+९७७-९८५५०१८११८
logo
समाज

घरेलु मदिरासहित म्याजिक र महिला नियन्त्रणमा



समाज   320 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ जेष्ठ २६ शनिवार  
हेटौंडा,२६ जेठः अबैध घरेलु मदिरासहित आज बिहान प्रहरीले म्याजिक र २ महिला नियन्त्रणमा लिएको छ ।

घरेलु मदिरासहित म्याजिक र महिला नियन्त्रणमा


आज बिहान करिब ५ः४५ बजेको समयमा मकवानपुरको लेवटस्थित प्रहरी चौकीबाट खटेको प्रहरी टोलीले म्याजिक र २ महिलाहरुलाई मदिरासहित नियन्त्रणमा लिएको हो । ना. १ ज २६३८ नं. को म्याजिकमा नेवारपानीबाट हेटौंडातर्फ आउने क्रममा तिनताप्केमा उनीहरु पक्राउ परेका थिए ।

पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१९, बस्ने २१ वर्षी माया लामा र सोही स्थानकी शुभद्रा गोले छन् । उनीहरुले ल्याउँदै गरेको करिब ३०० लिटर अबैध घरेलु मदिरा सहित उनीहरु आएको ना. १ ज २६३८ नं. को म्याजिक र सो म्याजिकका चालक ३८ वर्षीय गोपाल लामालाई पनि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरुलाई छानविन गरी आवश्यक करबाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । 







सम्बन्धित शिर्षक समाचारहरु
  • ढिस्कोले पुरिएर चारजना घाइते

    धादिङ , ७, असोज घर लिप्ने माटो खन्ने क्रममा एकै गाउँका ४ जना घाइते भएका छन् ।
    समाज
    35     २०७५ असोज ०७ आइतवार
  • नेपाल महिला संघ खोटाङको उपहार सरकारलाई चश्मा

    खोटाङ , ७,असोज नेपाल महिला संघ खोटाङले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी पत्ता लगाउन र कानूनी कारबाही गर्न माग गर्दै प्रधानमन्त्रीलाई चश्मा उपहार पठाएको छ ।
    राष्ट्रिय समाचार
    35     २०७५ असोज ०७ आइतवार
  • घाँटी रेटी महिलाको हत्या

    बारा, ७,असोज बारामा घाँटी रेटी एकजना महिलाको हत्या भएको छ ।
    समाज
    79     २०७५ असोज ०७ आइतवार
  • तिमी रोइरहँदा मलामीलाई आगो लगाउन हतार हुनेछ

    हेटौंडा : ‘लौ लौ अबेर नगरौँ, भरे अबेर हुन्छ’ मेरा मलामी हतार गरिरहेका छन् । मलाई भने तुलसीको मोठ छेउमा टाउको दक्षिण, खुट्टा उत्तर पारेर सुताएका छन् । एउटा पातलो कपडा ओढाएका छन् । टाउको छेउमा अगरबत्ती बालिदिएका छन् र वातावरण सुवासमय भएको छ । मेरा आफन्त रोइरहेका छन् । कराइरहेका छन् ।
    कला साहित्य
    191     २०७५ असोज ०६ शनिवार
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top