15 Dec 2018   |   
logo
शिक्षा/स्वास्थ्य

बोर्डिङको बलियो विकल्प बन्दै आधुनिक



शिक्षा/स्वास्थ्य   शुभलक्ष्मी विश्वकर्मा   २०७५ जेष्ठ २१ सोमबार  
हेटौंडा,२१ जेठः चेतना आचार्य आधुनिक राष्ट्रिय उच्च माविमा कक्षा ८ मा अध्ययनरत छात्राको नाम हो । यसै विद्यालयमा अध्ययनरत अर्की छात्रा केञ्जल खनाल पनि कक्षा ८ मा पढ्छिन् । उनीहरु दुबैजना यसअघि हेटौंडाकै कुनै एउटा निजी विद्यालयमा पढ्थे ।

बोर्डिङको बलियो विकल्प बन्दै आधुनिक


हाल कक्षा ९ मा पढ्ने विपिन खनाल कक्षा ३ देखि यस विद्यालयमा भर्ना भएका थिए । त्यसअघि उनी पनि निजी स्कूल (बोर्डिङ)मा नै थिए । अभिभावकले यसै विद्यालय रोजेपछि यहाँ पढ्न थालेका भावना भट्ट र नितिशा दाहाल अहिले कक्षा ८ मा पढ्छन् । यसअघि यि दुई पनि यहाँको कुनै बोर्डिङमा पढ्थे । यसरी बोर्डिङ स्कूलबाट यस विद्यालयमा आउने उनीहरु त प्रतिनिधि पात्र मात्रै हुन् । बोर्डिङ स्कूल बाट यस आधुनिक राष्ट्रिय उच्च माध्यमिक विद्यालयमा भर्ना हुन आउने विद्यार्थीको संख्या धेरै छ ।

शिक्षालाई राज्यले उच्च प्राथमिकताका साथ लिई यस क्षेत्रमा मनग्य लगानी गरेपनि आफ्ना सन्ततीको शिक्षाका लागि पहुँच भएसम्म निजी विद्यालय (बोर्डिङ) नै अभिभावकको पहिलो रोजाईमा पर्ने गरेको छ । घरछेउको सरकारी विद्यालयको गेट नजिकै बसी किताबकापीको गह्रौं झोला बोकेर घरदेखि टाढा रहेको बोर्डिङको बस कुर्नु आजका सहरी क्षेत्रका विद्यार्थीहरुको यथार्थ हो । अंग्रेजी भाषातर्फ अभिभावक आकर्षित हुनु र निजी विद्यालयले दिएको नतीजा जस्ता कुराहरुले गर्दा पनि शिक्षामा निजी विद्यालयले प्रभाव पारेको छ । समाज जति विकास हुँदै जान्छ, उत्तिकै मात्रामा सरकारी विद्यालयहरु औपचारिकतामा सिमित हुँदै गएको देखिन्छ । निजी विद्यालयहरु विद्यार्थी तान्न प्रतिस्पर्धामा उत्रिरहेका देखिन्छन् । विद्यार्थीको चाप पनि सरकारी विद्यालयको तुलनामा निजी मै बढी देखिन्छ ।

यस्तो सन्दर्भमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका–४, मा रहेको आधुनिक राष्ट्रिय उच्च माध्यमिक विद्यालय यस्तो विद्यालय हो, जसले यहाँ भर्ना गर्न आउने विद्यार्थीलाई “सीट छैन”, भन्दै फर्काउनु परेको छ । यस विद्यालयमा अध्ययन गर्ने इच्छा लिएर आउनेहरुमा अधिकांश बोर्डिङका विद्यार्थी छन् । हेटौंडा बजारको विभिन्न स्थानमा रहेका बोर्डिङ स्कूलमा अध्ययनरत विद्यार्थी यस विद्यालयमा अध्ययन गर्ने इच्छा जाहेर गर्छन् । अभिभावक पनि “आधुनिकमा आफ्ना छोराछोरी पढाउन पाए हुन्थ्यो”, भन्ने चाहना राख्छन् । तर, विद्यार्थीको चाप र कक्षाकोठा तथा शिक्षकको सिमितता जस्ता कारण यस विद्यालय प्रशासनले धेरै विद्यार्थी तथा अभिभावकलाई “भर्ना लिन सकिन्नँ” भन्दै फिर्ता पठाउनु परेको छ । 

