+९७७-९८५५०१८११८
logo
कला साहित्य

कविता : हाम्रो छिमेकी



कला साहित्य    380 पटक पढिएको   महेन्द्र ओझा    २०७५ जेष्ठ २१ सोमबार  
रामविक्रम थापा । अन्तरमनको अनुभूति कलापूर्ण ढङ्गले प्रस्तुत गर्ने प्रक्रिया नै साहित्य हो । साहित्यले सर्जकलाई आत्मसन्तुष्टि मात्र दिदैन अरुलाई आनन्द,सन्देश र मानसिक खुराक पनि दिन्छ । सन्देशमूलक साहित्यले समाजको मनलाई परिवर्तन गरी व्यबहारमा उतार्दा समाज परिवर्तन हुने गर्छ । बिना कल्पना योजना बन्दैन र योजना नबनी कुनै पनि कार्य हुँदैन ।

कविता : हाम्रो छिमेकी


कविता : हाम्रो छिमेकी


यता आउँछ र 

दिनदहाडै कुटेर जान्छ

रातमा आउँछ र 

भएभरको लुटेर लान्छ

बार नाघ्छ र 

बन्दुकले भुटेर जान्छ ,

उता खान्छ र 

यता चुठेर जान्छ

भन्नु,नभन्नु सबै भन्छ

गर्नु,नगर्नु सबै गर्छ र 

सकुशल उठेर जान्छ ।


सित्तैमा पानी लिन्छ र 

महङ्गो भाउमा विजुली दिन्छ 

मङ्सिरमा धान किन्छ र

असारमा यता चामल दिन्छ

कौडीको भाउमा जडीबुटी लिन्छ र

ट्याब्लेट बनाएर यता दिन्छ

सहयोगको नाममा सियो दिन्छ र

यताबाट सजिलै फाली छिन्छ ,


अतिथि भन्दै उतै बोलाउँछ

रातो ललिपप देखाउँछ र

काइते तमसुक लेखाउँछ

आसामीको सहीछाप गराउँछ

हाम्रो निकट छिमेकी

खालि ब्वाँसोको व्यवहार देखाउँछ ,


ढुङ्गाले दूबोझैँ किच्छ

बलात्कारीले नारीझैँ थिच्छ 

जङ्गेपिलर वरवर सार्दै

यताको साँध मिच्छ

हावा,पानी र घामको स्वामित्व लिँदै

प्राकृतिक स्रोत सबै घिच्छ

हातीले कमिलालाई जस्तै

हाम्रो छिमेकी दुव्र्यवहार गर्छ

अरुलाई देखाउँदै सगर्व

‘त्यो मेरो मतान हो’-भन्छ ,


पूजाकोठामा भेटी चोर्न पठाउँछ

भण्डारकोठाको ताला फोर्न लगाउँछ

दादागिरीमा दादाहरू खटाउँछ

दासयुगको बर्बर शैलीमा

आफ्नो जुत्ताको तलुवा चटाउँछ


तेञ्जिङ शेर्पालाई पैसाले किन्छ

गौतम बुद्दलाई मेरै हो भन्छ

नेरूलाई पन्साउँदै भारू गन्छ

हेरिराख्नुस् है ! कहिलेदेखि-

‘सगरमाथा जो हमारा’ भन्छ ।


१. साहित्यप्रतिको दृष्टिकोण र समाज परिवर्तन ?

-अन्तरमनको अनुभूति कलापूर्ण ढङ्गले प्रस्तुत गर्ने प्रक्रिया नै साहित्य हो । साहित्यले सर्जकलाई आत्मसन्तुष्टि मात्र दिदैन अरुलाई आनन्द,सन्देश र मानसिक खुराक पनि दिन्छ । सन्देशमूलक साहित्यले समाजको मनलाई परिवर्तन गरी व्यबहारमा उतार्दा समाज परिवर्तन हुने गर्छ । बिना कल्पना योजना बन्दैन र योजना नबनी कुनै पनि कार्य हुँदैन ।

२.साहित्यक्षेत्रमा कहिलेदेखि र कसको प्रेरणाबाट लाग्नुभयो ?

-तत्कालीन सामाजिक विकृति,विसङ्गति र विभेदका अतिरिक्त अभाव र पीडाले प्रेरित गरेर अनि त्यो बेलाका महेन्द्रमालाका बालकविताहरू पढेर २०३५ सालदेखि बालकविता सिर्जनाबाट म साहित्यको क्षेत्रमा लागेको हुँ ।

३. साहित्यक्षेत्रका रमणीय क्षणहरू ?

