधर्म सुरु भए सगै भगवतीको गर्भगृहको द्धार तीन दिन आफै बन्द हुन्छ भनेर कामाख्या शोधार्थी मुर्धन्य विद्धान दिवाकर शर्माले आफ्नो शोधपत्रमा उल्लेख गरेको छ्न । चौथो दिन हर्षोउल्लासका साथ मन्दिरको द्धार खोलिन्छ भक्तजनको मेला लाग्दछ । प्रतिकात्मक रूपमा तीन दिन मन्दिर बन्द हुनु भगवती अपवित्र हुनु हैनकी भगवती संवेदनशिल थप कोमल र पवित्र हुने भक्तजनले भगवतीको पवित्रता कोमलता ग्रहम गर्न नसक्ने भएर हो । अर्थात रजस्वला हुदा नारी लाई मन्दिर प्रवेश निशेध अपवित्र अशुद्ध भएर हैन । 

गुप्तबास, एकान्तबास, पर- बस्ने व्यवस्था किन गरियो !

रजस्वला /रजोधर्म भएकी नारी लाई संस्कृतमा पुष्पिणी / पुष्पहासा (पुष्प जस्तै कोमल ) ,स्त्रीधर्मिणी ( धर्म धारण गरेकी स्त्री ) भनिन्छ । गुप्तबास नारीलाई नारी शक्तिको आत्मबोधको अवसर हो । आत्मसाक्षात्कारको अवसर हो । भगवान महावीरको उपबास होस वा ऋषिमुनिको वनबास होस बुद्धको वनबास - अध्यात्मिक रुपमा गुप्तबासले विशेष अर्थ राख्दछ। सधैभरि घरको धन्दामा व्यस्त हुनेनारी लाई सनातन धर्ममा मासिक रूपमा आत्मसाक्षात्कार, आत्मबोध, आत्मचिन्तनको समयावधि व्यवस्था गरिएको थियो यसैलाई गलत रूपमा प्रयोग गरेर गोठमा राख्ने घरबाहिर राख्ने गरियो जसको दोस सनातन धर्म - अभ्यासलाई दिन मिल्दैन । नेपालको शैक्षिक -आर्थिक - सामाजिक अवस्था जिम्मेवार छ ।

रजस्वला गर्दा किन पुरुष सगै सुत्न नारीले नपाउने ! 

वास्तवमा यहा म कुनै वैज्ञानिक कारण नदिदै भन्न सक्छु "रजस्वला भएको स्त्री शारीरिक रूपमा कमजोर हुन्छ्न । शारीरिक रूपमा कमजोर नारी सङ्ग यौन सम्पर्क गर्ने कुरा पातकी कुरा हुन । रजस्वला भएको स्त्री सङ्ग सहबास नगर भन्नुको अर्थ छुदै नछुनु , सगै बस्दै नबस्नु भनेको हैन । स्त्रीलम्पट बनेर नारीको शरीर भोग नगर भनिएको हो ।"

रजस्वला भएको बेलामा संक्रमणको संभावना यसैपनी ज्यादा हुन्छ रजोधर्ममा रहेकी नारीले यौन सम्पर्क गर्दा नारी मात्र हैन पुरुष पनि यौनजन्य रोगको सिकार हुन्छ्न भन्नेकुरा भारतिय डा अरविन्द मिश्रले एउटा बुलेटिनमा लेखेका थिए । जुनकुरा विज्ञानले हजारौं वर्ष पछि पत्ता लगायो त्यो कुरा धर्मले हजारौं वर्ष अगाडी देखि अभ्यास गर्यो ।

निषेध होकि हैन :

रजोधर्म- मासिक धर्म निषेध हैन निर्वाण हो । मुक्ति हो । रजस्वला अधर्म हैन धर्म हो । अपवित्रता हैन उच्च पवित्रता हो । 

