16 Dec 2018   |   
logo
साहित्य/कला

झरनाबाट कृति लोकार्पण र काव्य प्रशिक्षण



साहित्य/कला   ईहेटौंडा अनलाइन   २०७५ जेष्ठ २६ शनिवार  
हेटौडा, २६ जेष्ठ । झरना साहित्यिक परिवार मकवानपुरकाे आयोजनामा साहित्यिक कृतिको लोकार्पण तथा प्रशिक्षणात्मक साहित्य गाेष्ठी छुट्टाछुट्टै स्थानमा सम्पन्न भएको छ ।

झरनाबाट कृति लोकार्पण र काव्य प्रशिक्षण


बाराकी साहित्यकार अप्सरा पुडासैनीद्वारा लिखित 'कुकुर बेचेर कोसेली' नामक संस्मरण सङ्ग्रहको लोकार्पण शनिवार हेटौंडामा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति, मकवानपुरकी उपाध्यक्ष भगवती पुडासैनीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार राम पराजुली, झरनाका संस्थापक अध्यक्ष  रमेशमाेहन अधिकारी, साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिल, समीक्षक केशव सञ्जेल र झरनाका उपाध्यक्ष विश्वनाथ सञ्जेलले कृतिको समीक्षात्मक टिप्पणी  गरेका थिए भने सिस्नुपानी नेपाल मकवानपुरका गणेशकुमार पौडेल, जनसाहित्यिक मञ्च नेपालका केन्द्रीय सदस्य मसान उपासक, आँचल साहित्य कला पुञ्जकी सुभद्रा हुमागाईँ लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा मुक्तिगोविन्द वैध राजकुमार लामिछाने, डिबी बर्तौला, सन्तराम राई लगायतको पनि उपस्थिति रहेको  थियो । कार्यक्रमको सभाध्क्षता संस्थाका अध्यक्ष दीपक गौतमले गरेका थिए ।

यसैगरी झरनाकै २२५ औँ साहित्य शृङ्खला प्रशिक्षणात्मक साहित्य गाेष्ठीका रूपमा चौघडास्थित वंशगोपाल माविमा सम्पन्न भएको छ । विव्यस अध्यक्ष श्यामप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा, प्रअ रमेशप्रसाद लामिछाने, झरनाका संस्थापक अध्यक्ष  रमेशमाेहन अधिकारी, अप्सरा पुडासैनी, रविन्द्र गौतम, गोविन्द आचार्य, संस्थाका सचिव चिरञ्जीवी लामिछाने  लगायतले साहित्यसम्बन्धी धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा अध्यक्ष दीपक गौतमले ४ दर्जनभन्दा बढी विद्यार्थीहरूलाई कवितासम्बन्धी प्रशिक्षण दिँदै  सबै विद्यार्थीहरूले साहित्यको ज्ञान लिनुपर्ने बताउनुभएको थियो ।  झरना साहित्यिक परिवारले पछिल्लो समय विधागत साहित्यिक प्रशिक्षण कार्यक्रमहरूमा जोड दिँदै आएको छ ।







सम्बन्धित शिर्षक समाचारहरु
  • के के मागियो बेलायती राजदुतसँग

    हेटौंडाः नेपालका लागि बेलायती राजदुत रिचर्ड मोरिसको स्वागत तथा छलफल कार्यक्रमको आयोजना गर्दै मकवानपुर उद्योग वाणिज्य संघले सहयोगको लागि अनुरोध गरेको छ ।
    स्थानीय समाचार
    44     २०७५ मंसिर २८ शुक्रवार
  • सुदूरपश्चिमका पहाडमा हिमपात, जनजीवन प्रभावित

    बैतडी : मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ।
    राष्ट्रिय समाचार
    50     २०७५ मंसिर २८ शुक्रवार
  • इञ्जिनीयर्स एशोसिएशनको निर्वाचन शुरु

    काठमाडौँ : नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन शुरु भएको छ ।केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६÷१६ पदका लागि चुनाव हुनलागेको हो । एशोसिएशनको कार्यकारिणी समितिको पदावधि दुई वर्षको हुने प्रावधान छ ।
    राष्ट्रिय समाचार
    38     २०७५ मंसिर २८ शुक्रवार
  • युवा पुस्ता विकृतिबिरुद्ध लाग्नुपर्छः पुलामी

    हेटौंडाः ३ नम्बर प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले समाजमा भईरहेको विकृति र विसंगतिको अन्त्यको लागी युवाहरु लागीपर्नु पर्ने बताएका छन् ।
    स्थानीय समाचार
    318     २०७५ मंसिर २७ बिहीवार
5727911 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top