+९७७-९८५५०१८११८
logo
अर्थ/बाणिज्य

खुल्यो सानिमा बैंकको ५९औं साखा किस्पाङ गाउँपालिकामा ।



अर्थ/बाणिज्य   1548 पटक पढिएको   -कृष्णप्रसाद भट्ट    २०७५ जेष्ठ २५ शुक्रवार  
२५ जेष्ठ, नुवाकोट । सरकारले एक गाउँपालिकामा एक बैंक खोल्ने प्राबधान ल्याए संगै नुवाकोटको किस्पाङ गाउँपालिका ३ काहुले मा सानिमा बैंकले आफ्नो ५९ औं शाखा स्थापना गरेको छ ।

खुल्यो सानिमा बैंकको ५९औं साखा किस्पाङ गाउँपालिकामा ।


गाउँपालिका प्रमुख छत्र बहादुर लामाले रिबन काटेर र पानसमा बत्ती बालेर साखा उद्घाटनमा गर्नु भएको थियो । उद्घाटन अवशरमा बोल्दै गाउँपालिका प्रमुख लामाले किस्पाङको समृद्धि र बिकास मा बैंकको ठुलो महत्त्व रहने बताउनुभएको छ । निजि प्रयोजन, सरकारी तलब भत्ता देखि बिकास योजनाका सम्पुर्ण रकमको कारोबारको निम्ति बर्षौदेखि जिल्ला सदरमुकाम बिदुर जानुपर्ने समस्यबाट यो समाज मुक्त भएकोले समग्र किस्पाङ बासीलाई सुखद अबसर प्राप्त भएको बताउनु भएको छ । साथै बिकासको ठुलो सम्भावना बोकेको यस गाउँपालिकामा ब्यबसायिक कृषि र पशु क्षेत्रमा विशेष गरेर बैंकलाइ लगानी गर्न सुझाव दिदै यस बैंकको उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभएको छ । 

कार्यक्रमा सदरमुकाम बिदुरका प्रबन्धक भोला पन्थले यस बैंकको दिगोपनको निम्ति सबैलाई सहयोग गरि दिन अनुरोध गर्नुभएको छ । किस्पाङ शाखा प्रमुख प्रसन्न सेढाईले जनतालाइ निरन्तर सहयोग गर्ने र केही कमजोरी भएमा सुझाव अनुसार अघि बढने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । उद्घाटन कार्यक्रम मा किस्पाङ गाउँपालिका निबार्चित प्रतिनिधि समाजसेवी बुद्धिजीवी शिक्षक लगायतको उल्लेखनीय उपस्थिति रहेको थियोे ।








सम्बन्धित शिर्षक समाचारहरु
  • रोजगारी सृजना गर्ने आइडियामा ३ नम्बर प्रदेशले लगानी गर्छः मन्त्री दुलाल

    हेटौंडा,२७ साउनः बेरोजगारीको समस्या हल गर्ने किसिमका कुनै आइडिया छ भने त्यसमा ३ नम्बर प्रदेश सरकार लगानी गर्न तयार रहेको यस प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बताएका छन् ।
    प्रदेश समाचार
    3336     ईहेटौंडा अनलाइन
  • गितावर आधारभुत बिद्यालय समुदायलाइ हस्तान्तरण

    बकैया,१० फागुन मकवानपुर । पूर्बी मकवानपुरको बकैया गाउँपालिका पावसस्थित विद्यालयको नवनिर्मित भवन बिद्यालयलाइ हस्तान्तरण गरेको छ ।
    शिक्षा/स्वास्थ्य
    2069     यादव चौलागाईं
  • जो आएपनि गर्नैपर्ने कामहरु हामीले गरेका हौँ

    हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले ल्याएका योजनाहरु कार्यान्वयनको सन्दर्भमा पटक– पटक व्यवसायीहरुले विरोध जनाउँदा योजना कार्यान्वयनमा समस्या देखिने गरेको छ । यिनै विषयहरुमा केन्द्रित रहेर हेटौंडा उपमहानगरपालिकाका उपमेयर मिना लामासँग गरिएको संक्षिप्त कुराकानी ।
    अन्तरवार्ता
    2016     ईहेटौंडा अनलाइन
  • मेरो सङ्घर्ष केवल प्राप्तिको लागि मात्र होइन ।

    डा.झमक घिमिरे जन्म-२०३७ असार २१ गते शुक्रबार, धनकुटा बहु-प्रतिभावान नेपाली महिला स्रष्टा हुनुहुन्छ । प्रति मष्तिस्क रोग (Cerebral palsy) द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुनुहुन्छ ।
    अन्तरवार्ता
    1897     महेन्द्र ओझा
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top