विद्यालयको भौतिक संरचना, सुविधा जस्ता कुराहरुको विकास मात्रै होइन नतीजा र गुणस्तरीय शिक्षा मुख्य कुरा हो रहेछ भन्ने कुराको उदाहरण आधुनिक राष्ट्रिय उच्च मावि बनेको छ । जहाँ ठूला भवन, पर्याप्त कक्षाकोठा र डेस्क बेन्च तथा शिक्षक पर्याप्त छैनन् । तर, विगत १३ वर्षदेखि एसएलसी तथा एसइइ परीक्षामा सामुदायिक विद्यालयतर्फ जिल्ला प्रथम हुँदै आएको छ । जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा आफ्नो पहिचान बनाउने अवसर पाएको छ । आधुनिकले अन्य तह र कक्षाहरुमा पनि राम्रो सिकाई उपलब्धी हासिल गर्दै आएको छ । 

यस विद्यालयमा नर्सरी देखि कक्षा १० सम्म अंग्रेजी र नेपाली दुबै भाषाको माध्यमबाट अध्यापन हुने गरेको छ । नर्सरीदेखि कक्षा १० सम्म गरी करिब एकहजार ८ सय विद्यार्थी अध्ययन गर्दछन् । एउटै कक्षामा ६० देखि ८५ जनासम्म विद्यार्थी अध्ययन गर्दछन्, भने एउटै कक्षाको ६ वटासम्म सेक्सन रहेको छ । मकवानपुरको हटिया, पदमपोखरी, बस्तीपुर, कमाने, चुच्चेखोला, सामरी, अमलेखगञ्जदेखिका विद्यार्थी दैनिक आवतजावत गरी यहाँ अध्ययन गर्दछन् । साथै, सिराहा, चितवन, पर्सा लगायत छिमेकी जिल्लामा घर भएका विद्यार्थी पनि यहाँ अध्ययनरत छन् । स्थापना कालदेखि नै उत्कृष्ट नतीजा दिँदै आएको यस विद्यालयले सबै कक्षाहरुमा समग्र सिकाई उपलब्धी कम्तीमा ५५ प्रतिशत कायम राखेको छ । विद्यालयले विद्यार्थीलाई कसरी रचनात्मक तरिकाले सिकाउन सकिन्छ भन्ने उपायहरुको खोजी गर्दै सिकाईमा नयाँ नयाँ प्रविधिको उपयोग गर्ने गरेको छ । यस विद्यालयले हालै टकिङ टिचर प्रविधि पनि उपयोग गर्न सुरु गरेको छ । 

वि.सं. २०२४ सालमा स्थापना भएको यस विद्यालयले स्थापना कालदेखि नै उत्कृष्ट नतीजा दिँदै आएको थियो । हेटौंडा बजारको केन्द्रमा रहेको यस विद्यालयमा सबै वर्ग तथा तहका विद्यार्थीहरु अध्ययन गर्ने गर्दछन् । यस विद्यालयको नजिकैमा अन्य माध्यमिक तथा उच्च माध्यमिक विद्यालयहरु पनि छन् । यहाँको शैक्षिक उपलब्धी या उत्कृष्ट नतीजाको कारण यस विद्यालयले कहिल्यै आसपासका अन्य विद्यालयको प्रतिस्पर्धी बन्नुपरेको छैन । यस विद्यालयमा विद्यार्थीको चाप बढ्दो क्रममा छ । विगत १३ वर्षदेखि एसइइ तथा एसएलसी परीक्षामा सामुदायिक विद्यालयतर्फको प्रथम हुँदा यस विद्यालयको उत्तीर्ण प्रतिशत ९५ भन्दा कम नभएको विद्यालयका प्रधानाध्यापक वीरवंश बैठाको भनाई छ । उहाँका अनुसार यसवर्षको एसइइ परीक्षामा यस विद्यालयबाट ३ सय ७८ जना परीक्षार्थी सहभागी थिए । 

आधुनिक स्कूल भन्नासाथ उत्कृष्ट विद्यालय हो भन्ने छाप समुदायमा परेको छ । जसका कारण आफ्ना छोराछोरी आधुनिक स्कूलमा पढाउन अभिभावक इच्छुक रहन्छन्, भने विद्यार्थीहरु पनि यहाँ आउने चाहना राख्छन् । यस विद्यालयको बारेमा समुदायमा सकारात्मक छापकै कारण यसवर्ष करिब ४०० जना नयाँ भर्ना लिने गरी सञ्चालन गरिएको प्रवेश परीक्षामा करिब २ हजार पाँच सय विद्यार्थी सहभागी भए । प्रवेश परीक्षामा उत्कृष्ट नतीजा ल्याउने विद्यार्थीले यहाँ भर्ना हुने अवसर पाए । 

