+९७७-९८५५०१८११८
logo
खेलकुद

पदमपोखरीमा जिम क्लबको सुरुवात



खेलकुद    116 पटक पढिएको   ईहेटौंडा अनलाइन   २०७५ जेष्ठ २४ बिहीवार  
हेटौँडा, २३ जेठ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ पदमपोखरी मिलनचोकमा बुधबारदेखि जिम क्लब संचालनमा आएको छ । जिम क्लबको आज एक कार्यक्रमका बिच हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले उद्घाटन गरेका छन् ।

पदमपोखरीमा जिम क्लबको सुरुवात


श्रृजनशिल टोल विकास संस्थाका अध्यक्ष लेखराम डिमडुङको अध्यक्षतामा गठित जिम क्लब संचालक  समितिले व्यवस्थापन गर्ने गरि जिम क्लब संचालनमा आएको वडा नम्बर १२ का वडा अध्यक्ष ललित घलानले जानकारी दिए । पदमपोखरीमा जिम क्लब खुलेसँगै स्थानीय युवाहरुले समेत फिटनेसमा चासो देखाएको घलानले बताए ।

हेटौँडा उपमहानगरपालिकाको २ लाख बजेट र स्थानीयको करिब ७० हजार गरि जम्मा २ लाख ७० हजारको लागतमा जिम क्लब संचालनमा आएको समितिका अध्यक्ष डिमडुङले जानकारी दिएका छन् । उपमहानगरपालिका प्रमुख महतको रोहोबरमा फिटनेस सामग्रीहरु ल्याएर संचालन गरिएको जिम क्लबको व्यवस्थापनको लागि न्यूनतम शुल्क लिएर जिम क्लब संचालन गरिने उनले बताए ।

नगरका १९ वटै वडामा फिटनेस सेन्टरका रुपमा जिम खोल्ने उदेश्य बोकेका मेयर महतको योजना अनुरुप जिम क्लबको सुरुवात भएको हो । उद्घाटन कार्यक्रममा मेयर हरिबहादुर महत, वडा अध्यक्ष ललित घलानसहित वडा सदस्य भुवन खनाल, समाजसेवी सिद्धिलाल श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।







सम्बन्धित शिर्षक समाचारहरु
  • ढिस्कोले पुरिएर चारजना घाइते

    धादिङ , ७, असोज घर लिप्ने माटो खन्ने क्रममा एकै गाउँका ४ जना घाइते भएका छन् ।
    समाज
    27     २०७५ असोज ०७ आइतवार
  • नेपाल महिला संघ खोटाङको उपहार सरकारलाई चश्मा

    खोटाङ , ७,असोज नेपाल महिला संघ खोटाङले कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने दोषी पत्ता लगाउन र कानूनी कारबाही गर्न माग गर्दै प्रधानमन्त्रीलाई चश्मा उपहार पठाएको छ ।
    राष्ट्रिय समाचार
    30     २०७५ असोज ०७ आइतवार
  • घाँटी रेटी महिलाको हत्या

    बारा, ७,असोज बारामा घाँटी रेटी एकजना महिलाको हत्या भएको छ ।
    समाज
    73     २०७५ असोज ०७ आइतवार
  • तिमी रोइरहँदा मलामीलाई आगो लगाउन हतार हुनेछ

    हेटौंडा : ‘लौ लौ अबेर नगरौँ, भरे अबेर हुन्छ’ मेरा मलामी हतार गरिरहेका छन् । मलाई भने तुलसीको मोठ छेउमा टाउको दक्षिण, खुट्टा उत्तर पारेर सुताएका छन् । एउटा पातलो कपडा ओढाएका छन् । टाउको छेउमा अगरबत्ती बालिदिएका छन् र वातावरण सुवासमय भएको छ । मेरा आफन्त रोइरहेका छन् । कराइरहेका छन् ।
    कला साहित्य
    186     २०७५ असोज ०६ शनिवार
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top