-साहित्यिक परिवेशका रमणीय क्षणहरूको कुरा श्रृङ्खलावद्घ रूपमा आउँने गर्छन् । ३ कक्षामा पढ्दा रेडियो नेपालको बाल कार्यक्रममा आफ्नो कविता सुन्दा रमाएर म नाचेको थिएँ । त्यसपछि विद्यालयका कविता प्रतियोगिताहरूमा प्रथम भएर पुरस्कार थाप्दा खुशी लाग्थ्यो । मधुपर्क (२०४४,चैत) र गरिमा (२०४६, बैशाख )मा पहिलोपटक कविता छापिएको देख्दा र २०५५/०५६मा आफ्ना २ कृति (पुस्तक) प्रकाशित गर्दा अनि आवासीय विद्यालयका नेपाली पाठ्यपुस्तकमा आफ्ना कविता समावेश हुँदाका क्षणहरू सुखद र अविष्मरणीय रहे मेरा लागि ।

४. युवावस्थाका रुचिका क्षेत्र ?

-युवावस्थामा साहित्य पढ्ने र लेख्ने नै मेरो पहिलो रुचि थियो भने दोस्रो पत्रमित्रता ।

५. प्रकाशित कृतिको विवरण :

(क) पात्रहरू (लघुकथासङ्ग्रह : २०५५, चक्रप्रसाद पौडेल )

(ख) छरिएका कविता (कवितासङ्ग्रह : २०५६, हिमालक्ष्मी थापा )

(ग) बालपोष (बालकवितासङ्ग्रह : २०६४ , वाणी प्रकाशन, विराटनगर )

(घ) राम्रो बानी (बालकवितासङ्ग्रह : २०७३ , शव्दार्थ प्रकाशन, काठमाडौँ )

(ङ) सुनापातालको सुनाझाँक्री (बालचित्रकथा : २०७३, कथालय इन्क,काठमाडौँ )

(च) ट्याम्केको घुमघाम (बालचित्रकथा : २०७३, कथालय इन्क , काठमाडौँ )

(छ) आकाशको बञ्चरो (बालकथा -सङ्ग्रह : २०७४, ट्रिनिटी प्रकाशन, काठमाडौँ )

(ज) गाउँभरि भूतको हल्ला (बालकथा- सङ्ग्रह : २०७४, स्वदेश प्रकाशन,काठमाडौँ )

६. प्रकाशोन्मूख कृतिको विवरण :

(क) बालखिचडी (बालकविता -सङ्ग्रह )

(ख) खोटाङका लोककथा (लोककथा सङ्कलन )

(ग) लघुकथा, कविता र गजलका १/१ पुस्तक

७. आवद्घ संस्था र पदीय विवरण :

(क) स्रोतव्यक्ति (माद्यमिक शिक्षक, द्घितीय श्रेणी) -श्री जिल्ला शिक्षा कार्यालय, खोटाङ

(ख) आजीवन सदस्य :

(अ) वाणी प्रकाशन, विराटनगर

(आ) नेपाल बालसाहित्य समाज

(इ) रावाक प्रतिष्ठान, खोटाङ, नेपाल

(ई) नेपाल रेडक्रस सोसाइटी

८. मान / सम्मान :

(क) नेपाल निजामति कर्मचारी सङ्गठन,खोटाङबाट अभिनन्दन (२०५३)

(ख) धनहाङमा-भैरव राष्ट्रिय कविता पुरस्कार (२०५७,भानु साझा पुस्तकालय, मोरङ )

(ग)उत्कृष्ट कला पुरस्कार (२०५९, हिडपाली साहित्यिक परिवार, मोरङ)

(घ) मोहन रेग्मी-वाणी सम्मान,पुरस्कार (२०६४,वाणी प्रकाशन, विराटनगर )

(ङ) प्रहरी उत्कृष्ट लेखक पुरस्कार (२०६५, प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौँ )

(च) रावासावा प्रतिभा पुरस्कार (२०७१ , रावासावा प्राज्ञिक समाज, नेपाल ), आदि ।

९. सम्पर्क : 

नाम : रामविक्रम थापा

जन्म : २०२६।०९।२५ (खोटाङ, रुपाकोट मझुवागढी -३, बाम्राङ )

हालको ठेगाना : सुन्दरहरैँचा -१०, खोर्साने, मोरङ

पिता, माताको नाम : सैनध्वज, तुलामाया थापा

(क) मोबाइल नं. : ९७५३००४३६०

(ख) इमेल : rambikramthapa@gmail.com


साभार : नव साहित्य  । www.nabasahitya.org ।

प्रस्तुति : महेन्द्र ओझा 

सङ्कलन : टङ्कबहादुर आलेमगर , उदयपुर !