विद्यालय प्रशासनको कडा अनुशासन भएको यस विद्यालयमा अतिरिक्त कक्षाहरु पनि सञ्चालन हुन्छन् । अन्य विद्यालय भन्दा बढी अर्थात् यहाँ अपरान्ह ४ः२० बजेसम्म पढाई हुने र महिनाको एउटा शुक्रबार बाहेक अन्य शुक्रबार पनि पुरै समय ४ः२० बजेसम्म नै पढाई हुने गरेको छ । विद्यालयले अभिभावक सँगको सम्बन्ध विस्तारका लागि नियमित भेला, कक्षागत भेला, अभिभावकसँग प्र.अ को भेट जस्ता क्रियाकलापलाई निरन्तरता दिँदै आएको छ । विद्यालय प्रशासन विहान ६ बजेदेखि साँझ ६ बजेसम्म खुला रहने गर्दछ । गुणस्तरीय शिक्षा र राम्रो नतीजाका लागि विद्यालय प्रशासन टिमले एकढिक्का भई सक्रियताका साथ आफ्नो भूमिका निभाईरहेको छ, भने टिमवर्कमा सबै पक्ष उत्तिकै सचेत र क्रियाशील छन् । सिट अभावका बाबजुद हाल अभिभावकले यहाँ आफ्ना छोराछोरी भर्ना गर्नको लागि आग्रह गर्ने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार बोर्डिङबाट यहाँ ल्याउन चाहने अभिभावकको संख्या धेरै छ ।







सम्बन्धित शिर्षक समाचारहरु
  • के के मागियो बेलायती राजदुतसँग

    हेटौंडाः नेपालका लागि बेलायती राजदुत रिचर्ड मोरिसको स्वागत तथा छलफल कार्यक्रमको आयोजना गर्दै मकवानपुर उद्योग वाणिज्य संघले सहयोगको लागि अनुरोध गरेको छ ।
    स्थानीय समाचार
    44     २०७५ मंसिर २८ शुक्रवार
  • सुदूरपश्चिमका पहाडमा हिमपात, जनजीवन प्रभावित

    बैतडी : मौसममा आएको परिवर्तनका कारण विहीबार बैतडीसहित सुदूरपश्चिमका अधिकांश पहाडी जिल्लामा हिमपात भएको छ।
    राष्ट्रिय समाचार
    50     २०७५ मंसिर २८ शुक्रवार
  • इञ्जिनीयर्स एशोसिएशनको निर्वाचन शुरु

    काठमाडौँ : नेपाल इञ्जिनियर्स एशोसिएशनको ३२औँ कार्यकारिणी समिति र प्रादेशिक संरचनाका सातैवटा प्रदेश कार्यकारिणी समितिका लागि निर्वाचन शुरु भएको छ ।केन्द्रीय कार्यकारिणी समितिका १८ र प्रत्येक प्रदेश कार्यकारिणी समितिका १६÷१६ पदका लागि चुनाव हुनलागेको हो । एशोसिएशनको कार्यकारिणी समितिको पदावधि दुई वर्षको हुने प्रावधान छ ।
    राष्ट्रिय समाचार
    38     २०७५ मंसिर २८ शुक्रवार
  • युवा पुस्ता विकृतिबिरुद्ध लाग्नुपर्छः पुलामी

    हेटौंडाः ३ नम्बर प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले समाजमा भईरहेको विकृति र विसंगतिको अन्त्यको लागी युवाहरु लागीपर्नु पर्ने बताएका छन् ।
    स्थानीय समाचार
    318     २०७५ मंसिर २७ बिहीवार
5727833 times visited.

सम्पर्क


,

संस्था दर्ता
कम्पनी दर्ता नं. : १६८१५२/०७३/०७४
प्यान दर्ता नं. : ६०५९५४०७८
प्रेस काउन्सिल दर्ता नं. : २३१५/०७४/०७५
हाम्रो समुह

नानीमैया बिष्ट

सम्पादक, +९७७-९८५५०१८११८

शुभलक्ष्मी विश्वकर्मा

सह-सम्पादक, +९७७-९८५५०८५१२३

कौशल पाण्डे

सल्लाहकार, +९७७-९८४५०२५८२५

पविना लामा

बजार प्रतिनिधि , +९७७- ९८४५५६१३८०३
more...
सोसल मिडिया
Facebook
Twitter
Youtube
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ईहेटौंडा अनलाइन, हेटौंडा २०७४ मा सुरक्षित रहनेछ ।
Powered by: ExNet  
Top