हामी हाम्रा चेलिबेटी - आमादिदी बहिनीलाई सम्मान गर्न जान्दाछौ सक्दछौ इसाईयतको डलरमा बिकेका बिकाउ नरपशुहरुले हाम्रो सनातन सभ्यता माथी प्रश्न नगरेको राम्रो - हाम्रो समाजको गलत बुझाइ र कमजोरी माथी नखेलेको राम्रो ।

नेपाली साहित्यका एक प्रिय समालोचक - मिथक र संस्कृतीका एकजना प्रखर विश्लेषक राम लोहनी कामाख्याको बारेमा भन्नू हुन्छ - "कामाख्या देवी रजोवति हुँदा आउने रगतले तलको नदी रातो हुन्थ्यो भन्ने विश्वास अझै छ । त्यो रगत मिसिएको पानी पवित्र मानिन्थ्यो । अहिले, यद्यपि रातो त हुँदैन आफै, पनि निकासको पानीलाई पवित्र मानिन्छ।"

उहाको यो टिप्पणी सगै थप प्रष्ट के हुन सकिन्छ भने , कामाख्या देवि रजोवति हुदा नदिमा बग्ने रातो पानी पवित्र मानिनु प्रतिकात्मक रुपमा - रजोवती स्त्रीको रगत आफैमा अपवित्र हुदैन भन्ने अर्थ लाग्दछ ।

सगै राम लोहनी सर भन्नू हुन्छ "तन्त्रको एउटा पन्थमा रजश्वला स्त्रीको योनीबाट निस्कने रगतलाई पवित्र मान्ने प्रथा नै छ । पाटनको एउटा मूर्तिमा रजश्वला देवीको योनीमै मुख लगाइराखेको एउटा साधक देखिन्छ। "







सम्बन्धित शिर्षक समाचारहरु
  • रोजगारी सृजना गर्ने आइडियामा ३ नम्बर प्रदेशले लगानी गर्छः मन्त्री दुलाल

    हेटौंडा,२७ साउनः बेरोजगारीको समस्या हल गर्ने किसिमका कुनै आइडिया छ भने त्यसमा ३ नम्बर प्रदेश सरकार लगानी गर्न तयार रहेको यस प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताएका छन् ।
    प्रदेश समाचार
    3728     ईहेटौंडा अनलाइन
  • बहसमा निजगढ विमानस्थल

    हेटौंडा : हामी अहिले विकास र वातावरणका कुरामा सैद्धान्तिक बहसमा अल्झिरहेका छौं । अहिलेका विकसित देशले ४० र ५० वर्षअघि जुन संरचना बनाए ती त्रुटिरहित थिएनन् । वातावरणको कुरा गर्दा पनि त्यतिखेर वातावरणको कुरा यसरी मुखरित भएको थिएन ।
    विचार/अन्तरवार्ता
    1629     हरि अधिकारी
  • खुल्यो सानिमा बैंकको ५९औं साखा किस्पाङ गाउँपालिकामा ।

    २५ जेष्ठ, नुवाकोट । सरकारले एक गाउँपालिकामा एक बैंक खोल्ने प्राबधान ल्याए संगै नुवाकोटको किस्पाङ गाउँपालिका ३ काहुले मा सानिमा बैंकले आफ्नो ५९ औं शाखा स्थापना गरेको छ ।
    अर्थ/बाणिज्य
    1610     -कृष्णप्रसाद भट्ट
  • निर्माण संघको अध्यक्षमा श्याम ढकाल सहित पदाधिकारीको नाम घोषणा

    हेटौडा, १० असोज : निर्माण व्यवसायी संघ मकवानपुरको २१ औं साधरण सभा यही असोज १२ र १३ गते हुनेभएको छ । जसको नयाँ नेतृत्वको निम्ति पदाधिकारीहरुको नाम घोषणा गरिएको छ ।
    स्थानीय समाचार
    1524     ईहेटौंडा अनलाइन
5684489 times visited.

सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top