सम्पर्क : ९८१९९३९४७५ 






सम्बन्धित तस्बिरहरु
1


सम्बन्धित शिर्षक समाचारहरु
  • आधुनिक निरन्तर १४ औं पटक जिल्ला प्रथम, खुसीयालीमा बजार परिक्रमा

    हेटौडा, ११ असार । सामुदायिक विद्यालय तर्फ लगातार मकवानपुरमा १४ औं पटक श्री आधुनिक राष्ट्रिय माध्यामिक विद्यालय प्रथम हुन सफल भएको छ । उक्त खुसीयालीमा आज विद्यार्थी,शिक्षक,कर्मचारी तथा अभिभावकको सहभागितामा हेटौडा बजार परिक्रमा गरिएको थियो ।
    स्थानीय समाचार
    194     २०७५ आषाढ ११ सोमबार
  • बकैयाले दियो भौतिक पूर्वाधारमा जोड

    बकैया,११ असार । मकवानपुरको सबैभन्दा ठूलो गाउपालिकाको रुपमा रहेको बकैया गाउपालिकाले पाचवटा प्रमुख योजनाहरु आफ्नो नीति तथा कार्यक्रममा महत्वको साथ राखिएको छ ।
    स्थानीय समाचार
    22     २०७५ आषाढ ११ सोमबार
  • हेटौंडा उपमहानगरपालिकाको तेस्रो नगरसभा, कुन क्षेत्रमा कति बजेट?

    हेटौंडा,१० असारः हेटौंडा उपमहानगरपालिकाको तेस्रो नगरसभा सम्पन्न भएको छ । सभामा उपमेयर मीनाकुमारी लामाले आगामी आर्थिक वर्षको लागि करिब १ अर्ब ६३ करोड ४ लाख ५७ हजार रुपैयाँको अनुमानित बजेट प्रस्ताव पेश गर्नुभएको छ ।
    स्थानीय समाचार
    247     २०७५ आषाढ १० आइतवार
  • आफूमाथि श्रमशोषण भएको शिक्षिकाको दावी

    बारा,१० असार । आफू कार्यरत बिद्यालयका प्रध्यानाध्यापक र ब्याबस्थापन समितिले शिक्षिकाहरुको श्रमशोषण गरेको शिक्षिकाहरुले बताएका छन् ।
    स्थानीय समाचार
    161     २०७५ आषाढ १० आइतवार
  • गितावर आधारभुत बिद्यालय समुदायलाइ हस्तान्तरण

    बकैया,१० फागुन मकवानपुर । पूर्बी मकवानपुरको बकैया गाउँपालिका पावसस्थित विद्यालयको नवनिर्मित भवन बिद्यालयलाइ हस्तान्तरण गरेको छ ।
    शिक्षा/स्वास्थ्य
    2047     यादव चौलागाईं
  • खुल्यो सानिमा बैंकको ५९औं साखा किस्पाङ गाउँपालिकामा ।

    २५ जेष्ठ, नुवाकोट । सरकारले एक गाउँपालिकामा एक बैंक खोल्ने प्राबधान ल्याए संगै नुवाकोटको किस्पाङ गाउँपालिका ३ काहुले मा सानिमा बैंकले आफ्नो ५९ औं शाखा स्थापना गरेको छ ।
    अर्थ/बाणिज्य
    1512     -कृष्णप्रसाद भट्ट
  • बाराका बाढी प्रभावित क्षेत्रका बिरामी औषधोपचार अभावमा

    भाद्र १० शनिवार, बारा बाढी र डुवान पिडित बिरामीको चाप बढदै गएको बेला जिल्ला अस्पताल कलैयमा औषधि र स्वास्थ्यकर्मीको सेवा अभावमा सर्वसाधारण मार्कामा परेका छन ।
    शिक्षा/स्वास्थ्य
    1232     सागर घोरसाइने
  • भनाइ र गराई एउटै भएको व्यक्तित्व: श्यामप्रसाद

    हेटौंडा अनलाईन हामीमाझ अहिले धेरैथरीका महानुभावहरु पाइन्छ । अर्थात वरिपरि विभिन्न थरीका व्यवहार, विचार भएका मानिसहरुको झुण्ड छ भन्दा फरक पर्दैन । ती मध्ये दुईथरी मानिसलाई मात्र यहाँ चर्चाको विषय बनाइरहेको छु ।
    विचार/दृष्टिकोण
    898     नानीमैया विष्ट
सम्पर्क

हेडम्बा पब्लिकेशन प्रा.लि.

द्वारा सन्चालित ईहेटौंडा अनलाइन
ठेगाना: हेटौडा, -४, मकवानपुर, नेपाल
+९७७-९८५५०१८११८, ९८५५०८५१२३
ehetaudaonline@gmail.com
संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top