18 Feb 2019   |   
logo
साहित्य/कला

गाईघाटको पीपल चोक



साहित्य/कला   -महेन्द्र ओझा    २०७५ आषाढ ०७ बिहीवार   
हेटौंडा, ०७ आषाढ । टंक बहादुर आलेमगर कालो चायाँ, लघुकथा सङ्ग्रह र लाग्छ आकाश खस्दै छ कथा सङ्ग्रह का लेखक हुनुहुन्छ । निकट भविष्यमा प्रकाशोन्न्मुख रुपमा लोक कथा सङ्ग्रह, कविता र लघुकथा सङ्ग्रह आउंदै छ २०१५ साउन १५ गते ताम्लिछा, डाडाँ गाउँमा जन्मनुभएका उहाँ हाल लिम्चुङ्बुङ गा.पा वार्ड नम्बर (३ एकनम्बर प्रदेशमा स्थाई बसोबास गर्दै आउनुभएको छ ।

गाईघाटको पीपल चोक


नेपलीसहित्याका तीन दर्जन जति विविभिन्न सर्जकका सङ्ग्रह र साहित्यिक पत्रिकाहरुको आवरण आफैले चित्रकला मार्फत बनाउनुभएको उहाले एक दर्जन जति सङ्ग्रहमा भित्री चित्र बनाउनुभएको छ ।  पेसागत हिसावले नेशनल कन्त्रकशन कार्पोरेशन लिमिटेड, भारतमा ३० वर्षको अनुभव बटुल्नुभएको उहाँको दुई छोरी र एक छोरा छन् । साधारण शिक्षा आर्जन गर्नुभएको उहाको रचनामा समाज र देश भएको अनुभव गर्न सकिन्छ १ यसैको जवालन्त उदाहरण यो कविता गाईघाटको पीपलक चोक पनि हो । कवितामा कविले त्यहाँ संस्कृतिक पक्ष उजागर गर्नुभएको छ, साहित्य र चित्रमा व्यास्थ उहाँ साहित्य लेखन र चित्रकारितालाइ आफ्नो रहरको रुपमा लिनुहुन्छ ।



गाईघाटकको पीपल चोक :

मनको चोक, 

व्यवहारको चोक, 

जीवनको चोकै चोक, चोक चोक चोक चोक... !!! 

गणतन्त्र, 

लोकतन्त्र तर विगतको आफ्नै 

पहिचानमा बाँचीरहेका पीपल चोक 

छाती चर्केको छ 

सुस्तरी दुःखी रहन्छ आस्थाको रङ्गी विरङ्गी पटुका कसेर 

बिच बजारमा उभिन विवश छ 

कहिले शब्दका गोली छोड्छ 

कहिले मुर्दावाद ! र जिन्दावाद ! मा कुर्लीरहन्छ 

पिपलचोक 

ऊ व्यवस्थाको विरोध गर्छ 

न्याय र समानताको झण्डा फहराउँछ, नयाँ नेपाल बन्न पर्छ भन्छ 

जनपक्ष गाईघाटको पीपल चोक 

दुःखमा पनि 

झ्याम्टा बजाउँदै साकेला नाच्छ 

मधेश, पहाडको सँस्कृतिक मुछेर रमाइरहन्छ 

कहिले ऊ श्रद्धान्जली भई 

मृत्युको शोकमा सुमन समर्पण गर्दै रुन्छ 

थकाई मार्न भ्याउँदैन 

वेसहारालाई न्यानो आगोमा राखेर, 

स्वयम् प्रत्येक रात जागै बस्छ गाईघाटको पीपल चोक । 







सम्बन्धित शिर्षक समाचारहरु
  • अपहरित बालकको सकुशल उद्धार

    श्रावन १६ सोमबार, काठमाडौँ । अपहरणमा परेका पकनाजोलस्थित सरस्वती माविमा युकेजीमा अध्ययनरत पाँच वर्षीय बालक विशाल चौधरीलाई प्रहरीले सोमबारसकुशल उद्धार गरेको छ ।
    अपराध समाचार
    1645     हेटौंडा अनलाइन
  • लाघुऔसध नाईट्रोभेट सहित २ जना पक्राउ

    श्रावन ०६ शुक्रवार, हेटौंडा । हिजो साँझ ४:३० बजे बसपार्क क्षेत्र बाट हेटौंडा १० बस्ने संञ्जिब लामा र नरेश रिजालको साथबाट लाघुऔसध नाईट्रोभेट १७ ट्याब्लेट सहित पक्राउ गरेको छ ।
    अपराध समाचार
    1570     हेटौंडा अनलाइन
  • नयाँ शक्तिको लाइन गोरु र बाघलाई सँगै जोत्ने खालको छ

    अनलाईन संवाददाता नेकपा (माओवादी केन्द्र)का नेता राम कार्की ‘पार्थ’ पाठकहरुका लागि नयाँ नाम होइन ।
    अन्तरवार्ता
    1536     हेटौंडा अनलाईन संवाददाता
  • आफ्नै मामाको हत्या अभियोगमा भान्जा पक्राउ

    दोलखा २०६८ मंसीर ९ गते कालिन्चोक मन्दिर दर्शन गर्न गएका दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर ३ का १९ बर्षीय विनोद धनुके २०६८ मंसीर ११ गते गणेश थुम्की नजिक मृत भेटिएका थिए ।
    अपराध समाचार
    1306     हेटौंडा अनलाइन
6104615 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top